देश

बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक… पुरा पढौ

एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन

काठमाडौँ । आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले पनि अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् । उच्च क्षमताका प्रसारण पूर्वाधारका… पुरा पढौ

पोखरामा वर्षा, गण्डकीमा दिउँसो भारी वर्षाको संभावना

हाल, पोखरामा मध्यम खालको वर्षा भइरहेको छ । पोखरामा रातीदेखि हल्का वर्षा भएपनि हाल यहाँ मध्यमखालको वर्षा भइरहेछ । मनसुन सक्रिय रहेका कारण पोखरा लगायत देशभर सामान्य बदली भई केही ठाउँमा वर्षा भइरहेको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ । गत एक घण्टामा गण्डकी प्रदेशको घलेखर्क, माछापुच्छ«े बेस क्याम्प, लमजुङको कुन्छा र राइनासटार, गोरखाको आरुघाट र बारपाक, घारेढुंगा, म्याग्दीको मुना, लगायतको स्थानमा वर्षा भइरहेछ । एक घण्टाको वर्षा मापन रेकर्डअनुसार सबैभन्दा बढी घलेखर्कमा १३.४ मिलिलिटर पानी परेको छ । महाशाखाका अनुसार… पुरा पढौ

गोरखाका चुमनुब्री स्थानीयवासीद्वारा पुल मर्मत गरी सञ्चालन

गोरखाको चुमनुव्री गाउँपालिका–७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन् । गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ जोड्ने छुले खोलामाथिको काठे पुल बगाएपछि गाउँपालिकाको पहलमा जनप्रतिनिधि र स्थानीयवासीले मर्मत गरी सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएका छन् । ‘पुल खोलामा आएको बाढीले बगाएपछि दुई गाउँबीच सम्पर्क नै विच्छेद भएको थियो, उनले भने, ‘गाउँपालिकाले आवश्यक समन्वय गरेपछि जनप्रतिनिधि तथा स्थानीयवासीले आवश्यक सामग्री जुटाएर पुनः मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् ।’… पुरा पढौ

नेकपा (एस) द्वारा आगामी मङ्सिर ४ गते हुने निर्वाचनको स्वागत

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति सरकारले घोषणा गरेकामा त्यसको स्वागत गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको उक्त बैठकले निर्वाचनको मिति घोषणा गरेकामा सरकारलाई धन्यवाद व्यक्त गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । देशभर निर्वाचनको प्रचार गर्न पार्टीका सबै सङ्गठनलाई बैठकले निर्देशन दिएको छ । सम्पूर्ण नागरिकलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मङ्सिर ४ गते… पुरा पढौ

निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाण्डौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ । तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको आयोगले आज स्पष्ट गरेको छ । आयोगका पदाधिकारीले गत असार २२ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वर्तमान सांसद्हरु निर्वाचित भएको मितिका आधारमा आउँदो मङ्सिर २१ गते उनीहरुको कार्यकाल सकिने भएकाले सो अगाडि मङ्सिर ४ गते निर्वाचन गर्न उपर्युक्त हुने परामर्श दिएको… पुरा पढौ

७६० मा कोरोना सङ्क्रमण , ३२४ सङ्क्रमणमुक्त

काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ८८ हजार आठ सय २१ र एन्टिजेनविधिबाट गरिएको परीक्षणमा एक लाख ४३ हजार सात सय ९२ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ३२४ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या… पुरा पढौ

निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ : उपाध्यक्ष नेम्वाङ

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुुनपर्छ ।” हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उनले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । लोकप्रिय मतका आधारमा गत स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको… पुरा पढौ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते

काठमाण्डौं । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए । पुरा पढौ

चार वटा कृषक समूहलाई २० लाख अनुदान वितरण, ‘गुरुङलाई‘ सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मान

पोखरा, १९ साउन । पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा शाखा द्धारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो अनुदान वितरण गरेका हुन् । अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा १८, लगनशील बाख्रा पालन कृषक… पुरा पढौ