देश

मेयरका उम्मेदवार आचार्य भन्छन् : रिङरोडदेखि बाइपास रोडसम्म, फेवातालमा मिसाइएको ढल अन्यत्रै बिसर्जनदेखि सौन्दर्यकरणसम्म गर्छौं

गठबन्धनको घोषणा पत्रमा झण्डै तीन दशकदेखि अघि बढेको पोखरा रिङरोडको योजनालाईसमेत प्राथमिकतामा राखिएको छ । मेयरका उम्मेदवार आचार्यले रिङरोडको सम्भावित अध्ययन गर्ने बताए । रिङरोडको लागि पोखरा उपत्यका नगरविकास समितिले गरेको अध्ययन अनुसार ८४ किलोमिटर रिङरोड बन्ने सम्भाव्य अध्ययनले देखाएको छ । उनले रिङरोडलाई मध्यपहाडी लोकमार्ग र सिद्धार्थ राजमार्गसँग जोड्दै बाईपासको रुपमा प्रयोग गर्न सकिनेगरी बनाइने बताए । बाईपास रोडले पोखरा बजारभित्र सवारी साधनको चाप घटाउन मद्धत पुग्ने उनको भनाई छ । गठबन्धनको घोषणापत्रमा फेवाताल सौन्दर्यकरण गर्नुका साथै फेवातालमा मिसिने… पुरा पढौ

पोखरेलीको वर्षौंदेखिको बसपार्क बनाउने सपना साकार पार्छौं : गठबन्धनका उम्मेदवार आचार्य

पाँचदलीय गठबन्धनका उम्मेदवार धनराज आचार्यले पोखरेलीको पोखरा बसपार्क बनाउने योजना साकार पार्ने बताएका छन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका आचार्यले शनिबार गठबन्धनको तर्फबाट सार्वजनिक गरेको घोषणा पत्रमा दुई वटा बसपार्क बनाउने योजना समावेश छ । पोखरा पृथ्वीचोकस्थित बसपार्कलाई सिटी बसपार्क र लेखनाथ क्षेत्रमा प्रदेश स्तरीय बसपार्क बनाउने योजना आचार्यले सुनाए । आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बताए । त्यसका लागि पूर्वाधार निर्माणदेखि संघ सरकारसँग आग्रह गर्नेसम्मका योजना सुनाए । त्यस्तै उनले पोखरा… पुरा पढौ

पाँचदलीय गठबन्धनको घोषणा पत्र : फेवा टु बेगनास मेट्रो चलाउने

पाँचदलीय गठबन्धनले ‘फेवा टु बेगनास मेट्रो’ चलाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । पाँचदलीय गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले शनिबार सार्वजनिक गरेको घोषणा पत्रमा फेवातालदेखि बेगनास तालसम्म ‘फेवा टु बेगनास मेट्रो’ चलाउने उल्लेख छ । ‘पोखरा महानगर पाँचदलीय गठबन्धन सरकार ,विकास हामी सबैको अधिकार’ भन्ने नारा दिएर बनाइएको घोषणा पत्रमा फेवा टु बेगनासको १० किलोमिटर क्षेत्रमा मेट्रो चलाउन ‘आफ्नो गाउँ, आफ्नो शहर, आफैं बनाऔं’ भन्ने अभियान अगाडि सारेर मेट्रो चलाउने जनाइएको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा… पुरा पढौ

