देश

सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताएका छन् । डेमोक्रेटिक लयर्स एशोसिएशन झापाको आज चन्द्रगढीमा आयोजना गरेको ‘मुलुकको समसामयिक परिस्थिति’ विषयक अन्तरक्रियामा महामन्त्री शर्माले भने, “राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने हो, सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरताका कारण विदेशी हस्तक्षेप बढ्ने गरेको छ ।” उनले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो रहेको औँल्याए । आन्तरिक आम्दानीले मात्र मुलुकमा विकासका… पुरा पढौ

नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० दशमलव २७ अङ्कले उकालो लागेर दुई हजार एक सय २३ दशमलव ८२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १० अङ्कले उकालो लागेर चार सय ९ दशमलव ५५ मा पुगेको छ । कुल दुई सय १९ कम्पनीको ६१ लाख छ हजार पाँच… पुरा पढौ

थप पाँच सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ४० जनाले पिसीआर र एक हजार सात सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा चार सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७२ हजार चार सय ९७ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर… पुरा पढौ

प्रतिनिधिसभा : ‘न्याय प्रणाली सुधारका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामबहादुर विष्टले महाअभियोग अतिजरुरी र आवश्यकता भएको तर सदनमा छलफल गर्न ढिला भएको बताए । जबरा प्रधानन्यायाधीश हुँदा संविधानविपरीत कार्य गरेको भन्ने कुरा पूर्वप्रधानन्यायाधीशहरु, बारलगायत आन्दोलित भएको उल्लेख गर्दै सांसद विष्टले उक्त प्रस्ताव न्याय प्रणालीको सुधारका लागि भएको बताए । सांसद रङ्गमती शाहीले न्यायालयभित्र स्वच्छ वातावरण निर्माण गर्न नसकेकाले महाअभियोग प्रसताव आएको र प्रस्ताव सही भएको प्रतिक्रिया दिए । सांसद प्रेम सुवालले जनताको न्याय… पुरा पढौ

खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

पोखरा २२, साउन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक श्रोत व्यबस्थापन कलेजको आइतबार पोखरा १९ स्थित पुरुञ्चौरमा आयोजित बिदाई कार्यक्रममा बोल्दै मन्त्री बरालले गण्डकी प्रदेशमा ४ अर्ब बराबरको खाद्य सामग्री आयात हुने गरेको भन्दै त्यसलाई रोक्न कृषि क्रान्ति आवश्यक भएको बताएका हुन् । पछिल्लो समयमा युवाहरुमा कृषि प्रतिको आकषर्ण घट्दो रुपमा रहेको मन्त्री बरालले बताए ।… पुरा पढौ

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेतमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य गरी २५ उजुरी परेका छन् । यसैगरी आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४, हेटौडामा ८५, इटहरीमा ९४ र आयोगको… पुरा पढौ

घरभाडा सरोकार समितिको रक्तदान कार्यक्रम भोलि केदारेश्वर मन्दिर परिसरमा हुने

पोखरा, साउन २२ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीको रक्तदान कार्यक्रम भोलि सोमबार पोखरामा हुँदैछ । समितिको आयोजनामा सोमबार पोखराको केदारेश्वर महादेव मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम हुने भएको हो । मन्दिरको मुख्य प्रवेश द्वार नजिकै हुने रक्तदान कार्यक्रम विहान ७ः३० बजेबाट शुरु हुने समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए । सोमबार बोलबममा आउने भक्तहरुसमेत सहभागि हुन सकुन् भनेर मन्दिर परिसरमै रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । पोखरासहित देशैभर रगतको अभाव भएको जानकारी आएकाले आफूहरुले रक्तदान कार्यक्रम राखेको उनले जानकारी… पुरा पढौ

एक हप्तामा १७ हजार सवारी चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चालक छन् । यही साउन १५ देखि २१ गतेसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या एक हजार ७४ छ । ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने सवारी चालकको वर्गीकरण गर्दै सूची बनाउने… पुरा पढौ

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेल र बास्तोलालाई प्रदान गरिने

पोखरा, साउन २२ । नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७८ का लागि रवीन्द्र बास्तोलालाई पुरस्कृत गरिने भएको हो । गंगाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पगेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य रहेका थिए… पुरा पढौ

प्रतिनिधिसभाः दर्ता भएको पाँच महिनापछि महाअभियोगमा छलफल सुरु

काठमाडौँ । प्रतिनिधिसभामा पाँच महिनाअघि दर्ता भएको सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु भएको छ । गत फागुन १ गते प्रतिनिधिसभाका ९८ जना सांसदले प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । नेकपामाओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले दर्ता गरेका सो महाअभियोगको प्रस्तावमाथि छलफल नगराएको भन्दै आलोचना भएको थियो । महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्वित छन ।प्रतिनिधिसभाको आजको बैठकमा सांसद खगराज अधिकारीले प्रतिनिधिसभा नियमावलीमा प्रतिनिधिसभा नबस्दा सभामुखले महाअभियोगको प्रस्ताव सात दिनभित्र बैठक बोलाउने र… पुरा पढौ