देश

मन्त्री थापाद्वारा बगालेटोल सामुदायिक भवनको उद्दघाटन

पोखरा । गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पोखरा ८ मा निर्माण भएको बगालेटोल सामुदायिक भवनको उद्दघाटन गरेका छन् । सुन्दर मार्ग टोल विकास संस्थाले निर्माण गरेको सामुदायिक भवनको शनिबार एक कार्यक्रमका बीच उनले उदघाटन गरेका हुन् । मन्त्री थापाले सामुदायिक भवनको स्थापनाले सुन्दरमार्ग टोलमा बसोबास गर्नुहुने स्थानीयलाई सहजता मिल्ने विश्वास लिएका छन् । ‘सामुदायिक भवनको स्थापनाले बगालेटोल बासी स्थानीयलाई सामाजिक तथा धार्मिक कार्यक्रम गर्न सहजता मिल्ने विश्वास लिएको छु । गण्डकी प्रदेश सरकार,… पुरा पढौ

पोखराका सम्पदाको संरक्षण महानगरले गर्छ: उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदा पोखराको सम्पत्ति भएको बताउदै यसको संरक्षण गर्ने जिम्मेवारी महानगरको भएको बताएका छन् । पोखरा ३१ म रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिको २० औँ साधारणसभा तथा १० औँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै कोटहरुको संरक्षणका महानगरले ध्यान दिएको र नीति तथा कार्यक्रममा समावेश गरेको बताएका हुन । उनले पोखरालाई पर्यटकीय सहरका रुपमा विकास गदै धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गदै यस्ता कोटहरुलाई धार्मिक पर्यटकीय गतन्ब्यका… पुरा पढौ

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने

पोखरा । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने भएको छ । राष्ट्रिय सम्मेलन आयोजक समितिले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । संघ नेकपा (एमाले) को जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्र्तगतको एक महत्वपूर्ण घटक हो ।सम्मेलन भव्यताका साथ सफल पार्न गत साउन १४ गतेको भेलाले बेदबहादुर गुरुङ ९श्याम०को संयोजकत्वमा १४१ सदस्यीय सम्मेलन आयोजक समिति, पोखरा गठन गरेको छ । संयोजक गुरुङका अनुसार सम्मेलन… पुरा पढौ

महिलाहरु आर्थिक रुपमा सबल र सक्षम हुनुपर्छ:उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम नभएसम्म समाजमा स्थापित हुन कठिन हुने बताएका छन् । पोखरा महानगरमा सञ्चालित उपप्रमुखसंग महिला कार्यक्रम बारे नवनिर्वाचत महिला जनप्रतिनिधिसंगको अन्तर्रक्रियामा बोल्दै उहाँले महिलाहरु आर्थिक रुपमा अरुसंग निर्भर हुनेहुदाँ समाजमा पछाडी परेको बताउदै स्वरोजगार बन्नुपर्नेमा जोड दिए । उनले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज बन्न नसक्ने भन्दै पोखरा महानगरले उपप्रमुखसंग महिला कार्यक्रम संचालन गरेका बताए । उनका अनुसार २०७५ सालदेखि कार्यक्रम सञ्चालन… पुरा पढौ

बजारमा सिटामोलको माग उच्च

काठमाडौँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका… पुरा पढौ

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

देउखुरी । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् । सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए ।रासस पुरा पढौ

हितैसी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

हितैसी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ। सहकारीको १०औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको हो। साधारण सभाले नियमित रुपमा कारोबार गर्ने सेयर सदस्यहरुलाई बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाका अध्यक्ष शेर बहादुर कार्किको सभापतित्व एवं कास्की बचत संघका अध्यक्ष भेषराज बरालको प्रमुख आतिथ्यमा भएको साधारण सभाले बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले स्थपनाकालदेखि नै संस्थामा आवद्ध सदस्यहरुको विकास, प्रवद्र्धन र… पुरा पढौ

महानगरपालिकाद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन सुरु गरेको हो । वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो । पटक–पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरूपमा उत्रिएर संरचना हटाउन थालिएको अध्यक्ष सङ्गतले… पुरा पढौ

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए । उनका अनुसार काठमाडौँमा विगत तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन गरिएको छ । बारामा सबैभन्दा बढी एक सय १२ मिलीमिटर वर्षा भएको छ । उपत्यकामा खण्डितरूपमा कतिपय स्थानमा भारी वर्षा पनि भएको छ । सिंहदरबार, माइतीघर, पुतलीसडक, रत्नपार्क, त्रिपुरेश्वरलगायत क्षेत्रमा बढी वर्षा भएको जनाइएको छ । देशभरको वर्षा र तापक्रमको विवरण महाशाखाले… पुरा पढौ

राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिन ।रासस पुरा पढौ