गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ ।
निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र सो सम्बन्धमा गरिएका कार्यहरुको प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।
मन्त्रालयले सचिवको संयोजकत्वमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न गर्न केन्द्रीय कमाण्ड पोस्ट समेत गठन गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






