उपसभामुख शर्माको भत्ता कोरोना कोषमा
गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले आफूले चाडपर्व बापत पाएको भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ । उपसभामुख शर्माले बिहिबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी आफ्नो चाडपर्व भत्ता गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोनारोकथाम,नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न आग्रह गर्नुभएकोे शर्माका स्वकीय सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । शर्माले यसअघि पनि आफ्नो एक महिनाको तलब भत्ता कोषमा जम्मा गर्नुभएको थियो । प्रदेशसभा सचिवालयले चाडपर्व भत्ता सम्वन्धितव्यक्तिको खातामा पठाइसकेकाले आगामी महिनाको तलबबाट कट्टा गरिने जनाएको छ । त्यसैगरी सत्तारुढ ने.क.पा.(नेकपा) तथा नेपाली काँग्रेसको संसदीय दलले पनि चाडपर्व भत्ता कोरोेना कोषमा जम्मा गर्ने निर्णयगरिसकेको छ ।
पुरा पढौ
रेडक्रसको तदर्थ समितिको म्याद १ वर्ष थप्ने मन्त्रिपरिषदको निर्णय

गण्डकी प्रदेशमा ३७ संक्रमित थपिए, थप १ को मृत्यु
गण्डकी प्रदेशमा आज मात्र ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालय पोखराले आजपहिलो बिज्ञप्तिमा २२ र दोश्रो बिज्ञप्तिमा १५ जनामा संक्रमण भएको पुष्टि गरेको हो।यो संहै गण्डकी प्रदेशमै कोरोना संक्रमितको संख्या६२११ (१ मृत्यु समेत) पुगेको छ | निजि क्षेत्रबाट संचालित लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरामा गरिएको परिक्षणमा थप नयाँ १५ जनासंक्रमितहरु थपिएका हुन् । तनहुँ जिल्ला, ब्यास-१ का ६८ बर्षीय कोरोना संक्रमित महिलाको मिति बुधबार साँझ ६:३० बजे गण्डकी मेडिकल कलेज पोखरामानिधन भएको जानकारी स्वास्थ्य कार्यालय, कास्कीले जानकारी दिएको छ | यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्युहुनेको संख्या ५८ पुगेको छ |
पुरा पढौ
नेकपा सचेतक गुरुङ र पार्टी सचिव बखानसिंहमा कोरोना संक्रमण

पोखरा-१७ को सेवा अनिश्चित कालका लागि बन्द
पोखरा महानगरपालिका वडा नम्बर १७ ले सेवा बन्द गरेको छ। वडाका कर्मचारी नोभल कोरोना भाइरस (कोभिड १९) का बिरामीसँग कन्ट्याक्ट ट्रेसिङमा परेकाले बुधबारदेखि अनिश्चित कालका सेवा लागि बन्द गरिएको वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए। आकस्मिक सेवा भने खुल्ला हुने अधिकारीले सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी दिएका छन्।
पुरा पढौ
दशैंँमा बैंक नखुल्ने
कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा…
पुरा पढौ
आज राति मृगशिरा उल्कावर्षा हुने
हेलीको पुच्छे«ताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छे«ताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छे«ताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ । आजको उल्का वर्षाको स्रोत मृगशिरा ९ओरायन० तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा ९ओरियनिड मिटियर सावर० नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । अक्टोबर २ देखि आफ्नो सक्रियता…
पुरा पढौ
प्रदेश राजधानीमा जग्गा कारोवार बन्द गर्न आग्रह
राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुन सक्ने गैरकानूनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै बन्द नभए कठोर कदम चाल्ने चेतावनी दिएको छ । प्रदेशसभाबाट गत असोज २० गते राप्ती उपत्यका९ देउखुरी० लाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित भएको थियो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएका क्षेत्रमा राप्ती गाउँपालिकाको क्षेत्रसमेत पर्ने भएकाले सो क्षेत्रभित्र जग्गाको किनबेच हाल रोक्का गरिएको जानकारी दिनुभयो । कुनै पनि व्यक्तिलाई…
पुरा पढौ
बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते
प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा बे्रक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक दाङ बन्जाडेका ४० वर्षीय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताउनुभयो । सो दुर्घटनामा तीन यात्रु घाइते भएका छन् । बङ्गलाचुली गाउँपालिका–३…
पुरा पढौ
धौलागिरिमा पहिराबाट २६ करोड पूर्वाधारमा क्षति
म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षात्को कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते वर्षात्सँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पु¥याएको क्षतिको पुनःनिर्माण गर्न रु २६ करोड बढी बजेट आवश्यक पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । गाउँपालिकाले प्राविधिक टोली खटाएर पहिरो र बाढीले पु¥याएको क्षतिको विवरण र तथ्याङ्क सङ्कलन गरेको हो । पहिरो पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश र सङ्घ…
पुरा पढौ

पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक गर्दै सरोकारवालाले उपभोक्ता अदालत स्थापना प्रक्रियासँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।प्रादेशिक रोग…
पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज…
‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट…
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२,… 