weather

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत हुने भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । “आगामी शुक्रबारदेखि अझै अर्काै मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको छ” । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश… पुरा पढौ

गण्डकी प्रदेश लगायत पश्चिम नेपालमा वर्षा र हिमपात

गण्डकी प्रदेश लगायत देशका पश्चिमी भेगमा आज (बिहीबार) बिहानदेखि वर्षा र हिमपात हुने क्रम सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशको गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा तथा उच्चपहाडी र हिमाली भेगमा हिमपात सुरु भएको जनाइएको छ। बागमती प्रदेशमा पनि सामान्य बदली रहेको र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहेको पनि विभागले जनाएको छ। विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी तथा… पुरा पढौ

पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको… पुरा पढौ

मनाङमा हिमपात रोकियो, जनजीवन भने उस्तै कष्टकर

मनाङमा हाल हिमपात रोकिएको छ। मंगलबारदेखि लगातार २ दिनसम्म हिमपात हुँदा जनजीवन कष्टकर बनेको त्यहाँ बिहान ३ बजेदेखि हिमपात रोकिएको जिल्ला प्रहरी कार्यालय मनाङको संचार केन्द्रले एभरेस्ट आवाजलाई जनाएको छ। केन्द्रका अनुसार हाल त्यहाँ हिमापत रोकिएर जिल्ला सदरमुकाम चामेमाथिको डाँडाहरुमा घाम लागेको छ। हिमपात रोकिएपनि सदरमुकाम चामेको जनजीवन कष्टकर नै रहेको मनाङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले जानकारी दिए। इन्स्पेक्टर अधिकारी भने, ‘सदरमुकाम डाँडामाथि घाम देखिएपनि लगातार २ दिन अघिदेखि परेको हिमपातका कारण सदरमुकाम चामे बजारमा… पुरा पढौ

हिमपातका कारण मनाङको जनजीवन कष्टकर

मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकर बन्दै आएको छ। त्यहाँको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात भैरहेको छ।हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ। जिल्ला प्रशासन कार्यालयले चिसो बढेकाले सतर्क रहन आग्रह गरेको छ। हिमपात पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिर हिँडेका छन्। मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखिनै हिमपात सुरु भएपनि तल्लो भेग चामे सदरमुकाम… पुरा पढौ

काठमाडौँमा वर्षा, चन्द्रागिरिमा हिमपात

काठमाडौँ। राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ… पुरा पढौ

पोखरामा मंगलबार रातिदेखि लगातार वर्षा

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण मंगलबारदेखि पोखरा लगायत देशभर वर्षा भएको छ। मंगलबार दिउँसोदेखि पोखरा देशभर सामान्य देखि पूर्णतया बदली रहयो। बुधबार पनि लगातार वर्षा भइरहेछ।पोखरा लगायत धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको समाचार छ। गण्डकी प्रदेशको उच्च हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिउँ परेका कारण त्यहाँको जनजीवन कष्टकर बनेको समाचार छ। पुरा पढौ

गण्डकीको उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको संभावना

गण्डकी प्रदेश लगायत देशको पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी भाग र हिमाली जिल्लामा आज (शुक्रबार) हल्का हिमपात र वर्षाको संभावना छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज गण्डकी प्रदेश लगायत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको संभावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव दिउँसोदेखि पूर्वी क्षेत्रमा सर्ने अनुमान रहेकाले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली… पुरा पढौ

पोखरा लगायत देशभर चिसो बढ्यो, भोलीसम्म कायम रहने, सतर्क रहन सुझाव

पछिल्लो पटक पोखरा सहित देशभर चिसो बढ्न थालेको छ। पोखरामा दिउँसो घाम लागेपनि बिहान र साँझ चिसो बढेको छ। पोखरामा पछिल्लो २४ घन्टाको तापक्रम न्यूनतम ९ दशमलव २ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुमान गरिए पनि चिसो मौसमको महसुस गरिएको छ। विशेषगरी, राति र बिहान तापक्रम घट्न थालेको छ र चिसो बढेको छ। यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो कपडा लगाउँदा चिसोबाट बँच्न सकिन्छ। त्यस्तै, काठमाडौं… पुरा पढौ

वर्षा र हिमपातको संभावना, पर्वतारोहणमा नजानू

गण्डकी प्रदेश लगायत आज (बिहीबार) देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र हिमाली जिल्लामा भारी हिमपात हुन सक्ने जनाएको हो। महाशाखाका अनुसार आज दिउँसो गण्डकी लगायत सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा… पुरा पढौ