५ मे २०२३ देखि भारतीय चलचित्र ‘द केरला’ स्टोरी देश भरका सिनेमा घरमा लागि रहेको छ,यो चलचित्रको टीजर रिलीज भए देखि बिभिन्न तह तप्का देखि राजनीतिक बृत सम्म यसको चर्चा एबं बिबादमा चलेको छ। नचलोस पनि कसरी हिन्दू सँग आबद्द संघ सस्था र बि जे पि जस्ता पार्टी पनि चुनाबका माहोल तताउन यो सिनेमा एजेण्डाका रुपमा आएको छ र समर्थन गरेका छन भने अर्का थरि भारतीय काँग्रेस वा निकटले भने खुले आम बिरोध जनाएका छन।
तिन चरणमा देखिएको यो चलचित्रको सुरुवातनै अफगानिस्तानको जेल बाट इंटरगोरेशनु गरे पश्चात कहानी सुरु भएको पाइन्छ।बिगत घर सँगै कलेज गए पछिको कथा,प्रेममा परे पछि बिछोडको कथा र सिरिया जान बाटोमा पाएको दुःखःको कथा १एक साथ एक अर्का सँग जोडेर कथा सुरु हुन्छ।
धार्मिक सहिष्णुतालाई आधार मानेर अघिल्लो बर्ष ुद काश्मीर फाइल्सुबनी सकेको छ भने त्यही धर्म,लभ जिहाद वा आई एस आई एस का नाममा हुने यौन दास,आतंकबाद संगठनको रूपमा यो फिल्म बनेको र आफ्नो सभ्यता समाप्त पार्न धर्मलाई मूल हतियार बनाई आक्रमण गर्न सकिन्छ भन्ने सन्देश पनि यो चलचित्रको हो।
कथाको मूल पात्र तिन जना नर्सको बिद्यार्थी भारतको बिभिन्न ठाउँ बाट केरलाको कलेजमा पढ़न जाने क्रममा उनिहरुकै रूम मेट जो मुस्लिम समुदाय सँग आबद्ध छ ,उ सँगको भेट बाट तिन जना साथीहरुमा के कस्तो बदलाव,समस्या र आउने चुनौतीलाई कसरी सामना गर्न सक्छन् त्योंनै मुख्य चलचित्रको सार रहेको छ,एक जना पात्र पूर्ण रुपमा मुस्लिम साथीको जालमा पर्नु,अर्को साथी जालमा परे पनि पछि छोड़न चाहनु र अर्को साथी उनिहरुको आनिबानि थाहा पाएर टाढ़ीन के कस्तो काम गर्नु पर्ने त्यस वरपर आई एस आई एसमा कसरी ललाई फकाई जिहाद र धर्मका नाममा बाध्य पारिन्छ त्यसलाई सूक्ष्म ढंग बाट थ्रिल्स,भायलेंस, ड्रामटिक यस चलचित्रले अनुसन्धान तबरले देखाएको छ।
चलचित्रको मुख्य नायिका अदाह शर्मा (शालिनीरफतिमा)जसले हरर चलचित्र १९२०बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिईन र उनको अहिले सम्मकै सबै भन्दा दमदार अभिनय यस चलचित्र हो भन्न सकिन्छ।
उनका अलावा योगिता बिहानी(निमाह),सिद्दी इदनानि(गीतान्जलि) र मुस्लिम चरित्र अभिनय गरेकी सोनिया बलानी (अशिफा)को अभिनय देख्न सकिन्छ जसलाई सुदीप्तो सेनकै कथा तथा निर्देशकीय क्षमता अब्बल देखिन्छ।जल्दो बल्दो सत्य कहानीलाई चलचित्रमा उतारन मुश्किलनै हुन्छ र यसमा निर्देशक केहि हद सफल छन जसले गर्दा अहिले यो सिनेमा कन्टोर्भर्सीको मारमा परेको छ।
नेशनलिजम इज हराम मुस्लिम इज आइडेंटिटीुजस्ता नारा भित्तामा टासिनुले पनि मुस्लिम,सरैया कानुन र कुरान सम्बंधी ज्ञान भरपूर बाँडेको प्रष्ठ देखिन्छ।यस चलचित्र बिगतमा गरेको भूल र अब आउने भबिष्यमा यसको रोकथाम ,साम्प्रदायिक हिंसाको न्यूनीकरण गर्न महिलालाई मद्दत पुग्नेका कारण पनि यो चलचित्र हेर्न उत्सुक छन।