कांग्रेसले गठबन्धनको मर्म नबुझेको माओवादी पोखरा महानगर कमिटीको आरोप

पोखरा, बैशाख १५ नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले कांग्रेसले गठबन्धनको मर्म नबुझ्दा सहमति हुन नसकेको आरोप लगाएको छ । महानगर कमिटीका अध्यक्ष हरिनारायण गिरीले विहीबार विज्ञप्ती जारी गर्दै कांग्रेसले गठबन्धनको मूल मर्मविपरीत एक्लै लड्ने गरी ३३ वटै वडामा कांग्रेसले उम्मेदवार उठाएकाले शंका उत्पन्न गराएको बताएका हुन् । उनले कांग्रेसका कारण आफूहरुले पनि सबै ठाउँमा मनोनयन गरेपनि मनोनयन फिर्ता गर्ने समयसीमा भित्रै सहमतिमा पुग्न सबै दलहरुलाई आग्रह गरेका छन् । ‘उम्मेदवारको मनोनयन फिर्ता लिने बेलासम्म छिटोभन्दा छिटो निर्णयमा पुग्न गठबन्धनमा… पुरा पढौ

जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरको आवश्यकता स् महामन्त्री थापा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरपालिकाको लागि आवश्यक भएको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिहंको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा आज उनले काठमाडौँभित्रको देखिएको व्यथिति अन्त्यका लागि महानगरको प्रमुखमा सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिए । काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्दै गर्दा सिर्जना सिंहले ठूलो सपना नदेखेको भन्दै सार्वजनिक बसमा देखिएका भीडभाड कम गर्न फुटपातको व्यवस्थापन गर्न र फोहरको सही व्यवस्थापनजस्ता साना कुरा मात्रै गरेपनि काठमाडौँका जनताले राहत… पुरा पढौ

पोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागतःआन्तरिक पर्यटकको आश

कास्की । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए । तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो र सबैतिर बन्दाबन्दी भयो । यो महामारीले विश्वलाई नै असर ग¥यो र सबै क्षेत्र तहसनहस भए भने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । यस क्षेत्रमा लगानी गरेका… पुरा पढौ

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

कास्की । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको अध्यक्षमा कविता श्रेष्ठ निर्वाचित भएका छनु । बुधबार पोखरामा सम्पन्न समुहको छैठौं अधिवेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हो । प्रेस काउन्सिलका सदस्य तथा सञ्चारिका समुह कास्कीका संस्थापक अध्यक्ष दुर्गा भण्डारी,नेपाल वार एशोसियसनका केन्द्रिय सदस्य विनिता नेपाली लगाएत निर्वाचन मण्डलले घोषणा गरेको समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला , महासचिवमा अनिशा श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा उमा आले मगर र सचिवमा कविता घर्तीमगर निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा शोभा… पुरा पढौ

बाइस जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

काठमाण्डौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म छपाई भएका मतपत्र २२ जिल्लामा पठाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भई वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको छ । आज सुदूरपश्चिम प्रदेशका कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ… पुरा पढौ

नेकपाका सचिवालय सदस्यद्वय ओली र बाँस्तोला पदमुक्त

काठमाण्डौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विरोधी गतिविधि गरेको भन्दै सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई पदमुक्त गरेको छ । पार्टी महासचिव चन्दले आज विज्ञप्ति जारी गर्दै सचिवालय सदस्यद्वय वली र बाँस्तोलालाई अनिश्चितकालका लागि पदमुक्त गरिएको जानकारी दिए । नेताद्वयको गतिविधिका कारण उनीहरुलाई पदमुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको महासचिव चन्दले जनाए । नेकपाका कतिपय नेता, कार्यकर्ताले पार्टीको निर्देशनबमोजिम आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि सचिवालय सदस्य बाँस्तोलाले उम्मेदवारी तत्काल फिर्ता लिन चेतावनीसहितको वक्तव्य जारी गरेपछि पाटीभित्र… पुरा पढौ

वागी उम्मेदवारी फिर्ता गराउने पाँच दलीय गठबन्धनको निर्णय

काठमाण्डौं । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न आ–आफ्ना दलका निकायहरुलाई निर्देशन दिने निर्णय गरिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पाँच दलीय गठबन्धनको बैठकले विभिन्न सात बुँदासहितका निर्णय गरेको संयुक्त रुपमा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकले छ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धनभित्रका दलका तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्न निर्देशन दिने निर्णय भएको छ… पुरा पढौ