राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठकको आह्वान


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०८२ मा प्रकाशित




राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई छलफलका लागि आह्वान गदैं आज दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका हुन् । यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो ।भेटमा संचार तथा सुचना प्रविधी मन्त्री जगदिश खरेल समेत सहभागी थिए ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले चुनावका लागि राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको बारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र मन्त्रीहरूसँग पनि निर्वाचनबारे चासो राख्दै त्यसका लागि सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्न भनेका थिए । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । तर, निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दलहरूसँग संवाद अगाडि नबढाएपछि राष्ट्रपतिले संवाद गर्न लागेका हुन् ।

निर्वाचन आयोगले पनि दलहरुसँग यही असोज ३० गते निर्वाचनको कार्य तालिका लगायतका बिषयमा छलफलको तयारी गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।