Uncategorized

पोखरामा ऐतिहासिक पाल्पाली लाखे नाच भव्य रूपमा सम्पन्न

पोखरा, साउन २७ । सिटिजन फर्निचर पोखराको आयोजनामा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ स्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाद्वारा प्रस्तुत गरिएको ऐतिहासिक पाल्पाली लाखे नाच सोमबार साँझ पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित हिजो साँझ ७.३० बजेदेखि रातीसम्म पोखरा–९, न्यूरोडस्थित सिटिजन फर्निचर न्यूरोडको मूल सडकमा गरिएको प्रदर्शनमा ठूलो संख्यामा दर्शकहरूको सहभागिता देखिएको थियो। पाल्पाली समाज पोखरा र सिटिजन फर्निचर न्यूरोडको सहकार्यमा सम्पन्न कार्यक्रममा भैरवस्थानको रोट, टिका–प्रसाद, साथै पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीद्वारा पाहुनाहरूको स्वागत गरिएको… पुरा पढौ

तमु धिं नेपालले एसईई उतिर्ण तमु विद्यार्थीलाई बधाई तथा अभिमुखीकरण, नवनिर्मित बहुउद्धेश्यीय सभाहल उद्घाटन

तमु समुदायको पुरानो अग्रणी सामुदायिक संस्था तमु धिं नेपालले शनिवार तमु धिंमा २०८१ सालमा एसईई उतिर्ण तमु विद्यार्थीलाई बधाई तथा अभिमुखीकरणका साथै नवनिर्मित बहुउद्धेश्यीय सभाहल उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।समारोहको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो भने नवनिर्मित तमु धिं बहुउद्धेश्यीय सभाहलको उद्घाटन प्रमुख अतिथि गुरुङले पोखरा महानगरपािलका वडा नं.९ का वडा सदस्य लक्ष्मी पहारीबाट गराउनुभएको थियो।कार्यक्रममा प्रमुख अतिथि माननीय गुरुङले एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई बधाईका साथै नेपालमै उच्च र उत्कृष्ठ शिक्षा आर्जनका… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चचाए एवं श्रीकृष्ण कथा प्रवचन शुरु

पोखरा । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रजचन शुरु भएको छ । आगामी साउन ३१ सम्म सञ्चालन हुने श्रमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा वोल्दै मन्त्री थापाले धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजलाई स्वच्छ बनाउन महत्वपूर्ण योगदान दिने बताए । समाजलाई अनुशासित बनाई सभ्य समाज निर्माण गर्न धार्मिक अनुष्ठाले महत्व राख्ने बताउदै पोखराको… पुरा पढौ

मानव अधिकार अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न : कास्कीमा घरेलु हिंसा दोब्बरले वृद्धि

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको मानव अधिकार अवस्थाको अर्धवार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रम नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशनपूर्व तथ्याङ्क संकलन र विश्लेषणका उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेख र पुनःपुष्टिका लागि इन्सेकले प्रत्येक ६ महिनामा समीक्षा कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। उहाँले सन् २०२५ जनवरीदेखि जुन महिनासम्मको घटनाहरूको विवरण आगामी ३४औँ संस्करणको मानव… पुरा पढौ

शिक्षासेवी देवीरमण शर्मा “शास्त्री” को जन्म जयन्ती तथा शैक्षिक सम्मान अर्पण

पोखरा । देवीरमण-कृष्णकुमारी स्मृति प्रतिष्ठान, कास्कीको आयोजनामा आइतवार (आज) १११ औं देवीरमण जन्म जयन्ती तथा सम्मान कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा पोखरा-९ नयाँबजार निवासी राधादेवी बाँस्तोलालाई कृष्णकुमारी स्मृति महिला सेवा सम्मानबाट र पोखरा-२५ हेम्जा निवासी चतुरमान श्रेष्ठलाई देवीरमण स्मृति शैक्षिक सम्मानबाट सम्मानित गरिएको थियो ।सामाजिक अभियन्ता बास्तोलाले विगत पाँच दशकभन्दा बढी समय कास्की जिल्लामा एक हजारभन्दा बढी महिलाहरुलाई सिपमूलक तालिम प्रदान गर्नुका साथै कुष्ठरोग र क्षयरोगबाट प्रभावित व्यक्तिहरुलाई सिपसम्बन्धी तालिम प्रदान गरी उनीहरुको पुनस्र्थापना र आर्थिक आत्मनिर्भरता… पुरा पढौ

माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान: प्रचण्ड नेतृत्वको टोलीलाई जेठ ९ गते नयापुलमा स्वागत गरिने, १० गते पोखरामा जनसभा

