देश

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो ।बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको… पुरा पढौ

कर्मचारीलाई तहगत रुपमा लैजाँदा समानता कायम हुनेछ ; मन्त्री श्रेष्ठ

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीय निजामति ऐनमा सबै कर्मचारीलाई तहगतरुपमा लैजाँदा कर्मचारीबीचमा समानता कायम हुने बताएका छन ।राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले ‘ब्याच प्रमोसन’ गर्दा कर्मचारीको मनोबल उच्च हुने उल्लेख गरे। स्थानीय र प्रदेशमा तथा सङ्घको पनि स्वास्थ्य सेवामा तह व्यवस्था रहेको छ । कतिमा तहगत र कतिमा श्रेणीगत व्यवस्था भएकाले एउटै र समान बनाउन लागिएको उनले बताए। सङ्घीय निजामति कर्मचारी ऐन पारित हुँदा कर्मचारीको मनोबल बढ्ने र प्रशासनमा भ्रष्टाचार… पुरा पढौ

भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै

दार्चुला । जिल्लाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो । पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले यहाँ पुगेर अवस्थाबारे अध्ययन गरेका हुन। भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्चुला र बझाङमा बढी जोखिम रहेको हुनसक्ने अनुमानका आधारमा उनीहरुले यहाँको अवस्थाबारे अध्ययन थालेका छन् ।पश्चिम नेपालमा ५१७ वर्षयता ठूलो भूकम्प गएको… पुरा पढौ

छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट

तनहुँ । तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ ।‘लैङ्गीक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो ।छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायतका सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिए । नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह… पुरा पढौ

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ।आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपिओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी १६ लाख ७२ हजार ७९४… पुरा पढौ

अखिल क्रान्तिकारीका ८ जनामाथि कारबाही

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका ८ जनामाथि अनिश्चितकालका लागि कारबाही चलाएको छ। क्रान्तिकारीका नेता पवन कार्कीसहित ८ जनालाई अनिश्चितकालका लागि निलम्बन गरिएको हो। अखिल क्रान्तिकारीको तेस्रो पूर्ण बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै अनिश्चितकालका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ। निलम्बन पर्नेमा कार्की सहित वसन्ता भण्डारी, बालकुमार केसी, उपदेश यादव, रविन बस्नेत, पदम नेपाली, समीर बुढाथोकी र संजिव चौधरी छन्। गत जेठ ५ गते संगठनको केन्द्रीय समिति बैठकमा होहल्ला गर्दै तोडफोड गरेर घाइते बनाएकाले कार्कीसहित ८ जनालाई निलम्बन गरिएको हो।… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी)को प्रथम केन्द्रीय परिषद् बैठक आज बस्दै

नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज (सोमबार) काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। उक्त बैठकमा पार्टीको देशभर भएका सांगठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिएका छन्। त्यसैगरी, पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ। मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी सो… पुरा पढौ

मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा

काठमाडौँ । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने आज जनाएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ ।सोताङ अर्गानिक फार्म प्रालि सञ्चालनमार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पु¥याउएको योगदानस्वरूप उनलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले आज पत्रकार… पुरा पढौ

मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत ; मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताएका छन ।प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै उनले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले लोकतान्त्रिक सरकारले जनताको चासो र हितमा सदैव गम्भीर रहन्छ भन्ने पक्षलाई ध्यान दिएको स्पष्ट गरे । उनले आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु १९९ बाट रु २० र डिजेलमा प्रतिलिटर रु १९२ बाट रु… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडाँै । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताको टिप्पणी छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४।९२ अङ्कले उकालो लागेर एक हजार ९५६।९८ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १७।९३ मा पुगेको छ ।कूल २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर रु दुई अर्ब १९ करोड ६१ लाख… पुरा पढौ