कोरोना महामारीको रुपमा फैलिएको पनि साढे एक वर्ष पुगि सक्यो। कोरोना भाइरस चीनमा पहिलो पटक ३१ डिसेम्बर, २०१९ मा देखिएता पनि यसको उत्पत्ति कसरी भयो भन्ने कुरामा अझै स्पष्टता छैन। नेपालमा भने जनवरी १३,सन् २०२० गतेका दिन पहिलो कोरोना संक्रमण देखिएको थियो जुन अहिलेसम्म ७१०,५०९ संक्रमित भइ सकेका छन् भने १० हजार बढि कोरोना संक्रमितको मृत्यु भैसकेको छ। कोरोनाको खोप पाउनेको संख्या ६३,७२,३५८ रहेको छ। ५० वर्ष भन्दा कम उमेर समुहका जनताले अझै पनि खोप पाउनै बाकी नै छ।
कोरोना संक्रमण बढे लगत्तै नेपालमा पनि २ पटकसम्म लकडाउन गरियो जहाँ असंख्य जनताहरुको रोजगारी, व्यापार नै धरासयी बन्न पुग्योस यो पीडा अहिलेसम्म थाती नै छ। कोरोनाको पहिलो लहरसंगै दोस्रो लहर पनि खपेका नेपाली जनता अझै अन्योलमा छन् जहाँ उपचार खर्च चर्को छ। सरकारी अस्पताल कम भएकै कारणले कोरोना संक्रमित बिरामीहरुले उपचारका लागि शैय्या बिरलै पाउछन् भने निजि अस्पतालमा चर्को महशुलका कारण उपचार खर्च बेहोर्न नसकिने स्थिति छ। यस्तै समस्याबाट गुज्री रहेका नेपाली जनतालाई कुनै पनि सरकारले कोरोना विरुद्धको खोप सुनिश्चित गर्न सकेको छैन। ७ अर्ब मूल्य बराबरको खोप किनेको भनिएता पनि ११ % जनताले मात्र पुर्ण रुपमा खोप लगाएका छन्।
कोरोनाको तेस्रो लहरको पनि सुरुवात छिट्टै हुने अनुमान विभिन्न विद्वानहरुले दाबी गर्दै आइ रहेका बेला एउटै विषयले सताइ रहेको छ त्यो हो खोप ! हरेक दिन त्रासमा बाची रहेका जनतालाई अब कसले अनि कुन संयन्त्रले खोप वितरण गर्ने हो।
५० वर्ष भन्दा कम उमेरका समुहले खोप पाउने ग्यारेन्टीको दायरा पनि निकै ठूलो छ। नेपालमा कोरोना विरुद्धको खोप पाउनको लागि अनिवार्य रुपमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, सांसद, सरकारी कर्मचारी, पत्रकार/सन्चारकर्मि, शिक्षक/शिक्षिका, डाक्टर, नर्स, धनाढ्य व्यापारी, नेताका इस्टमित्र, छिमेकी र आसेपासे हुनै पर्ने रहेछ जसलाई पहुचवाला भनिन्छ। पहुच नभएका सर्वहारा जनताले भने खोप पाउने कुनै ग्यारेन्टी छैन। खोप नलगाएका भन्दा खोप लगाएकामा इम्युनिटी शक्ति बढी हुने दाबी विश्व स्वास्थ्य संगठनको रहेको छ। अब नेपाल सरकार र मन्त्रीमण्डलमा रहेकाले खोप नपाएका सर्वहारा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिनु पर्ने बेला आएको छ। म पनि एक सर्वहारा जनता हु जसको पहुँच छैन। पहिला मलाई मेरो पढाई र कमाइको एकदमै चिन्ता हुन्थ्यो भने अहिले यी भन्दा पनि ठूलो चिन्ता मेरो स्वास्थ्य र जिवनको छ। खोप नपाएकै कारणले कोरोना संक्रमण भै हालेमा मसंग उपचार गर्ने पर्याप्त रकम छैन, सरकारी सेवा सुविधा लिन पहुच छैन। १० वर्ष लामो जनयुद्ध, हजारौं सहिद अनि कैयन बेपत्ता नागरिकका बलिदानले आर्जित नेपालको संविधान २०७२ अन्तर्गत धारा ३५ मा स्वास्थ्य सेवाको हक सबै वर्ग, उमेर समुहलाई समान रुपमा हुने भनी निर्धारण गरिएको छ। तर यहाँ समान रुपमा कुनै पनि उमेर समुहले समान रुपमा स्वास्थ्य सेवा पाएका छैनन् भने कोरोना विरुद्धको खोप पाइने कुनै पनि संकेत कहिबाट पनि छैन। स्रावण महिनाको अन्तिमसम्म कोरोना विरुद्धको खोप वितरणको बारेमा सरकारबाट कुनै पनि पहल नभएमा भाद्र महिनादेखि चर्को आन्दोलन सर्वहारा जनताले गर्नेछन्।
मेरो एउटै प्रश्न छ प्रधानमन्त्री ज्यु, ५० वर्ष भन्दा कम उमेरका समुहले कहिले खोप पाउने ? ( सलिजा श्रेष्ठ’नेपाली’ बिकृति, बिसंगति र भ्रष्टाचार बिरुद्द सामाजिक अभियन्ताका रुपमा कृयाशिल एक युवा हुन् । यस लेखमा समेटिएका भाबहरु लेखकका निजी बिचार हुन् ।-सम्पादक)

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






