आईपिएल २०२० : सन्दीपमाथि दिल्लीको अन्याय !


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित




नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने यस पटकको ईण्डियन प्रिमियर लिगमा बेञ्चमा सिमित भएका छन् । विश्वकै चर्चित क्रिकेट लिग आईपिएलका यसअघीका दुई संस्करणमा खेलिसकेका लेग स्पिनर सन्दीप यस वर्ष भने बेञ्चमा मात्र सिमित भएका हुन् ।

विश्वका चर्चित लिगहरु क्यारेवियन प्रिमियर लिग, बिगबास, पाकिस्तानी प्रिमियर लिगलगायतका प्रतियोगिताहरु खेलेर अनुभवी सन्दीप आईपिएल २०२० मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका उनी दर्शक मात्र बने । जबकी उनले पहिलो पटक अनुबन्ध भएकै वर्ष आईपिएल २०१८ मा खेल्न पाएका थिए भने दोश्रो पटक समावेश भएको २०१९ को आईपिएलमा त शुरुदेखि नै खेलेका थिए ।

तर आईपिएलको तेश्रो सिजन खेलेका सन्दीप शुरुदेखि अन्तिमसम्मै प्लेईङ सेटमा अटाएनन् । दिल्ली क्यापिटल्सले लिग चरणका १४, २ प्ले अफ र फाईनल गरि कुल १७ खेल खेल्दासमेत एक खेलमापनि सन्दीपले अवसर पाएनन् ।

सन्दीप प्लेईङ ११ मा अटाउन नसक्नुको कारण उनको खेल कमजोर भएर भने होईन । एउटा खेलमा बढीमा ४ जना मात्र विदेशी खेल्न पाउने नियमका कारण उनी सँधै बेञ्चमा परेको बताईन्छ । तर यो अर्ध सत्य मात्र हो ।

सन्दीपलाई दिल्लीले पहिलोपटक २०१८ मा अनुबन्ध गरेको थियो । उनलाई दिल्लीले २० लाखमा पहिलोपटक अनुबन्ध गरेको थियो । त्यसपछि अघिल्लो वर्ष दोश्रो र अहिलेको वर्ष गरेर दुई पटक दिल्लीले सन्दीपलाई रिटेन ग¥यो । तर सन्दीपलाई दिल्लीले उनको क्षमता अनुसार सम्मान भने गरेको छैन । अन्य प्रतियोगिताहरु सिपिएल, बिगबास, पिपिएललगायतमा बारम्बार अवसर पाउने सन्दीपलाई दिल्लीले एक पटकपनि मौका नदिनू अन्याय हो । भेट्रान खेलाडीलाई आराम दिनू सामान्य मान्न सकिन्छ । तर प्रतिभावान खेलाडीलाई माकै नदिनू अन्याय नै हो । आफूलाई प्रमाणित गर्ने मौका दिईनु पर्छ । मौका दिएर पनि आफूलाई प्रमाणित गर्न नसकेको भए अर्कै कुरा हुन्थ्यो । तर एकपटकपनि मौका नदिएर प्रतियोगिता टुंग्याउनु भनेको दिल्लीमा सन्दीपको भविष्यको अन्त्य गर्नूपनि हो । र आगामी आईपिएलमा उनी दिल्लीबाट नखेल्नु नै सन्दीपका लागि बुद्धिमानी हुन्छ । किनकी जहाँ क्षमताको सम्मान हुँदैन त्यहाँ बसिरहनु क्षमतामाथि प्रश्न चिह्न लाग्नु हो । अनि भविष्य अन्धकारमा धकेल्नुपनि हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।