मादी-११ मा नेकपाको कार्यकर्ता भेला


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादी गाँउपालिका वडा नं ११, को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। भेलालाई सम्वोधन गर्दै पार्टीका गाँउपालिका कमिटि अध्यक्ष कृष्णराज दाहालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधि सभाको विघटन गरि मुलुकलाई प्रतिगमन तर्फ लैजाने दुस्साहस गरेकाले यसलाई सच्चाउन शशक्त आन्दोलन गर्नुको विकल्प नरहेको वताए। कार्यक्रममा आफ्ना धारणा राख्दै युवा नेता पुर्ण लामाले हाल प्रचण्ड र माधाव नेपालले नेत्रित्व गरेको नेकपामा दुईतिहाई वहुमत रहेको तथा बिधि र बिधान सम्मत यहि कमिटि अगाडि बढिरहेको उल्लेख गर्दै यहि पार्टी नेकपाको आधिकारिक पार्टी भएको र चुनाव चिन्ह सुर्य पनि यहि समुहको हुने वताए। वडा नं ११ का निर्वाचित वडाध्यक्ष मित्र गुरुङले केपी ओलीले दुईतिहाई जनमतको अपमान गरेर नेपाली जनतालाई धोका दिएको धारणा व्यक्त गरे। कार्यक्रममा नेकपा मादी गाँउपालिका कमिटि सदस्य सिहमान तामाङ, नन्दश्री गुरुङ तथा विभिन्न टोलको प्रतिनिधित्व गर्दै भिमप्रसाद काफ्ले, अनिल नेपाली, नारायण तामाङ, वसन्त रानाभाट, चेतबहादुर कार्की, सुर्य सुवेदी लगायतले आफुहरु नेकपाको मुल प्रवहामा कटिवद्ध रुपमा लाग्ने वताउदै, कसैको दवाव र प्रभावमा नपरि पार्टी एकतालाई जोगाई राख्ने प्रतिवद्धता जाहेर गरेका थिए। नेकपा मादी गाँउपालिका वडा नं ११ का अध्यक्ष जिवन परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत हिमलाल खनाल र संचालन सचिव रनवहादुर लामाले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।