देश

अवैध गतिविधि नियन्त्रणमा कास्की प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल पुर्‍याउनेविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ प्रभावकारी देखिएको छ । उक्त अप्रेरसका क्रममा हालसम्म २०६ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको कार्यालयले जनाएको छ । यस्तै गत सोमबार राति बगर, टुँडिखेल, तेस्रापट्टि, बागलुङ बसपार्क, हरिचोक, बाटुलेचौर, लामाचौरलगायत क्षेत्रमा चलाइएको उक्त अप्रेसनका क्रममा २३ जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । सोमबार पक्राउ परेकामध्ये सात जनालाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान… पुरा पढौ

छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो,पर्वतारोही कृष्ण केसी सम्मानित

म्याग्दीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालको ६६ आरोहण दिवस आज विविध कार्यक्रमका साथ मनाइएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल अवस्थित धौलागिरि गाउँपालिका–४ मुदीमा पदमार्ग र घरबास प्रवर्द्धन तथा पर्वतारोही सम्मान गरेर दिवस मनाइएको हो । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए । गण्डकी प्रदेशको पर्यटन तथा उद्योग… पुरा पढौ

प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी, छलफलमा प्रधानमन्त्री नै चाहिने विपक्षीको अडान

प्रतिनिधि सभामा रहेका विपक्षी दलहरुले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान दोहोर्याएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरुले नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन र सुझावहरू राख्ने कार्यक्रम रहेकाले ती विषय सुन्न प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने तर्क गरेका हुन् । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका छन्। सांसद श्रेष्ठले यो विषय सम्पूर्ण देश र… पुरा पढौ

निर्वाचनसम्बन्धी कानुनको मस्यौदामा दलहरूसँग परामर्श, विदेशबाट मतदान र ‘नो भोट’बारे मतान्तर

सरकारले निर्वाचन आयोगमै फिर्ता पठाएको निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि राजनीतिक दलसँग परामर्श सुरु भएको छ । प्रतिनिधिसभाको निर्वाचनकपछि गठित सरकारले थप छलफलसहित पुनः पेस गर्न उक्त मस्यौदा विधेयक गत महिना आयोगमा फिर्ता पठाएको थियो । आयोगले २०८० असार १८ गते गृह मन्त्रालयसमक्ष सो विधेयक पेस गरेको थियो । विधेयक तयार पार्न नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ पुस १४ गतेको निर्णयबाट सैद्धान्तिक सहमति समेत प्राप्त भएको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विधेयकको मस्यौदाका विषयमा सङ्घीय र प्रदेश… पुरा पढौ

ट्याक्टर दुर्घटनामा परि बागलुङ र गोरखामा २ किशोरको मृत्यु

बागलुङ र गोरखामा भएका दुई छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा बुर्तिबाङतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–५ का १६ वर्षीय सुशीलकुमार विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार ट्याक्टर गोठमा खसेको थियो । फरार चालकको खोजी जारी छ । त्यस्तै निर्माण सामग्री बोकेको ट्याक्टर गोरखाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराति दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ । जिल्ला प्रहरी… पुरा पढौ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत लिलामी गरेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिृकत ज्योतिप्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ । निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा निजलाई पक्राउ गरिएको हो । ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार प्रमुख कार्यकारी अधिृकत पाण्डे ‘लोन रिकभरी कमिटी’को अध्यक्षको हैसियातमा उक्त लिलामी प्रक्रियामा सहभागी भएको अनुसन्धानबाट खुलेको… पुरा पढौ

यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्वको लागि मतदान जारी

पोखरामा जारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयन हुँदैछ। पोखरामा भेला भएका देशभरका यातायात व्यवसायीहरू महासंघको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान प्रक्रियामा सहभागि भईरहेको महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडाले जानकारी दिए । बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो । उपमहासचिव सिंखडाका अनुसार, आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।महाधिवेशनमा देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू मतदानमा सहभागि भएका छन् । मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विद्युतीय माध्यमको… पुरा पढौ

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मिति तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो । रासस पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न

पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार आयोजित प्रतियोगितामा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विभिन्न शीर्षकमा आयोजित गरिएको प्रतियोगितामा कक्षा नर्सरीबाट रियाशा अधिकारी प्रथम, इरिक परियार द्वितीय र साहस नेपाली तृतीय भएका छन् । कक्षा एलकेजीबाट इशानी बाबर प्रथम, मुन भौमिक द्वितीय र स्टेला मानन्धर तृतीय भए भने कक्षा युकेजीबाट अंशु दाहाल प्रथम, सुबासना तामाङ द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् । यसैगरी… पुरा पढौ

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित

नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले बताए । पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो । एमाले सचिव अर्याल समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । रासस पुरा पढौ