लिबियामा द्विपक्षीय झडपः सत्ताइस जनाको मृत्यु


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०८० मा प्रकाशित




लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएका छन् ।

सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार राति शुरु भएको हो । दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपमा ज्यान गुमाउने दुवै समूहका कार्यकर्ता हुन् वा तीमध्ये केही सर्वसाधारण नागरिक पनि थिए भन्नेबारेमा स्पष्ट भएको छैन । मृतक एवम् घाइतेको अवस्था पनि केन्द्रले खुलाएको छैन । त्रिपोलीलाई आधार बनाएर मानवीय सहयोगका काम गरिरहेको रेडक्रिसेन्ट सोसाइटीले पनि एएफपीलाई कुनै सूचना दिन अस्वीकार गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।