पवित्र बचत तथा ऋण सहकारीको नवौं साधारण सभा सम्पन्न भएको छ। सभाका वक्ताले सहकारी सम्मान, समानता र सहकार्यको माध्यम भएको धारणा राखेका छन् ।
संस्थाका सल्लाहकार चन्द्र रानाभाटले सहकारी सहकार्यको माध्यम भएकाले जातीय एकता बढाउन मात्र नभएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सार्थक र साझेदार बनेको बताए । उनले आवश्यक परेको खण्डमा समाजको बहुउद्देश्यीय भवन सहकारी व्यवस्थापनका लागि सहयोग गर्न समाज इच्छुक रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।
सभामा सु.बोधराज रानाभाट, राजेन्द्रकुमार रानाभाट, मीनबहादुर रानाभाट, श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाटलगायतले सहकारीसँगको बन्धुत्वको साझेदारीसँगै समन्वय बनाएको उल्लेख गरे । उनीहरुले आउँदा दिनमा सहकारीको आदर्श स्थापना गर्न आवश्यक रहेको धारणा राखेका थिए ।
कर्यक्रममा सहकारीका अध्यक्ष शिव रानाभाटले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन तथा क्या. हुम रानाभाटले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र रमेश राजभाटले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।
शिव रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गुप्त रानाभाटले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष बुद्धि रानाभाटले स्वागत, शिक्षा उपसमिति संयोजक असफल गौतमले धन्यवाद र सञ्चाचक समिति सदस्य भावना रानाभाटले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।
२०६८ सालमा तत्कालीन रानाभाट सेवा समितिद्वारा सञ्चालित कास्की जिल्ला कार्यक्षेत्र रहेको पवित्र साकोसमा हाल १२ सय शेयर सदस्य रहेका छन् । संस्थाको असार मसान्तसम्मको शेयर पूँजी झण्डै ६ करोड रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।