Uncategorized

माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान: प्रचण्ड नेतृत्वको टोलीलाई जेठ ९ गते नयापुलमा स्वागत गरिने, १० गते पोखरामा जनसभा

जेठ २ गतेदेखि शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यहि जेठ ९ गते कास्की प्रवेश गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सो टोली जेठ ९ गते अपराह्न कास्की प्रवेश गर्ने भएको हो । सो टोलीलाई कास्की पार्टीले नया पुलमा स्वागत गर्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले जानकारी दिए । स्वागतलगत्तै अध्यक्ष प्रचण्डलाई ढिकुरपोखरीमा रहेको प्राविधिक शिक्षालयको अनुगमन गराईने उनले बताए । प्रचण्डको जन्मथलोमा निर्माण गरिएको… पुरा पढौ

सडकापेक्षी मानवको उद्दार, राहत र पुर्नस्थापनामा मानव सेवा आश्रमले खोज्यो सरोकारवालाहरुको प्रतिबद्धता

श्रृष्टि भट्ट/सिता परियार पोखरा, जेठ ३ मानवमुक्त सडक बनाउन मानव सेवा आश्रमले सरोकारवालाहरुको प्रतिबद्धता खोजेको छ । नेपालभर २० जिल्लामा २६ वटा आश्रम बनाएर १ हजार ८ सय जनालाई आश्रय दिइरहेको आश्रमले शनिबार पोखरामा ‘सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया’ कार्यक्रम गरेर मानवमुक्त सडक बनाउन उद्धार र राहतमा सरोकारवालाहरुको प्रतिबद्धता मागेको हो । गण्डकी प्रदेशमा कास्की, बागलुङ, लमजुङ र गोरखामा आश्रम सञ्चालन गरिरहेको आश्रमले आश्रितका लागि आवश्यक पूर्वाधार निर्माणमा आवश्यक लगानी अभाव भएपछि सहयोगको अपेक्षासहित उद्दार… पुरा पढौ

क्षत्री समाजका उपाध्यक्ष बस्नेतको निधन

श्रृष्टि भट्ट पोखरा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज भरतबहादुर बस्नेतको सोमबार निधन भएको छ । ६७ वर्षिय बस्नेत केही महिनादेखि पेट रोग सम्बन्धी उपचाररत थिए । पाँच० दशकदेखि स्थानीय समाज विकास, निर्माण कार्यमा सकृय रहदै आएका थिए । क्षत्री समाज नेपालको स्थापना समाजबाट भएका आन्दोलन कार्यक्रमहरुमा बस्नेतको महत्वपूर्ण योगदान रहेको महासचिव कृष्णबहादुर थापाले बताए । प्रष्ट वक्ताको रुपमा परिचित बस्नेत नेकपा एमाले गण्डकी प्रदेश समितिको पूर्व सदस्य, टोल विकास संस्था, धार्मिक संस्थाहरुको विकास र कार्यक्रममा महत्वपूर्ण… पुरा पढौ

मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न

मुस्ताङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मंगलबार मुस्ताङ जिल्लाको जोमसोममा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख मायाँ गुरुङले महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले संघीय संरचना पछि धेरै सुधार भए पनि महिला तथा बालबालिकासम्बन्धी काम कमजोर भएको टिप्पणी गर्नुभयो। पहिले महिला तथा बालबालिका कार्यालयको माध्यमबाट आमा समूह र बाल सञ्जालसँग सहकार्य गरेर काम गरिने गरेको तर… पुरा पढौ

पोखराबाट ‘हिकभिजन’ कम्पनीका उत्पादित सामानहरु बिक्री शुरु

राधिका गहतराज/ विद्यार्थी पत्रकार पोखरा, बैशाख २१ पोखरामा ‘हिकभिजनद्वारा उत्पादित सामानहरु बिक्रि शुरु भएको छ । हिकभिजनका सामानहरु हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस)ले बिक्री शुरु गरेको अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए । बिक्री शुभारम्भकाे अवसरमा आईतबार पाेखरामा हिक्भिजन प्राेडक्ट सेमिनार आयोजना गरेर कम्पनीका सामानहरुमा नवीनतम सुरक्षा प्रविधि अप्नाइरहेको जानकारी दिईयो । कार्यक्रममा ‘हिकभिजन‘ ब्रान्डका अत्याधुनिक सीसीटीभी, नेटवर्किङ उपकरण, स्मार्ट सुरक्षासम्बन्धी विभिन्न प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी दिईएकाे थियो। सेमिनारमा पोखराका सुरक्षासम्बन्धी व्यवसायी, डिलर, प्राविधिक, तथा आईटी क्षेत्रमा कार्यरत व्यक्तिहरूको उल्लेखनीय उपस्थिति… पुरा पढौ

