देश

अब सवारी अनुमति पत्र तीन दिनमै !

काठमाडौँ । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ रु यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक इमर्जेन्सी रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने… पुरा पढौ

इञ्जिनीयरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ ः मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन । लोकस, पुल्चोक क्याम्पसद्वारा आज आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी मेलाका लागि विषयवस्तु विमोचन कार्यक्रममा मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणको निमित्त इञ्जिनीयरिङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । मन्त्री कार्कीले इञ्जिनीयरिङ क्षेत्रमा आवश्यक पर्दा सरकार सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे । इञ्जिनीयरिङ विषय अध्ययरत विद्यार्थीले नेपाली समाज र देशको समस्या एवं आवश्यकतालाई मध्यनजर गरी रचनात्मक नवीनतामार्फत जनजीवनलाई सहज… पुरा पढौ

उपाध्यक्ष पोखरेलद्वारा पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी घोषणा

पोखरा, साउन २२ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेलले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । नीजि क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन आगामी भदौ २५ र २६ गते पोखरामा हुँदैछ । अध्यक्षमा बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतीले पनि दाबी गर्दै आएका छन् । यद्यपी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेल वर्तमान उद्योगतर्फका उपाध्यक्ष हुन् भने यसअघि उनी सदस्य, उपमहासचिव… पुरा पढौ

नौ मतदानस्थल स्थानान्तरण

चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता तीन घण्टासम्म हिँडेर आउनुपर्ने भएकाले केन्द्र विभाजन गरी थप गर्ने निर्णय गरिएको हो । उनका अनुसार दुई… पुरा पढौ

बेतन कर्णाली आयोजनाबाट ३८४ परिवार प्रभावित हुने

कर्णाली । निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना ९४३९ मेगावाट०बाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवद्र्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् । आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी गरिएको आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले जानकारी दिए ।… पुरा पढौ

सदनमा विभिन्न प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेका छन । प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले उक्त विधेकमाथि नौ समूहका १३ जना सांसदले प्रस्तावनासहित २४ दफामा ३९ संशोधन प्रस्ताव राखेका सुवेदीले जानकारी दिए । समितिका नौवटा बैठकमा छलफल गरी सर्वसम्मतरुपमा उक्त प्रतिवेदन तयार पारी सदनमा पेश गरिएको पनि उनले जानकारी दिए । उक्त विधेयकमाथि कार्यदल गठन गरीसमेत छलफल भएको थियो । यस्तै सदनमा प्रधानमन्त्री… पुरा पढौ

प्रतिनिधिसभा विशेष समयः ‘नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा’

काठमाडौँ । भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गरेका हुन । सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ घटेर आए पनि उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको बताए । उनले तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिन र सरकार भएको अनुभूति… पुरा पढौ

वातावरण र गाउँठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन । आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षरोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउनुपर्ने बताए । उक्त कार्यक्रममा मन्त्री यादवसहित वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंह लगायतले वृक्षरोपण गरेका मन्त्री यादवका प्रेस संयोजक विमलबहादुर विष्टले जानकारी दिए ।रासस पुरा पढौ

पिपुल्स पावरले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्दै

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपिओ० बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका २४ लाख ६७ हजार चारसय कित्ता अर्थात् दुई प्रतिशत कम्पनीका कर्मचारीलाई र एक लाख २३ हजार ३७० कित्ता अर्थात पाँच प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ९४ हजार छसय ८२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन… पुरा पढौ

वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

काठमाडौँ । सांसदहरुले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरुको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको, विभिन्न रोगको सङ्क्रमण बढेको, उपत्यकामा फोहर व्यवस्थापन हुन नसकेकोलगायतका विषयमा धारणा राखेका छन् । सांसद लक्ष्मी परियारले उदयपुरमा कोसी पुरानै धारमा फर्कंदा दुई हजार ५०० भन्दाबढी परिवार स्थिापित हुने अवस्था आएको बताए । सांसद लालप्रसाद साँवा लिम्बूले झापाका ठूला नदीले धेरै घरपरिवार विस्थापित गरेको र साना खोलाले कृषियोग्य जमिन कटान गरेकाले नागरिकलाई… पुरा पढौ