रास्वपाद्वारा दुई उपसमिति गठन,७ जना केन्द्रीय सदस्य मनोनीत


     एभरेस्ट आवाज    
     पौष २० गते २०८२ मा प्रकाशित




राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गरेको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता मनिष झाले उपसमितिलाई योग्य उम्मेदवार छनोट र उक्त प्रक्रियाको सिफारिस गर्ने जिम्मेवारी दिइएको बताए । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ । यस्तै, पार्टी एकता तथा समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पुर्‍याउने उद्देश्यले पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय गरिएको झाले जानकारी दिए ।

त्यस्तै रास्वपाले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता झाले जानकारी दिए ।मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।