विन्ध्यबासिनी प्राकृतिक चिकित्सालयलाई रोटरी क्लव अफ पोखराले दियो १५ लाखको वासिङ मेसिन

पोखरा, बैशाख ७ रोटरी क्लब अफ पोखराले पोखरा–१ स्थित विन्ध्यबासिनी प्राकृतिक चिकित्सालयलाई एक थान स्वचालित वासिङ मेसिन प्रदान गरेको छ । क्लवले रोटरीको जन्मदाता पाउल पि ह्यारिसको १५७ औं जन्मोत्सवको अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराद्वारा सञ्चालित पोखरा १ गुठिवारीस्थित विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई वासिङ मेसिन प्रदान गरेको हो । क्लवले रोटरी क्लब अफ निग्दी पुणे, महाराष्ट्र भारतको आर्थिक सहयोगमा १५ लाख बराबरको वासिङ मेसिन प्रदान गरेको क्लबका अध्यक्ष रोटरियन उर्दिपकुमार श्रेष्ठले जानकारी दिए । उनले रोटरी डिष्ट्रीक ३२९२ का… पुरा पढौ

पोखरामा चैत २९ र ३० गते राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुने

पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । एथलेटिक्स खेलाडीहरुको खेल स्तर र उन्नतिका लागि नियमित प्रशिक्षण संगै जिल्ला स्तरिय प्रतियोगिताहरु सञ्चालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको एथलेटिक्स संघले आगामी चैत्र २९ र ३० गते पोखरामा पोखरा ओपन एथलेटिक्स मीट २०२५ को आयोजना गर्न लागेको संघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो । पत्रकार सम्मेलनमा वोल्दै जिल्ला एथलेटिक्स संघ कास्कीका अध्यक्ष गज बहादुर गुरुङले आगामी चैत्र २९ र ३०… पुरा पढौ

पोखरा–छेन्दु ऐतिहासिक व्यवसायिक चार्टर्ड उडान शुरु

पोखरा, चैत ५ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक पोखरा–छेन्दु चार्टर्ड उडान भएको छ । पोखरा पर्यटन परिषदको पहलमा आज पहिलो पटक पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान भएको हो । सिचुवान एयरलाईन्सको विमानमा आज १२६ जना पोखरेली छेन्दू गएका छन् । दिउँसो १२ः४५ बजेको उडानमा उनीहरु त्यसतर्फ प्रस्थान गरेका थिए । यसअघि सो जहाज १२७ जना चिनिया पर्यटक बोकेर दिउँसो ११ः४५ बजे पोखरा विमानस्थलमा अवतरण भएको थियो । सोहि विमानले पोखरेली पर्यटक बोकेर छेन्दू उडेको हो । पोखराबाट पहिलो… पुरा पढौ

हिमाली जिल्लामा एचपिभी खोप अभियान आइतबारदेखि सुरु हुने

काठमाडौँ । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ । हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित भिडियो ब्रिफिङमा मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी गराए। स्वास्थ्य मन्त्रालयले गत माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल… पुरा पढौ

बानियाको ‘ठक्कर’ सार्वजनिक

पोखरेली गायक विनोद बानियाले ठक्कर गीत सार्वजनिक भएको छ । बानियाको स्वर र संगीतमा निर्माण गरिएको ठक्कर गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । आफ्ना पुराना मित्र गीतकार तथा चलचित्र निर्माता अविरल थापाको रचनामा बनेको यो गीतको म्यूजिक भिडियोमा नायक राजबल्लभ कोईरालालगायतको अभिनय छ । गीत युट्युब च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरिएको गायक बिनोद बानियाले जानकारी दिए । सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेको भिडियो आकर्षक बनेको छ । समाजमा बढ्दै गएको चरम निराशा, डिप्रेसन, हत्या र आत्महत्यालाई… पुरा पढौ