देश

निर्वाचन आयोगले माग्यो १० अर्ब ९८ करोड बढी बजेट

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अर्थमन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट माग गरेको छ । आइतबार आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । यो बजेट मन्त्रालयबाट निकासा हुन भने बाँकी छ । सरकारले आउँदो मंसीर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको थियो । त्यो घोषणा गरेसँगै आयोग तयारीमा जुटेको थियो । स्थानीय तह… पुरा पढौ

गिरीको निधनप्रति उपराष्ट्रपतिद्वारा शोक प्रकट

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन । उनले आज एक शोक सन्देश जारी गर्नुहुँदै गिरीको निधनबाट देशले एक जना समाजवादी विचारक र बौद्धिक नेता गुमाएको बताएका छन । उपराष्ट्रपतिले गिरी भौतिकरूपमा बिदा भए तापनि उनको विचार र देशका लागि पु¥याउनुभएको योगदानले सधैँ–सधैँका लागि बाँचिरहने बताएका छन । उपराष्ट्रपति पुनले दिवङ्गत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन।रासस पुरा पढौ

नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज सात दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ५८ मा सीमित भएको छ । कूल दुई सय १८ कम्पनीको ५३ लाख ३९ हजार चार कित्ता शेयर रु दुई अर्ब चार करोड ७० लाख ९३ हजार छ सय ८९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका… पुरा पढौ

बागमती प्रदेशमा कृषिमा ७० करोडको बीउ पुँजी

बागमती । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि रु ७० करोडको बीउ पुँजी विनियोजन गरेको छ । रु १० लाखदेखि एक करोडसम्मको बीउ पुँजी उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको हो । परियोजनाको लागतका आधारमा लागतको बढीमा २० प्रतिशतसम्म बीउ पुँजी दिन लागिएको छ । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार यसै महिनादेखि काम अघि बढाइँदैछ । किस्ताबन्दीमा रकम फिर्ता गर्नेगरी बीउ पुँजी दिन लागिएको हो । यसका लागि अतिरिक्त शुल्क र व्याज… पुरा पढौ

मानव अधिकारवादीको सम्झनामा समाजवादी चिन्तक प्रदीप गिरी

काठमाडौँ । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रुपमा सम्झनुहुन्छ पूर्व सभामुख एवं मानव अधिकारवादी नेता दमननाथ ढुङ्गाना । प्रखर विचारक र वक्ताका रुपमा स्थापित गिरी देशका सच्चा समाजवादी भएको उनी बताउछन । स्वतन्त्रताबाट नै समाजवादको विकास गर्न सकिन्छ भन्ने सोचबाट प्रतिबद्ध आजीवन योद्धाका रुपमा गिरी स्थापित भएका ढुङ्गानाले सम्झीए । गिरीले नेपाल मानव अधिकार सङ्गठनको संस्थापक महासचिवका रुपमासमेत काम गरेका थिए । पञ्चायतकालमा मानव अधिकारको धेरै उल्लङ्घन हुन थालेपछि… पुरा पढौ

औषधि अभाव हुँदा बिरामी समस्या

जाजरकोट । निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् । दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता छ । दुइ हप्ताअघिदेखि औषधि सकिएको भए पनि अस्पताल व्यवस्थापनले ध्यान नदिँदा आफूहरु मारमा परेको स्वास्थ्यकर्मीले बताए । दैनिक निःशुल्क र बीमा गरेबापत पाइने औषधि खोज्दै बिरामी आए पनि नहुँदा खाली पठाउनु परेको फार्मेसी शाखाले जनाएको छ । मौसमी फ्लुदेखि अन्य रोगका बिरामीका कारण केही दिनदेखि अस्पताल… पुरा पढौ

नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । यसैगरी कांग्रेसले भदौ ६ गते… पुरा पढौ

बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत ः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी अध्यक्ष दाहालले उनीप्रति श्रद्धाञ्जली अपर्ण गरेका हुन । श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पु¥याएको बताए । देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिएको सांसद गिरीको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको उनको भनाइ थियो । यसैगरी पूर्वउपसभामुख पूर्णाकुमारी… पुरा पढौ

५० जिल्लामा: आजदेखि कोरोनाविरुद्धको फाइजर खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिए। बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ । विद्यालयका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । आजदेखि ११ गतेसम्म… पुरा पढौ

प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्ने

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित हुने भएको छ। संसद सचिवायका स्रोतका अनुसार आज बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने भएको हो। संसद सचिवालयका अनुसार काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो। गए राति साढे ९ बजे काँग्रेस नेता गिरिको निधन भएको थियो।भोलि बस्ने बैठकमा शोक प्रस्ताव पास हुने सचिवालयले जनाएको छ। पुरा पढौ