देश

देश र जनताको हितभन्दा पार्टी बाहिर जाने छैनः अध्यक्ष ओली

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० पास गर्ने अवस्थामा नरहेको बताएका छन् । प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले देश र जनताको हितभन्दा आफ्नो पार्टीबाहिर नजाने बताएका हुन् । अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए । उनले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम… पुरा पढौ

सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु

काठमाडौ । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा नेपालका सेना नायक लगायतका तस्बिर, सैनिक ब्यान्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी विषयवस्तु समेटिएको छ । राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जगेर्ना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रदर्शनी अवलोकन गरी जानकारी लिन सकिनेछ ।… पुरा पढौ

गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : अध्यक्ष प्रचण्ड

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए । “एमसिसीकै कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ । त्यसलाई रोक्नुपर्ने अवस्था छ”, पूर्वप्रधानमन्त्रीसमेत… पुरा पढौ

रेवान पोखरा भेट्रान्स टेनिसको उपाधिका लागि गोपी र राजन भिड्ने

फागुण १३,पोखरा गोपीबहादुर भट्टराई र राजन पौडेल रेवान पोखरा भेट्रान्स टेनिस उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएका रोमाञ्चक सेमिफाइनल खेलहरुमा जित हाँसिल गर्दै राजन र गोपीले उपाधी भिडन्त निश्चित गरेका हुन् । पहिलो सेमिफाइनलमा गोपीले धरमबहादुर लामिछानेलाई ६–३, ०–६ र सुपरटाईमा १०–३ ले पराजित गरे । पहिलो सेटमा पराजित धरमले दोश्रो सेट सहज आफ्नों पक्षमा पर्दै खेलमा फर्किने कोषिश गरेपनि तेश्रो सेटमा उनले लय गुमाउन पुगेका थिए ।… पुरा पढौ

ओलीको चेतावनी : चुनाव आओस् न, गठबन्धनलाई ७ दिन नउठ्ने गरी पछार्छौं

पोखरा, फागुन १३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पाँचदलीय गठबन्धनलाई उठ्न नसक्ने गरी पछार्ने उद्घोष गरेका छन् । नेकपा एमालेको गण्डकी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलााई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘बैशाख ३० गतेमात्र आओस् न । एक झट्का हान्दा ७ दिन नउठ्ने गरी पछार्छौं ।’ एमाले अध्यक्ष ओलीले गठबन्धन नटुटेपनि आगामी चुनावमा एमालेले जित्ने दाबी गरे । एक्लाएक्लै चुनाव लड्ने त गठबन्धनमा आबद्ध दलहरुमा हुत्तीसमेत नभएको टिप्पणी गर्दै… पुरा पढौ

गणेशमान, हुमबहादुरसहित जसपाका नेताहरु एमाले फर्किए

पोखरा, फागुन १३ जनता समाजवादी पार्टी (जसपा)का कास्केली नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् । जसपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज गणेशमान गुरुङसहितका नेताहरु एमाले प्रवेश गरेका हुन् । पुराना एमाले नेता गुरुङ अशोक राईसँगै जनजाति आन्दोलनमा होमिएका थिए । पछि मधेशी जनअधिकार फोरमहुँदै जसपाका नेता बनेका गुरुङ करीब एक दशकपछि आफ्नो पुरानो पार्टी एमाले फर्किएका हुन् । गुरुङसँगै एमाले प्रवेश गर्नेहरुमा जसपा केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति ईञ्चार्ज देवीराज गुरुङ (तमु), केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति… पुरा पढौ

एमसीसीमाथि छलफलका लागि संसद् बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार ) बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ। संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको आजको बैठकको संभावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ। ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने,’ कार्यसूचीमा उल्लेख छ। पुरा पढौ

‘ए’ डिभजिन लिग : सातदोबाटोद्वारा च्यासल १–० ले पराजित

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सातदोबाटोको जितमा मार्टिन्स अजयी नायक बने । उनले खेलको सातौँ मिनेटमा गरेको एक गोल नै सातदोबाटोका लागि निर्णायक गोल सावित भयो । यस जितसँगै १३ खेलमा सातदोबोटले २१ अङ्क जोडदै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित च्यासल १३ खेलमा छ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम… पुरा पढौ

हात्तीपाइलेविरुद्धको औषधि खुवाइने तयारी

झापा । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक झापामा तयारी सुरु गरिएको छ । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौँपटक अभियान सञ्चालन हुन लागेको हो । भद्रपुर नगरपालिकामा आज पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरूकाबारे जानकारी गराउनुका साथै तयारीबारे स्पष्ट पारे । सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल… पुरा पढौ

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेट जारी

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता जारी छ । भेटमा उहाँहरुबीच संसद्को अवरोध हटाउने र एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् । यसअघि आजै प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच संसद् भवन नयाँबानेश्वरमा ‘वान… पुरा पढौ