पोखराका पत्रकार लम्साल पुरस्कृत र सापकोटा सम्मानित


     एभरेस्ट आवाज    
     माघ २२ गते २०८२ मा प्रकाशित




पोखराका पत्रकार रामजीप्रसाद लम्साल र विष्णुप्रसाद सापकोटा पुरस्कृत र सम्मानित भएका छन् ।

प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार लम्साल र पत्रकारिता क्षेत्रमै क्रियाशील सापकोटालाई सम्मान अर्पण गरिएको छ । नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारी, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारी लगायतले सम्मानपत्र र दोसल्ला ओडाएर पुरस्कृत र सम्मानित गरे । पत्रकार लम्साललाइ नगद २२ हजार २ सय २२ रुपैयाँ समेत रहेको छ ।

हालको पोखरा महानगरपालिका–३३ भरतपोखरी, डाँडा गाउँका लम्साल २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । उनले २०५५ साल पुसमा तालनगरी साप्ताहिकबाट पत्रकारिता थालेका थिए ।सम्मानित सापकोटा हालको मादी गाउँपालिका–४, तारकाङ ९साविकको थुमाको डाँडा गाविस–७० का स्थायी बासिन्दा हुन् । २०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन् ।

प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।