चट्याङ लागेर दश जनाको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८० मा प्रकाशित




उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छभने अन्य तीन जना घाइते भएका छन् ।

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ ।

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्युभएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।