पोखरा
–पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको जिल्लास्तरीय छात्रा भलिवल प्रतियोगितामा पोखरा–४ गैहपाटनको पश्चिमाञ्चल माविले उपाधि हात पा¥यो ।
–प्याब्सन कास्कीले आयोजना गरेको जिल्लास्तरीय छात्रा भलिवल प्रतियोगितामा पनि पश्चिमाञ्चल माविले नै उपाधि जित्यो ।
–पोखरा महानगरले आयोजना गरेको राष्ट्रपतिकप विद्यालय स्तरीय ‘ज्याब्लिङ थ्रो’ मा पनि पश्चिमाञ्चल माविले नै उपाधि जित्यो ।
पश्चिमाञ्चल माविले योवर्ष मात्र खेलकुद क्षेत्रमा रचेको इतिहासका यी केही उदाहरण हो । विद्यालयले खेल क्षेत्रमा हरेक वर्ष कुनै न कुनै उपाधि हात पारिरहेको छ । विद्यालयका को–अर्डिनेटर देव क्षेत्री भन्छन, ‘हामी शैक्षिक ज्ञान मात्र दिन्नौ, खेलकुद सहितका गतिविधिमा पनि उत्तिकै स्थान ओगट्छौ, जहाँ विद्यार्थीले आफ्नो खुबी देखाईरहेका छन ।’
पश्चिमाञ्चल माविले यो वर्ष मात्र नभई अघिल्ला वर्ष पनि खेल क्षेत्रमा उत्तिकै अब्बलता कायम गरेको उनले बताए । ‘विद्यार्थीमा लुकेको क्षमता देखाउने ठाउँ रंगशाला हो, विद्यालयको खेल मैदान पनि एकखालको रंगशाला हो । खेल क्षेत्रमा पश्चिमाञ्चलले इतिहास रचेको छ,’ क्षेत्रीले भने, ‘रंगशालामा हरेक वर्ष पश्चिमाञ्चल माविले ठाउँ लिन्छ ।’
पश्चिमाञ्चल मावि खेलकुदमा मात्र नभई संचार क्षेत्रमा पनि उत्तिकै अब्बलता कायम राखेको छ । विद्यालयबाट पत्रकारिता विषय अध्ययन गरेका विद्यार्थीले संचार क्षेत्रमा उच्च स्थान ओगटिसकेका छन । त्यसैले त विद्यालयले आफ्नै रेडियो ल्याब राखेको क्षेत्री बताउँछन ।
विद्यालयमा अहिले मानविकी संकायमा पत्रकारिता तथा आमसंचार विषय अध्ययन हुने भएकोले विद्यालयले संचारक्षेत्रमा स्थान लिएको उनले बताए । ‘हामी विद्यार्थीलाई साच्चै रेडियो स्टेशनमा लगेर प्रयोगात्मक अभ्यास गराउँछौ,’ उनले भने, ‘पोखराभित्रका मात्र नभई बाहिरी जिल्लामा संचालित रेडियो स्टेशनमा लगेर पनि सिकाउँछौ ।’

त्यत्तिमा नभई विद्यालयमा कानुन संकायमा पनि अध्यापन हुन्छ । पछिल्लो समय कानुन संकायमा विद्यार्थीको आकर्षण बढिरहेको छ । कानुन क्षेत्रमा विद्यार्थीले भविश्य देखेरै यो विषय अध्ययन गर्न थालेको उनले बताए । ‘कानुनी क्षेत्रमा अब्बल जनशक्तिले विद्यार्थीलाई कहिले अदालती अभ्यास त कहिले मेलमिलाप केन्द्रमा लगेर अभ्यास गराउने गरिएको छ । हामी शैक्षिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासलाई पनि जोड दिएका छौ,’ उनले भने, ‘त्यसैले त कानुन संकायका विद्यार्थीले त्रिभुवन र गण्डकी विश्वविद्यालयका आंगिक क्याम्पसमा छात्रवृत्तिमा अटेका छन ।’
पश्चिमाञ्चल माविले २०६० देखि प्लस टु तहमा अध्यापन गराईरहेको छ । विद्यालयमा अहिले व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयमा अध्यापन गराईरहेको छ । होटल व्यवस्थापनका विद्यार्थीलाई विभिन्न होटलको भ्रमण गराउने, व्यवस्थापन विषयका विद्यार्थीलाई विभिन्न उद्योग क्षेत्रको भ्रमण गराउने र विज्ञान विषयका विद्यार्थीलाई विभिन्न विज्ञान प्रदर्शनी गराउने गरिएको उनले बताए ।
‘विद्यालय परिसरभित्र मात्र पश्चिमाञ्चल मावि सिमित छैन, प्रयोगात्मक अभ्यासका लागि विद्यार्थीहरु विभिन्न क्षेत्रमा पुग्ने गरेका छन,’ उनले भने । विद्यालयभित्र हुने फूड फेस्टिभलदेखि विज्ञान प्रदर्शनीका कार्यक्रम समेत नियमितजसो आयोजना गर्ने क्षेत्रीले बताए ।
विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार पश्चिमाञ्चल माविले विद्यार्थीलाई विभिन्न मुलुकका विश्वविद्यालयमा समेत अध्ययनका लागि विद्यार्थीलाइै पठाउने गरेको छ । कोइरालाका अनुसार चीनको हफि विश्वविद्यालयमा विद्यार्थीलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउने गरेको छ । ‘आफुलाई रुची लागेको विषयमा पश्चिमाञ्चलका विद्यार्थी चीनमा अध्ययन गर्न पाउँछन्, यो अवसर सबैले पाउँदैनन,’ उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






