देश

धादिङमा बाटो खन्दै गरेको डोजरसहित तीन जना बेपत्ता

धादिङ । धादिङमा बाटो खन्ने क्रममा गएको पहिरोमा परि तीन जना बेपत्ता भएका छन् । बिहीबार बिहान जिल्लाको रुवी भ्याली गाउँपालिका–१ पुरुमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् । रुबिभ्याली–१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा माथिबाट खसेको पहिरोमा उनीहरु बेपत्ता भएको स्थानिय शिक्षक टेक घलले जानकारी दिए । पुरा पढौ

राष्ट्रिय सभा सदस्यको निर्वाचन सर्दैनः निर्वाचन आयोग

निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने उल्लेख गरेको छ। आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो। राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ। सातवटै प्रदेशमा कूल २ हजार २५ जना मतदाता छन्। ५३२ प्रदेश सभा सदस्य र १ हजार ४ सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार… पुरा पढौ

निर्वाचन आयोगद्वारा शुक्रबारका लागि सर्वदलिय बैठक आह्वान

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो । शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरि सकेको आयोगका प्रवक्ता शालिग्राम… पुरा पढौ

एन प्याव्सन कास्कीको स्थापना दिवसमा शिक्षाविद्सहित विभिन्न व्यक्तित्व सम्मानित

पोखरा, २८ पुष । नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजन गरी २४ औ स्थापना दिवस मनाएको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर शिक्षाविद्, विदाइ कर्मचारी तथा एन प्याव्सन कास्की अन्तर्गतका ४ विद्यालयललाई सम्मान गरेको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिए । कार्यक्रममा कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका शिक्षाविद् विकल शेरचनलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी एन प्याव्सन कास्कीमा विगत ८ वर्ष देखि निरन्तर कार्यलय सचिवको रुपमा… पुरा पढौ

सन्तोषजनक काम भएको निश्कर्ष निकाल्दै अन्नपूर्ण गाउँपालिकाको गाउँ सभा सम्पन्न

अन्नपूर्ण गाउँपालिका कास्कीको एघारौं गाउँ सभा तथा हिउदे अधिबेशन बुधवार सम्पन्न भएको छ । गाउँ सभामा चालू आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक खर्च सम्बन्धी छ्लफल भएको र गाउँसभामा अहिलेसम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल, बजेटरकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल पश्चात विभिन्न निर्णय गरिएको छ ।गाँउसभाले खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि ऐन २०७८, जलश्रोत ऐन २०७८, विनियोजन बिधियक ऐन २०७८ को पहिलो संशोधन २०७८ सर्वसम्मत रुपमा पारित गरेकोे छ ।विनियोजन बिधेयक ऐन २०७८… पुरा पढौ

प्रदेश सरकारले वार्षिक ३ जनालाई ‘गण्डकी रत्न’बाट सम्मान गर्ने, सम्मानितको हैसियत प्रदेश सांसद सरह

पोखरा, पुस २८ गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ प्रदान गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको हालै बसेको मन्त्री परिषद बैठकले वार्षिक रुपमा ३ जनालाई ‘गण्डकी रत्न’ले सम्मान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले मन्त्री परिषद बैठकले विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि २०७८ लाई स्वीकृत गरेको जानकारी दिए । सरकारले गण्डकी प्रदेश भित्र रहेर शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवालगायतका क्षेत्रमा अतुलनीय योगदान गरेर प्रदेशको गरिमा बढाउन… पुरा पढौ

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत हुने भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । “आगामी शुक्रबारदेखि अझै अर्काै मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको छ” । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश… पुरा पढौ

मेला, महोत्सव, भेला, सम्मेलनलगायत स्थगित गर्न कास्की प्रशासनको अपिल

जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिडको संक्रमण बढेको भन्दै स्थानिय स्तरमा भइरहेका मेला, महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बुधबार साँझ एक विज्ञप्ती जारी गर्दै कोभिड संक्रमण बढेकाले त्यसलाई बल पुग्ने खालका मेला, महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेका हुन् । प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘आम नागरिकको स्वास्थ्य सुरक्षा, नागरिकको दैनिक जीवनलाई सूचारु एवम् सजगताप्रति सबै आ–आफ्नो तर्फबाट जिम्मेवार बनी कोभिड–१९ को प्रतिकार्यमा सहयोग गर्न गराउनुहुन सबै राजनीतिक दल, सार्वजनिक एवम् अन्य… पुरा पढौ

एमाले कास्कीको मतदानमा ९७.५ प्रतिशत मत खस्यो

पोखरा, पुस २७ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नया नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि बुधबार भएको चुनावमा उक्त मत खसेको हो । कास्कीमा एमालेका ९१९ सदस्य थिए । जसमा ८९६ मत खसेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए । विहान ९ बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म भएको थियो । निर्वाचनले एमाले कास्कीको नया नेतृत्व चयन गर्नेछ । एमाले कास्कीको नया नेतृत्वका लागि… पुरा पढौ

प्रदेश २ राजधानी र नामका लागि पुनः मतदान हुने

जनकपुर । प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३ गते मतदान गर्ने दलहरुबीच सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए । प्रदेशको नाम र राजधानीसम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेशसभाले सभामुख सरोजकुमार… पुरा पढौ