Uncategorized

किम्रुङखोलाको पहिरो सामान्य, पानीको बहाव सामान्य अवस्थामा फर्कियो

सन्देश श्रेष्ठपोखरा, भदौ २४ मंगलबार साँझ कास्कीको किम्रुङखोला थुनियो भन्ने हल्ला फैलियो । स्थानियको हवाला दिदै उच्च बाढी सतर्कता प्रणालीले एक सूचना जारी गर्दै अन्नपूर्ण गाउँपालिका वडा नम्बर–११ स्थित किम्रुङखोला थुनिएको हल्ला फैलिएको हो । उच्च बाढी सतर्कता प्रणालीले नै किम्रुङखोला थुनिएको भन्दै सो खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रहसहितको ‘हाईअलर्ट’ सूचना जारी ग¥यो । त्यसलाई जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वतदेखि अन्नपूर्ण गाउँपालिकालगायतले सेयर गरे ।… पुरा पढौ

आँटिघर पैँगीलामा चेलीबेटीद्वारा रसुवा बाढीपीडितलाई १ लाख ८५ हजार सहयोग

पोखरा,भदौ २४पोखरा महानगरपालिका वडा नं २० आँटिघरमा जन्म भइ हाल पोखरामा बसोबास गर्ने आटिघर पैँगीलामा चेलीबेटी परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि १ लाख ८४ हजार ८ सय ६० रुपैयाँ सहयोग गरेको छ ।परिवारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको संस्थाकी अध्यक्ष शान्ता गुरुङले जानकारी दिइन्। उनका अनुसार संस्थाको कोषबाट ५५ हजार ५ सय ५५ रुपैयाँ तथा विभिन्न सदस्यहरुबाट संकलित १ लाख २९ हजार ३ सय ५ रुपैयाँ गरी उक्त रकम सहयोग गरिएको हो।“हामी… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि बेगनासमा हुने तीज गीत प्रतियोगिता बाढी पीडितप्रति समर्पित हुने

पोखरा । पर्यटन प्रवर्द्धन तथा स्थानीय कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पोखरा पार्टी मिडिया प्रालिको आयोजनामा पोखराको बेगनासमा हुन लागेको खुला तीज गीत प्रतियोगिता रसुवा बाढी पीडितमा समर्पित हुने भएको छ । यहि भदौ २७ गते शनिबार पोखरा –३१ स्थित बेगनास वराह क्षेत्रमा हुन प्रतियोगिता बाढी पीडितप्रति समर्पित गरेर हुने भएको आयोजकले जनाएको छ । प्रतियोगिताको अध्यक्षता पोखरा पार्टी मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र सापकोटा भाटले गर्नेछन् भने कार्यक्रम संयोजकमा सिद्धान्त शाही ठकुरी रहेका छन्।बेगनास ताल वराह क्षेत्र विकास संस्थाको कार्यक्रम समन्वयमा… पुरा पढौ

लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग चर्कियो, विशेष नगरसभा बोलाउन एक तिहाइ जनप्रतिनिधिको हस्ताक्षर

लेखनाथ, २३ भदौ ।लेखनाथ नगरपालिका पुनर्स्थापनाको मागसहितको अभियानले गति लिएको छ। साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरूले विशेष नगरसभा बैठक बोलाउन औपचारिक प्रक्रिया अघि बढाएका छन्।पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र वडा नम्बर २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङको अगुवाइमा महानगरपालिकाका एक तिहाइ जनप्रतिनिधिको हस्ताक्षरसहित विशेष नगरसभा बैठक बोलाउन माग गर्दै महानगर प्रमुख धनराज आचार्यसमक्ष पत्र बुझाइएको हो।विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव नगरसभाबाट पारित गरी सम्बन्धित निकायमार्फत केन्द्र सरकारसमक्ष पठाउनुपर्ने माग… पुरा पढौ

पोखराको सभागृहचोकमा ‘बिग डिजिटल’ सञ्चालनमा

पोखरा । पोखराको मुटु सभागृह चोकमा अत्याधुनिक मल्टिब्रान्ड इलेक्ट्रोनिक्स तथा होम अप्लायंसेज शोरुम ‘बिग डिजिटल’ शनिबारदेखि सञ्चालनमा आएको छ । सोनित बुद्धाचार्य र संकल्प शाक्यको व्यवस्थापन तथा ‘इलेक्ट्रो गृह’ को सहकार्यमा यो बिग डिजिटलको नयाँ शाखा सभागृहचोकमा सञ्चालनमा आएको हो। बजारमा बढ्दै गएको गुणस्तरीय घरायसी तथा इलेक्ट्रोनिक्स सामानको मागलाई सम्बोधन गर्न विश्वस्तरीय ब्रान्डहरू एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो शोरुम स्थापना गरिएको सञ्चालक मध्येका एक सोनितमान बुद्धाचार्यले बताए । यस स्टोरमा सामसुङ, प्यानसोनिक, यासुदा, अकारीटेक, सान्सुई, प्रेस्टिज, हकिन्स, बजाज र… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन शुरु, बाढी पीडितको पुर्नस्थापनाका लागि अन्र्तराष्ट्रिय समुदायलाई गुहारेका छौं : अध्यक्ष श्रेष्ठ

