Uncategorized

१०५९० गणना गदा धनराजको अग्रता बढ्दो

पोखरा, जेठ २ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गएरातीसम्म झिनो मतान्तरले अघि रहेका उनले सोमबार विहानसम्म आईपुुग्दा मतान्तर बढाएर ३ सय ६६ पुु¥याएका हुन् । हालसम्म १० हजार ५ सय ९० मत गणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४ हजार २ सय ४० मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ५… पुरा पढौ

महिला नेतृत्व स्थापित गर्न मेरो उम्मेदवारी : हरिमाया

आसन्न स्थानीय तह निर्वाचनमा हरिमाया तिमिल्सीना अधिकारी नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका अध्यक्षकी उमेदवार हुन् ।२०५८ सालमा पृथ्वीनारायण क्याम्पसमा अखिल क्रान्तिकारीमा आवद्ध भएदेखि उनले राजनैतिक यात्रा सुरु गरिन् ।त्यसपछि उनले २०६० सालमा तत्कालिन सराङकोट गाविसको पार्टी सदस्य, अनेमसंघ क्रान्तिकारीको जिल्ला सदस्य हुँदै गण्डकी प्रदेश सदस्य सम्मको जिम्मेवारी पनि निर्वाह गरेकी छन्।राजनीति शास्त्रमा स्नातकोत्तर तथा अंगे्रजी र कानुन विषयमा स्नातक गरेकी अधिकारी यसअघिको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदकी प्रत्यासी हुन्। पोखरा-२ स्थित सेन्ट भ्याली स्कुलमा २०७० देखि ७४ सम्म अध्यापन… पुरा पढौ

पोखराबाट जुर्मुराएको अटेरी

तिमीएउटा दलमा।मअर्को दलमा।हामी सब दलदलमा।हामी सब दलहरूको दलदलमा।…लेखक कुमार नगरकोटीको यो कविताले भने झैं हामी सबै दलको दल दलमा फसि रहेका छौं। उपलब्धीरहित दलको दलदलमा आखिर कहिलेसम्म फस्ने ? सत्ता र शक्तिको स्वार्थमा दलदलमा कहिलेसम्म फसि रहने हामी? यो फोहोर मैला कहिले सफा गर्ने? कसले गर्ने? हो, दलको दलदलबाट मुक्त हुन आह्वान गर्दै पोखराबाट जुर्मुराएको केही उर्जाशिल युवाहरुको समुह आसन्न निर्वाचनमा होमिदै छ। स्वायत्त स्थानीय तह दलीय भागबण्डाले कुरुप भएको भन्दै पोखराबाट गनेस पौडेलको परिकल्पनामा सुरु भएको थियो अटेरी अभियान।… पुरा पढौ

फेवा गाउँ र फेवातालमै बहस

नेपालकै गन्तव्य पोखरा। पोखराकै गन्तव्य लेकसाइड। पुरानो फेवा गाउँ, अहिलेको वैदाम। अर्थात, विदेशको झल्को दिने आधुनिक लेकसाइड। वैदाम क्षेत्रको मुटु फेवाताल। फेवाताल, वैदाम तालको रुपमा पनि परिचित छ। वैदाम क्षेत्र, पोखरा आउने जो कोही आन्तरिक एवं वाह्य पर्यटकहरुका लागि नगई नहुने एउटा प्रमुख गन्तव्य हो। सुविधाका दृष्टिले वैदाम क्षेत्र स्मार्ट बन्नुपर्ने हो। तर, त्यस्तो छैन। अन्राष्ट्रियस्तरको झल्को दिने लेकसाइड बजार सोंचेजस्तो व्यवस्थित छैन। लेकसाइड बजार क्षेत्रका सडक तथा बाटोघाटोहरु साँघुरा छन्। विजुलीका पोलहरुमा टांगिएका विजुली, केबुल र इन्टरनेटका तारहरु यत्र… पुरा पढौ

ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाउँछौंः गठबन्धन

पोखरा । नेपालमा सामाजिक सुरक्षा भत्ता(वृद्ध भत्ता) सुरुआत हुँदा अहिलेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल सरकारको उपप्रधानमन्त्री थिए । त्यही लोकप्रिय कार्यक्रमका सुरुआतकर्ता नेपालको पार्टी एकीकृत समाजवादीले पोखरा महानगरमा अहिले ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाइदिने वाचा गरिरहेको छ । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर उम्मेदवार छन् । आचार्य भन्छन्, ‘ज्येष्ठ नागरिक अनुभव, ज्ञान र सीपका खानी हुन् । उहाँहरुको अनुभव, ज्ञान हस्तान्तरण नगरी सम्भताअघि बढ्न सक्दैन । हामी निर्वाचित भएको १ वर्षभित्रै ज्येष्ठ नागरिक स्याहार केन्द्र… पुरा पढौ