जेठ २ गतेदेखि शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यहि जेठ ९ गते कास्की प्रवेश गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सो टोली जेठ ९ गते अपराह्न कास्की प्रवेश गर्ने भएको हो । सो टोलीलाई कास्की पार्टीले नया पुलमा स्वागत गर्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले जानकारी दिए । स्वागतलगत्तै अध्यक्ष प्रचण्डलाई ढिकुरपोखरीमा रहेको प्राविधिक शिक्षालयको अनुगमन गराईने उनले बताए । प्रचण्डको जन्मथलोमा निर्माण गरिएको… पुरा पढौ

सडकापेक्षी मानवको उद्दार, राहत र पुर्नस्थापनामा मानव सेवा आश्रमले खोज्यो सरोकारवालाहरुको प्रतिबद्धता

श्रृष्टि भट्ट/सिता परियार पोखरा, जेठ ३ मानवमुक्त सडक बनाउन मानव सेवा आश्रमले सरोकारवालाहरुको प्रतिबद्धता खोजेको छ । नेपालभर २० जिल्लामा २६ वटा आश्रम बनाएर १ हजार ८ सय जनालाई आश्रय दिइरहेको आश्रमले शनिबार पोखरामा ‘सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया’ कार्यक्रम गरेर मानवमुक्त सडक बनाउन उद्धार र राहतमा सरोकारवालाहरुको प्रतिबद्धता मागेको हो । गण्डकी प्रदेशमा कास्की, बागलुङ, लमजुङ र गोरखामा आश्रम सञ्चालन गरिरहेको आश्रमले आश्रितका लागि आवश्यक पूर्वाधार निर्माणमा आवश्यक लगानी अभाव भएपछि सहयोगको अपेक्षासहित उद्दार… पुरा पढौ

क्षत्री समाजका उपाध्यक्ष बस्नेतको निधन

श्रृष्टि भट्ट पोखरा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज भरतबहादुर बस्नेतको सोमबार निधन भएको छ । ६७ वर्षिय बस्नेत केही महिनादेखि पेट रोग सम्बन्धी उपचाररत थिए । पाँच० दशकदेखि स्थानीय समाज विकास, निर्माण कार्यमा सकृय रहदै आएका थिए । क्षत्री समाज नेपालको स्थापना समाजबाट भएका आन्दोलन कार्यक्रमहरुमा बस्नेतको महत्वपूर्ण योगदान रहेको महासचिव कृष्णबहादुर थापाले बताए । प्रष्ट वक्ताको रुपमा परिचित बस्नेत नेकपा एमाले गण्डकी प्रदेश समितिको पूर्व सदस्य, टोल विकास संस्था, धार्मिक संस्थाहरुको विकास र कार्यक्रममा महत्वपूर्ण… पुरा पढौ

मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न

मुस्ताङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मंगलबार मुस्ताङ जिल्लाको जोमसोममा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख मायाँ गुरुङले महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले संघीय संरचना पछि धेरै सुधार भए पनि महिला तथा बालबालिकासम्बन्धी काम कमजोर भएको टिप्पणी गर्नुभयो। पहिले महिला तथा बालबालिका कार्यालयको माध्यमबाट आमा समूह र बाल सञ्जालसँग सहकार्य गरेर काम गरिने गरेको तर… पुरा पढौ

पोखराबाट ‘हिकभिजन’ कम्पनीका उत्पादित सामानहरु बिक्री शुरु

राधिका गहतराज/ विद्यार्थी पत्रकार पोखरा, बैशाख २१ पोखरामा ‘हिकभिजनद्वारा उत्पादित सामानहरु बिक्रि शुरु भएको छ । हिकभिजनका सामानहरु हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस)ले बिक्री शुरु गरेको अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए । बिक्री शुभारम्भकाे अवसरमा आईतबार पाेखरामा हिक्भिजन प्राेडक्ट सेमिनार आयोजना गरेर कम्पनीका सामानहरुमा नवीनतम सुरक्षा प्रविधि अप्नाइरहेको जानकारी दिईयो । कार्यक्रममा ‘हिकभिजन‘ ब्रान्डका अत्याधुनिक सीसीटीभी, नेटवर्किङ उपकरण, स्मार्ट सुरक्षासम्बन्धी विभिन्न प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी दिईएकाे थियो। सेमिनारमा पोखराका सुरक्षासम्बन्धी व्यवसायी, डिलर, प्राविधिक, तथा आईटी क्षेत्रमा कार्यरत व्यक्तिहरूको उल्लेखनीय उपस्थिति… पुरा पढौ