देश

सरकारी जग्गा ‘लिज’मा दिन नयाँ प्रबन्ध

काठमाडौँ । सरकारले सरकारी स्वामित्वमा रहेका जग्गा ४० वर्षसम्म लिज ९भाडा०मा उपलब्ध गराउन सक्ने नयाँ कानुनी प्रबन्ध गरेको छ । राजपत्रका सूचना प्रकाशित गरेर ‘ सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९’ जारी गर्दै विभिन्न चार तहमा त्यस्तो जग्गा उपलब्ध गराउन लागिएको हो । कार्यनीतिअनुसार विदेशी कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घका निकाय, नेपाल पक्ष रहेका अन्तर सरकारी सङ्गठन, प्रदेश सरकार वा स्थानीय तहअन्तर्गत स्थापना भएका विश्वविद्यालय, बोर्ड समिति वा अन्य स्वायत्त संस्था, प्रचलित कानुनबमोजिम नेपाल… पुरा पढौ

राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन । राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् । उनले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि आज राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । नेपालको संविधानबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको हो । पुरा पढौ

नागरिक विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक फिर्ताको प्रस्ताव पेस गर्नुभएको थियो भने सो प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरुले फिर्ता नलिन आग्रह गर्दै छलफलमा भाग लिएक छ । दुई वर्षअघि प्रतिनिधिसभामा उत्पत्ति भई विचाराधीन रहेको विधेयक फिर्ताको प्रस्तावको विरोधमा सूचना प्रस्तुत गर्दै नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने संवैधानिक व्यवस्थालाई पालना गर्न छिटो विधेयक पारित गर्नुपर्नेमा संसदीय समितिमा… पुरा पढौ

बागलुङका सत्ताइस वडा उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाका २७ वडा मनसुनजन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छन् । जिल्लाभर रहेका दश स्थानीय तहका ८५ वडामध्ये २७ वडा उच्च जोखिममा रहेको पाइएको हो । जिल्ला विपत्् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुन मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सूचीकृत गर्दै २७ वडालाई उच्च जोखिममा राखेर सतर्कता अपनाउन भनेको छ । विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, सङ्कटासन्नता पहिचान, निकायगत भुमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङजस्ता प्रकोपबाट स्थानीय तहका वडामा पर्ने उच्च जोखिम,… पुरा पढौ

खप्तडको विकास र प्रचारका लागि नौबुँदे प्रतिबद्धता

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौबुँदे प्रतिबद्धता जारी गरिएको छ । आज खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य सङ्घ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, खप्तड बाबाको समाधिस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, होमस्टेको व्यवस्था गर्ने र मध्यवर्ती क्षेत्रका मानिसलाई होमस्टेसम्बन्धी तालिम दिने, ध्यान केन्द्रित… पुरा पढौ

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४।७० अङ्कले ओरालो लागेर एक हजार ९९२।६२ मा ओर्लेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक ५।६० अङ्कले ओरालो लागेर ३७९।८९ मा सीमित भएको छ । कूल २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर रु एक अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ मूल्यमा खरिद बिक्री भए ।शुक्रबारको… पुरा पढौ

सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण

वीरगञ्ज । सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो ।सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको थिएन । तर जेठमा तीन जनामा सङ्क्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा सङ्क्रमण देखिएको डेस्क इञ्चार्ज डा अनिसा महतोले जानकारी दिए… पुरा पढौ

चराले सफा गर्ने निस्कोट बराह ताल

गलेश्वर । गाउँको शिरानमा जङ्गल । जङ्गलको नजिकै छ एउटा सुन्दर पोखरी ताल । प्राकृतिकरुपमा बनेको यो तालको भूबनोट नै अचम्मैको छ । यहाँबाट क्षितिज ९आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ० मा देखिन्छ हिमाल । गाउँको शिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन् ।यो तालको नाम बराहताल हो । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ नम्बर वडामा पर्ने सुन्दर निस्कोट गाउँमा पुग्ने जो कोही… पुरा पढौ

झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

झापा । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ ।उनले दैनिक हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आउनुभएका सोही रोगका संक्रमितहरुलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउँदै आएको जानकारीदिए । उनका अनुसार सोही क्रिम घाउमा लगाएको दुईदेखि तीन दिनभित्रमा निको हुने गरेको छ । उनले स्थानीय मेडिकलहरुमा एन्टिभाइरल क्रिम किन्न आउनेको भीड लाग्ने गरेको बताए । विगत सात वर्षदेखि औषधि पसल… पुरा पढौ

भोकमरीबाट बच्न वैकल्पिक खेती

काठमाडौँ । रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ । दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ । सो जनसङ्ख्या विश्वको जनसङ्ख्याको तुलनामा झन्डै ११ प्रतिशत हुन आउँछ । वल्र्डओमिटरका अनुसार आज विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोड ९१ लाख २४ हजार रहेको छ । विश्वका ८२ देशका ३४ करोड ५० लाख जनता खाद्यान्न सङ्कटमा परेको विश्व खाद्य सङ्गठनले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ । पछिल्लोपटक विभिन्न प्रकारका… पुरा पढौ