पोखरा–१७, बागी उम्मेदवार बरालको समर्थन गठबन्धनलाई

पोखरा–१७ बाट वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका कार्यकर्ता दीपेन्द्र बरालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्ने प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन्। आफूले नेपाली काँग्रेस र जनताको हितका लागि उम्मेदवारी त्यागेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको बरालले बताएका छन्। काँग्रेसभित्र प्रजातान्त्रिक मूल्य मान्यता स्थापित गर्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको र नेतृत्व तहबाट त्यसको सम्बोधन गर्ने प्रतिबद्धता पछि उम्मेदवारी फिर्ता लिएको उनले बताए। बरालले आफ्नो उम्मेदवारी फिर्ता गरेसँगै महानगरको १७… पुरा पढौ

हिजोको नेतृत्व असक्षम भएकाले गठबन्धन गरेर आयौं : धनराज

पोखरा, २२ वैशाख ।पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै मेयरको वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन । पोखरा २८ कालिकामा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतका घोषणा पत्रमा भएका कुराको पालना नगरेकै कारण आज फरक तरिकाले आउन बाध्य भएको उनले सुनाए । ‘हामी घोषणापत्रको अक्षरशः पालना गर्नेछौं । यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो’, उनले भने, ‘हिजो घोषणापत्र इमान्दारी पुर्वक पालना गरेको भए हामी यहाँ हुने… पुरा पढौ

नेपाली र भारतीय सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

काठमाण्डौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । भारतीय सेनाको स्थलसेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएकामा उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले दुई देशका सेनाबीचको सहयोगात्मक सम्बन्ध उनको कार्यकालमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका हुन् । प्रधानसेनापति शर्माले भारतीय स्थलसेनाध्यक्षलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण स्वीकार गर्दै उनले आपसी समन्वय गरी उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ… पुरा पढौ

मादीबाट गठबन्धनका उम्मेद्वारको उद्घोष ः बैशाख ३० गते धुलो चटाउछौं

पोखरा । मादी गाउँपालिकामा गठबन्धनले घरदैलो कार्यक्रम तिब्र पारेको छ । गठबन्धनका साझा उम्मेद्वारहरुले मादी ५ र ११ मा घरदैलो एबम कोणसभा गरेका छन् । कार्यक्रममा बोल्दै गठबन्धनका नेताहरुले प्रतिगमनबिरुद्धको आन्दोलनमा आफूहरु एक भएर लागेको र यसरी नै लागि रहने बताए । मादीमा गठबन्धनबाट पालिका अध्यक्षका साझा उम्मेद्वार बनेका नेपाली कांग्रेसका देवी जंग गुरुङले दुई तिहाईको बहुमत ततेरेर खान नसकेबो बताए । ‘फेरि विकासमा सिन्को नभाँच्ने उल्टै मादीको नाम बद्नाम गर्नेलाई मादीले चिनि सकेको छ,’ उनले भने । मादीमा अघिल्लो… पुरा पढौ

अटेरी उमेद्वार गनेस पौडेलको वर्णमाला सार्वजनिक

पोखरा महानगरपालिका प्रमुख पदका स्वतन्त्र (अटेरी) उम्मेद्वार गनेस पौडेलकोे वर्णमाला सार्वजनिक भएको छ। पोखरा लक्ष्य २०७९ कार्ययोजनामा समावेश मुख्य मुख्य बुँदालाई टिपेर पोखराको विकासका लागि गनेस पौडेलको वर्णमाला नाममा सार्वजनिक गरिएको हो। उम्मेदवार पौडेलको वर्णमालामा कार्ययोजना पत्रमा समावेश क देखि ज्ञ सम्म मुख्य योजनाहरु राखिएका छन्। महानगरीय मोबाइल एप सञ्चालनदेखि सार्वजनिक सम्पत्तिको अतिक्रमण निर्वाचित भएको २ महिनाभित्र छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउने, महानगरलाई बुटिक सहरको अवधारणा अनुसार सहरी सौन्दर्यका योजना अघि बढाउने लगायतका योजनाहरु छन्। आफूलाई अटेरी भन्न रुचाउने… पुरा पढौ