गीतान्जलिको परिवारका बुवा कट्टर कम्युनिस्ट हुन्छन् जसका घरमा लेनिन,मार्क्स,स्टालिनका तस्बिर झुन्डिएका छन तर छोरी घर आउने बेला हिजाब लगाएर आए पछि उसको परिवारले हिजाब महिलाको बचावट गर्ने हो या मुस्लिम हुनुको पहिचान दिने हो त्यों अन्यौलता उनका बुवामा आए पछि हृदयघात भई अस्पताल भर्ना गर्न सम्म पुग्छ।गीतान्जलि मुस्लिम साथीको चक्रमा पूरा नफसे पनि उसलाई साथी सँगको संगतले आफ्नै प्रेमीको मायाजालमा परेको भीडियो बाहिर आउन साथ आत्महत्या गरे सम्मको अर्को कथा यसमा छ।
सँगै बस्ने रूम मेटले तिन जना साथीलाई ब्रेन वाशुवा मेंनुप्लेटु गरी मुस्लिम बनाउने तर्फ लाग्दछ जस मध्य दुई जना शालिनी र गीतान्जलि मुस्लिम धर्म अपनाउन थाल्दछन।तर ईसाईलाई मानने साथी निमाहलाई भने धर्मान्तरण गर्न सक्दैन।धर्म प्रचार र धर्मान्तरण गर्न भारत मात्र होइन हाम्रै देशमा समेत क्रिस्चियन प्रचार प्रसार ब्यापत देखिन्छ त्यही अर्थमा भारतमा चलचित्रका अनुसार ३२००० भन्दा बढ़ीलाई धर्म परिवर्तन गराएको पुष्टी छ साथै श्रीलंका अफगानिस्तान हुदै सिरिया सम्म भारतीय युवा यूबतीलाई पुऱ्याएको यो कथाले भनेको छ।
३२००० भन्दा बढ़ीलाई धर्मं परिबर्तन गराएको वा आई एस आई एस को नाम पारेर हजारौ बेपत्ता भएको कुनै आधिकारिक प्रमाण नभएको प्रहरी प्रशासनले बताएको यस चलचित्रमा निमाहले बताऊदै आफूलाई लागु औषधि सेवन गरी पटक पटक बलात्कार गरेको समेत प्रहरी सामु बताउँछिन।आफु जस्तै हजारौ किशोरीलाई लभ जियादको शिकार ,ब्रेन वाशु र माया जालमा फसाउने,गर्भवती बनाई बाध्यतामा निकाह गर्न उत्प्रेरित गर्ने गरेको यो चलचित्रले देखाएको छ।
अहिले यस चलचित्र भारतीय राजनीतीमा तरङ्ग ल्याएको छ ,उत्तर प्रदेश,मध्य प्रदेशमा छुट गरी प्रदशर्न भएको छ भने पश्चिम बंगाल,झारखण्डमा भने यसले जाती, दंगा लाई प्राथमिकता दिने,धर्म सहिष्णुतालाई असर पुर्याउन सक्छ भनेर बन्देज लगाएको छ।कथा अनुसार रोमांस संगीत ठिकै लाग्छ, तर थ्रिल्लिंङ वाला बैकग्राउंड संगीत र सिनेमैटोग्राफी उत्तम छ,कलाकारको कथा पटकथालाई अत्यंत मिहिन ढंग बाट लिएको छ र सोहि अनुसार पात्रको अभिनयले केरलाको कथालाई देश र बिश्वकै कथा भन्न सकेको छ।
शालिनी बाट फतिमा बनेकी अदाह शर्मालाई उसैकि साथी सँग प्रेम गर्न लगाएर गर्भवती बनाई छोडेर गई पछि बच्चाका लागी अर्को ब्यक्ति सँग निकाह गर्न परे पछिको दृश्यलेनै मुख्य कथाको ुप्लटु नै बदलिदिन्छ।बिच बिचमा आङनै सिरिंङ हुने दृश्य आफ्नो आँखा भरी दौड़ी रहन्छ।सवा दुई घण्टा कही कतै नगई सिनेमानै बाध्न सफल छ।
पूरा कथा भने सम्म काटमार,रोमांस र महिलालाई बन्दी बनाई बिक्री गर्ने ,आतंक खालको इसलामिक कानूनको प्रत्यक्ष साक्षी यस चलचित्रले देखाएको छ र अन्त्यमा बास्तबिक यस चलचित्र सँग सम्बधित असली पात्रको छोटो फुटेजले केहि हद सम्म प्रमाणमा सत्यता छ भन्ने पुष्टी गर्दछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






