पोखरा १७ मा मैनबत्ती बनाउने तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८३ मा प्रकाशित




कास्की पोखरा हस्तकला संघ र पोखरा महानगरपालिका वडा नं १७ को आयोजना संचालित तीन दिने मैनबत्ती बनाउने तालिम सकिएको छ ।

महिलालाई आर्थिक आर्जन, स्वआर्जन र उद्यमशील बनाउन “सिप सिकौं, आत्मर्भिर बनौं” भन्ने मूल नाराका साथ विरौटाचोकस्थित घले हस्तकला प्रशिक्षण केन्द्रमा आयोजना गरिएको तालिममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा स्वस्तिक हस्तकला बगरका प्रशिक्षक रत्न कुमारी शाक्य तथा लक्ष्मी गुरुङले प्रशिक्षण दिएको कास्की हस्तकला संघ तथा स्वस्तिक हस्तकला उद्योगका प्रमुख सीता गुरुङले जानकारी दिईन् ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि वडा नं १७ का अध्यक्ष राधीका शाहीले महिलालाई आत्मनिर्भर बनाउन, उद्यमशिल र स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको बताईन् । उनले भविष्यमा पनि वडाबाट महिलालाई आत्मनिर्भर बनाउने तालिमहरुलाई प्राथमिकतामा राख्ने बताईन् । अध्यक्ष शाहीले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्दै वडाको तर्फबाट उत्पादनमा जोडिनका लागि आवश्यक पर्ने औजार, मेसिन तथा कच्चा पदार्थको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

संघका अध्यक्ष सीता गुरुङले मैनबत्ती बनाउने तालिममा लगनशिल भएर दिदीहिनीले सीप आर्जन गरेको र अब त्यसलाई व्यवहारमा उतार्न सुझाव दिईन् । यो ठाउँ पर्यटकीय राजधानी पनि भएकोले यो क्षेत्रमा यस्ता मैन बत्तीको बजारिकरणको संभावना प्रचुर रहेको बताईन् । उनले उत्पादनमा लाग्न आग्रह गर्दै आवश्यक प्राविधिक सहयोगको लागि संघ तयार रहेको बताईन् । वडा नं १७ का वडा सदस्य विक्रम गुरुङले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै भविष्यमा पनि आफ्नो तर्फबाट सहयोगको प्रतिवद्धता व्यक्त गरे ।

संघकी संस्थापक अध्यक्ष हिरा भट्टराइले ७ जनाबाट सुरु गरिएको संघको १६ वर्षको यात्रामा हाल ५० जना उद्यमी जोडिएको बताईन् । हालै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएकी भट्टराइले महिला उद्यमशिल बनाउन सहयोग रहने बताईन् । प्रशिक्षक लक्ष्मी गुरुङले तीन दिनको तालिम फलदायी भएको बताउँदै, तालिम प्राप्त महिलाहरु आगामी दिनमा उद्यमी बनेर आउनेमा शंका नभएको बताईन् । घले हस्तकला केन्द्रकी प्रमुख ऋतु घलेले आगामी दिनहरुमा पनि यस्ता तालिमको लागि दिदिबिहनीहरु जगरुक हुनुपर्ने बताईन् ।

कार्यक्रममा तालिम अवधिभरी लगनशलि, मेहनत र अनुशासनमा रहेर सीप सिकेका ज्योती गुरुङ, लक्ष्मी सुवेदी, सविता गुरुङ, मीना तुलाचन र सुस्मा गुरुङलाई उपहार प्रदान गरिएको थियो । संघकी सचिव पम्फा थापाले संचालन गरेको कार्यक्रको अध्यक्षता संघकी अध्यक्ष सीता गुरुङले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।