Uncategorized

रसुवा बाढी : पोखरामा ७६ शवको व्यवस्थापन

सन्देश श्रेष्ठपोखरा, भदौ १६ भोटेकोशी बाढीमा परेर मृत्यु भएका ७६ शवको पोखरामा व्यवस्थापन गरिएको छ । भोटेकोशीमा भदौ १० गते बुधबार आएको बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका १०२ शवमध्य पहिचान नभएका ७६ शव मंगलबार पोखरा–१६ जौवारीस्थित सिँचाइको स्वामित्वमा रहेको गाँडतरामा जमिन मुनि व्यवस्थापन गरिएको हो । शव व्यवस्थापन गरिएको यो ठाउँ याम्दी पारी सेती किनारमा रहेको जंगल क्षेत्र हो । बाढी प्रभावित जिल्लाहरुबाट पोखरा ल्याइएका शवहरुको पोष्टमार्टम सकिए पनि पहिचान नभएकाले खाल्डो खनेर व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका… पुरा पढौ

प्रेस क्लब गण्डकीको अध्यक्षमा दोहोरिए एकराज, सचिवमा प्रकाश

पोखरा । प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षको लागि गिरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ ९रोजी० र सहसचिवमा बालकुमारी पौडेल ९तारा०लाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा संजय थापा र बसन्त गिरी चयन भ्एका छन् ।यसअघि साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधबप्रसाद बरालले गरेका थिए । उद्घाटन… पुरा पढौ

सिटिजन फर्निचरको आयोजनामा भोलि पोखरामा पाल्पाको लाखे नाच देखाइने

पोखरा, १३ भदौ पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचरको आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा भदौ १४ गते आइतबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि नाच देखाउने तयारी छ ।पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रुपमा पूर्व निर्धारित उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । यो कार्यक्रम मनोरञ्जनात्मकभन्दा पनि सांस्कृतिक महत्वको रुपमा नियमित कार्यक्रमअन्तर्गत देखाउन लागिएको उनले प्रस्ट पारे । दीपकको… पुरा पढौ

ड्याडिज् किचनद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ११ हजार सहयोग

पोखरा ११ भदौ । नेपालको ठूलो चेन रेष्टुरेन्टका रूपमा विस्तार भइरहेको ड्याडिज् किचनले प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ११ हजार सहयोग गरेको छ। ड्याडिज् किचनका सञ्चालक कमलजंग कुँवरका अनुसार पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको हो। पोखरामा मात्रै चार स्थानमा सञ्चालनमा रहेको ड्याडिज् किचनले लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा समेत सेवा विस्तार गरेको छ। हाल ड्याडिज् किचनका देशभर २८ वटा आउटलेट सञ्चालनमा रहेको… पुरा पढौ

पोखरा ट्रेड मलमा जिजी पोखरा र बीपी एथेनिक वेयर सञ्चालनमा

पोखरा, भदौ ७। पोखरा ट्रेड मलको दोस्रो तलामा महिलालाई लक्षित गरी जिजी पोखरा र बीपी एथेनिक वेयर सञ्चालनमा आएका छन्। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै जिजी पोखरामा चिनियाँ ब्रान्डका फेसनेबल पहिरन तथा बीपी एथेनिक वेयरमा भारतका ब्रान्डेड कुर्था–सुरुवाल र एथेनिक पोसाक उपलब्ध गराइएको छ। दुवै पसलको आइतबार एक समारोहबीच कल्पु कलेक्सन चितवनकी सञ्चालक कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल र समाजसेवी शान्ति गिरीले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे। उद्घाटन अवसरमा दुवै पसलले ग्राहकका लागि विशेष छुटको… पुरा पढौ

प्रथम पिसिएम कप जुनियर राष्ट्रिय टेनिस : यु-१८ मा सन्दिप र शास्वत फाइनलमा

भदौ ७,पोखरा गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा जारि प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत १८ वर्ष मुनिको पुरुषतर्फ सन्दिप विक र शास्वत बज्राचार्य उपाधीका लागि भिड्ने भएका छन् । पोखरा रंगाशालाको टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा सन्दिपले सुरेन्द्र विकलाई ७–६, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, शास्वतले अभिषेक विकलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै अन्तिममा स्थान सुरक्षित बनाए । १४ वर्ष मुनि आर्यषराज… पुरा पढौ

विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पोखरामा १६२ युनिट रक्तदान

पोखरा। राजयोगिनी डा. दादी प्रकाशमणि जीको १९औँ पुण्य स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, फूलबारी, पोखरामा विशाल रक्तदान कार्यक्रम सम्पन्न भएको छ। भारत तथा नेपालका विभिन्न ब्रह्माकुमारी सेवाकेन्द्रहरूमा भाद्र ५ गतेदेखि ९ गतेसम्म सञ्चालन भइरहेको रक्तदान अभियानअन्तर्गत भाद्र ६ गते पोखरामा आयोजित कार्यक्रममा १६२ युनिट रक्त संकलन भएको हो। “रक्तदान गरौँ, जीवन बचाऔँ, मानवतामा विश्व बन्धुत्वको भावना जगाऔँ” भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख… पुरा पढौ

पोखरामा ठूलाडिही स्याङ्जा स्थायी घर भएका ७० जनाको सामाजिक सुरक्षा लाभग्राहीको परिचयपत्र नवीकरण तथा सूचीकरण

पोखरा। पुतलीबजार नगरपालिका–७, ठूलाडिही, स्याङ्जा स्थायी घर भई हाल पोखरा महानगरपालिकामा बसोबास गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण कार्यक्रम सम्पन्न भएको छ। ठूलाडिही–पोखरा सम्पर्क मञ्चको संयोजन तथा पुतलीबजार नगरपालिका–७ ठूलाडिही वडा कार्यालयको प्राविधिक सहयोगमा शनिबार पोखरा महानगरपालिका–१७, ड्यामसाइडस्थित वडा कार्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो। मञ्चका अध्यक्ष दुर्गा बहादुर शाह ‘बाबा’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७० जना लाभग्राही सहभागी भई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा सूचीकरण गराएका थिए। कार्यक्रममा पुतलीबजार नगरपालिका–७ का… पुरा पढौ

पोखरामा गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल हुँदै

पोखराः कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा पोखरामा गण्डकी प्रदेश स्तरीय ’मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पाेज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका लागि भदौ २० गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।… पुरा पढौ

प्रधानमन्त्री बालेन्द्र शाह पोखरामा, हेलिकप्टर मार्फत भोलि मुस्ताङ पुग्ने

निजि भ्रमणका लागि काठमाण्डौबाट निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह आज अपरान्ह पोखरा आईपुगेका छन् । शुक्रबार बिहान सरकारी गाडीमार्फत उनी काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेका थिए । पोखरा हुँदै मुस्ताङ जाने र मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको स्रोतले बताइएको छ । उनी आज पोखरा नजिकै रहेको माछापुच्छ्रे गाउँपालिका अस्तामस्थित अन्नपुर्ण इको भिलेजमा बास बस्नेछन् । पोखराबाट करिब १५ किलोमिटरको दूरीमा रहेको उक्त भिलेजका ३ वटा ब्लकका १२ कोठा बुकिङ गरिएको छ। प्रधानमन्त्री र उनको भ्रमण टोली एक दिन त्यहाँ रहने छ।… पुरा पढौ