रास्वपाले ४० निर्वाचन क्षेत्रमा जिम्मेवारी तोक्दा, गण्डकीमा को को ?


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८३ मा प्रकाशित




राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ ।

प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । सचिवालयको सोही निर्णय अनुसार समानुपातिक सांसदहरूको कार्य विभाजन गरी केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । बैठकको निर्णय अनुसार सांसदहरूको जिम्मेवारी तोकेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार जानकारी दिए । बैठकले गरेको निर्णय गण्डकी प्रदेशमा प्रत्यक्ष चुनाव नजितेका ३ जिल्लाका ३ क्षेत्रमा पनि समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकिएको छ । जसमा म्याग्दीमा गंगा छन्त्याल, मनाङमा एलिजा गुरुङ र मुस्ताङमा शोभा खनाललाई जिम्मेवारी दिईएको छ ।म्याग्दीमा रास्वपाको सर्मथनमा स्वतन्त्र उमेद्वार महाविर पुनले चुनाव जित्दा, मनाङ र मुस्ताङमा भने नेपाली कांग्रेसका उमेद्वार विजयी भएका थिए ।

गण्डकीका १८ क्षेत्रमध्ये १५ क्षेत्रमा रास्वपाले प्रत्यक्ष निर्वाचन जितेको थियो । गत फागुन २१ को निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ४० क्षेत्रमा निर्वाचन जितेको थिएन । यी क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।