सन्देश श्रेष्ठ पोखरा, भदौ २० नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित जनताको राहत तथा पुर्नस्थापनाका लागि मन फुकाएर सहयोग गर्न आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्यको ३६ औं अधिवेशनको उद्घाटन गर्दै उनले भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोटदेखि धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरसम्मका नागरिक प्रभावित भएको भन्दै उनीहरुको पुर्नस्थापनाका लागि मन फुकाएर सहयोग गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका हुन् । बाढीका कारण त्यस क्षेत्रको जनजीवन कहालीलाग्दो रहेको बताउँदै उनले भने,‘पुर्ननिर्माणका लागि सरकारसँग मिलेर काम… पुरा पढौ

कास्कीका १४ सम्पर्कविहीन मध्य २ जना सम्पर्कमा

पोखरा, भदौ १८ भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएका पोखराका दुई जना सम्पर्कमा आएका छन् । भोटेकोशीमा आएका बाढीका कारण सम्पर्कविहीन भएका कास्कीका १२ जनामध्य दुई जना सम्पर्कका आएको कास्की प्रशासनले जनाएको छ । सम्पर्कविहीन भनिएका पोखरा–१५ का ३८ वर्षिय छमप्रकाश थापा र सोही वडाकी ३३ वर्षिया मनु बुढा सम्पर्कमा आएको प्रशासनले जनाएको छ । कास्की जिल्लाका १२ जना नागरिक भने अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ । कास्कीका पोखरा–१७ की ३३ वर्षिया सविना पौडेल मिश्र,… पुरा पढौ

सिटीवान टेलिभिजनको पोउवासंघमा ‘चार दाबेदार, एउटै प्रश्न’ शीर्षकमा बहस

पोखरा । पोखराको पुरानो सामाजिक–व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । महाधिवेशनमार्फत संघको नेतृत्वमा पुगेर उद्योगी–व्यवसायीको हकहितमा काम गर्ने लक्ष्यसहित चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले उम्मेदवारी दिएका छन् । आचार्य र गौतम प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् भने पोखरेल र बुद्धाचार्य एकल उम्मेदवारका रूपमा मैदानमा छन् । निर्वाचनको माहौल तातिरहेका बेला पोखराको सिटीवान टेलिभिजनले बुधबार ‘चार… पुरा पढौ

महिला पर्यटन व्यवसायी मञ्चको दरखाने रकम भोटेकोशी बाढी पीडितलाई,पोखरा २० को तीज विशेष कार्यक्रम स्थगीत

सन्देश श्रेष्ठपोखरा, भदौ १७ महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले दरखाने रकम भोटेकोशी बाढी पीडितलाई दिएको छ । ओटेफले पूर्व निर्धारित तीज विशेष कार्यक्रमसहितको दरखाने रकम भोटेकोशी बाढी पीडितलाई प्रदान गरेको हो । ओटेफले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा पु¥याएको मानवीयसहित भौतिक क्षेतीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १ लाख २१ हजार १ सय १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको अध्यक्ष ममता न्यौपानेले जानकारी दिईन् । उनले भनिन्,‘भोटेकोशी प्रभावित नागरिकको पीडामा मल्हम लगाउने… पुरा पढौ

रसुवा बाढी : पोखरामा ७६ शवको व्यवस्थापन

सन्देश श्रेष्ठपोखरा, भदौ १६ भोटेकोशी बाढीमा परेर मृत्यु भएका ७६ शवको पोखरामा व्यवस्थापन गरिएको छ । भोटेकोशीमा भदौ १० गते बुधबार आएको बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका १०२ शवमध्य पहिचान नभएका ७६ शव मंगलबार पोखरा–१६ जौवारीस्थित सिँचाइको स्वामित्वमा रहेको गाँडतरामा जमिन मुनि व्यवस्थापन गरिएको हो । शव व्यवस्थापन गरिएको यो ठाउँ याम्दी पारी सेती किनारमा रहेको जंगल क्षेत्र हो । बाढी प्रभावित जिल्लाहरुबाट पोखरा ल्याइएका शवहरुको पोष्टमार्टम सकिए पनि पहिचान नभएकाले खाल्डो खनेर व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका… पुरा पढौ