कास्की क्षेत्र नं. २ का नेकपा एमालेका उमेद्वार रश्मि आचार्यले पोखराको व्यवस्थित विकासको टड्कारो आवश्यकता देखिएको बताएका छन् ।
देशकै ठूलो महानगरमा व्यवस्थित विकासका लागि केही नयाँ नीतिगत व्यवस्थासँगै स्थानीय तहसँगको सहकार्यमा भएको विकासलाई पनि थप व्यवस्थित गराउनुपर्नेमा उनको जोड छ ।फागुन २१ को निर्वाचनका सन्दर्भमा पोखरा महानगरपालिका वडा नं. ७ का मतदाता भेट्घाटका क्रममा उम्मेदवार आचार्यले पोखराको विकासमा देखिएका नीतिगत र कानुनी अल्झनले व्यवस्थित विकासमा कठिनाइ देखिएको भन्दै यसको समाधानमा लाग्ने उल्लेख गरे ।शिक्षा, स्वास्थ, रोजगारी, संरचनाका सौन्र्दयीकरण सहित युवा पुस्ता केन्द्रित महत्वपूर्ण विषयका काम नीतिगत कानुनी व्यवस्थापनमा भएका त्रुटिका कारण असरल्ल परेका छन् । सो विषय आफ्नो महत्वपूर्ण प्राथमिक एजेन्डा भएको उनको भनाई छ ।
सबैको साथले यहाँको पर्यटन विकासका लागि आफुले ‘लिङ्क पोखरा, मार्क पोखरा र ट्विट पोखरा’ को अवधारणा अघि सारेको उल्लेख गरे । पोखरामा भएका संरचना र क्षेत्रलाई भौगोलिक र सांकृतिक पाटोबाट एक आपसमा जोड्ने काम ‘लिङ्क पोखरा’ ग्रामीण इलाकामा नयाँ गन्तव्य निर्माण र विकासका लागि ‘मार्क पोखरा’ र पोखराको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार गर्न ‘ट्विट पोखरा’ फलदायी हुने आचार्यको ठम्याई छ ।यससँगै उम्मेदवार आचार्यले मुख्य सहरी क्षेत्रको जनसंख्या व्यवस्थापनलाई केन्द्रबिन्दुमा राखेको बताए । जनघनत्व बढी भएको मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्याको जीवनस्तर सुधारसहित शहरी क्षेत्रको थप सशक्तिकरण हुने अभियान संचालन गर्न सके व्यवस्थित पोखरा विकासको योजना साकार हुने आचार्यको दाबी छ ।
पोखराको पर्यटनमा यसको सौन्दर्यीकरण सहित थप व्यवस्थित विकास गर्न सकेमा पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन, पर्यटकको बसाई अवधि लम्याउन उल्लेखनीय भूमिका खेल्न सकिने उनको तर्क छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






