देश

बन्दकर्ताले दाङमा बिहानै सवारीसाधनमा आगजनी गरे

दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेको समाचार छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन । चार/पाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरुको खोजिकाय सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : पोखरामै साइक्लिङ प्रतियोगिता पक्का

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको साइक्लिङ खेल पोखरामै हुने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङ खेलकुदका लागि सोमबार खेलस्थल व्यवस्थापन समिति सहितको टोलीले साइक्लिङ खेलका लागि पोखरा र आसपासका संभाव्य खेलस्थलको अवलोकन गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राखेप सदस्य राजेशकुमार गुरुङ, सचिव एवं प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, नेपाल साइक्लिङ संघका केन्द्रीय अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, संघका सचिव देवेन्द्र बस्नेत, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, उपाध्यक्ष अशोक चालिसेलगायतको टोलीले… पुरा पढौ

आज नेपाल बन्द

विभिन्न ४ दलले आज (मंगलबार) नेपाल बन्दको घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न ४ दलले नेपाल बन्दको घोषणा गरेका हुन् । सरकार र पार्टीबीच भएको ३ बुँदे सहमति उल्लंघन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, महँगी, राष्ट्रघाती सन्धी र सम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन् । यसअघि नै ति राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती निकाल्दै ‘भदौ ७ गते बेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा… पुरा पढौ

कोभिड–१९ : छ सय ५८ सङ्क्रमित

काठमाडौँ । कोरोना भाइरसबाट आज छ सय ५८ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार छ सय ४३ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ९६ पुगेको छ । आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ५६ जना घर फर्किएका छन् । यस अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय… पुरा पढौ

स्वतन्त्र पत्रकार संघद्वारा ३ जनालाई विशिष्ट नारी सम्मान

पोखरा, ६ भदौ । स्वतन्त्र पत्रकार संघ कास्कीले विशिष्ट नारी सम्मान तथा सञ्चार क्षेत्रमा महिला सहभागिता विषयक अन्तरक्रियासहित संघको १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सञ्चारमा क्रियाशील महिलालाई सक्षम बनाउने, प्रोत्साहन गर्ने र नारी दिवसमा महिला पत्रकार सम्मान कार्यक्रम सञ्चालन गर्दैै आएको संघले सोही शृङ्खला अन्तर्गत महिलाहरूको महान् पर्व तीजको पूर्व सन्ध्यामा तीन जना प्रतिभालाई विशेष सम्मान अर्पण गरेको हो ।यसरी सम्मानित हुनेमा पोखरा महानगरका ३३ वडामध्ये एकमात्र वडामा महिला वडाध्यक्ष निर्वाचित हुन सफल पोखरा १७ की राधिकाकुमारी… पुरा पढौ

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन

पोखरा, ६ भदौ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सोमबार मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।प्रतिवेदन ग्रहणपछि मुख्यमन्त्री पोखरेलले जुन उद्देश्यले प्रतिष्ठान गठन गरिएको हो, त्यसै अनुरुप काम भएकामा सन्तोष व्यक्त गरे । नागरिकले पाउने सेवा प्रवाहको क्षेत्रमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई आवश्यकता अनुसारका तालिम प्रदान आगामी दिनमा प्रतिष्ठानले थप मेहनत गर्न मुख्यमन्त्री पोखरेलले निर्देशन दिए । संघीयतालाई संस्थागत… पुरा पढौ

नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ४१ अङ्कले ओरालो लागेर दुई हजार ५३ दशमलव १३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ९७ दशमलब ११ मा सीमित भएको छ । कूल दुई सय २२ कम्पनीको ५२ लाख ३० हजार सात सय ६३ कित्ता शेयर रु एक अर्ब ७२ करोड ६२… पुरा पढौ

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट विनियोजन’

लुम्बिनी । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चारसय श्यया बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र आइसकेको बताएका छन । रिपोर्टस् क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमामा उनले उपत्यकाभन्दा बाहिर सात वटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताए । निकट भविष्यमा प्रतिष्ठानलाई छसय श्ययाको बनाउने गरी योजना अघि बढेको उनको भनाइ छ । दाङमा १८ वटा डायलासिस मेसिन ल्याउन सकिएको भन्दै यसको तत्काल जडानको… पुरा पढौ

पूर्व नगरप्रमुख अमानसिंह एमालेमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा—साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराएका छन । एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेका हुन । कार्यक्रममा एमालेका नेताहरुको सहभागिता थियो । यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गरेका थिए ।रासस पुरा पढौ

पशुपतिनाथको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ

काठमाडौँ । पशुपति क्षेत्रका महत्वपूर्ण चीजबीजको सङ्ग्रह गरी पशुपतिनाथ मन्दिरअघिको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ गरिएको छ । सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्दै नेपालको इतिहास, संस्कृति र सम्पदालाई विश्वमा चिनाउन यसले सहयोग गर्ने बताए । नेपालमा पर्यटन प्रवद्र्धनका लागि संस्कृति र सम्पदाको संरक्षण गरिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले नेपाल इन्भेष्टमेन्ट बैंकको रु पाँच करोड सहयोगमा सङ्ग्रहालय निर्माण भएको जानकारी दिए । विसं २०७२ वैशाख १२… पुरा पढौ