देश

सातै प्रदेशमा कृषि गणना गरिँदै

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ । सरकारले आफ्नो स्रोत र साधनको अधिकतम परिचालन गरी कृषि गणनालाई मितव्ययी बनाएको हो । गणकले प्रत्येक किसानको घरदैलोमा पुगेर प्राप्त गरेको सूचनाका आधारमा आधिकारिक तथ्याङ्क सङ्कलन गरेका छन् । तथ्याङ्क प्राप्त गर्न मोबाइल र ट्याबलोइडको प्रयोग गरिएकाले कृषि गणना कार्यक्रम प्रभावकारी बनेको पाइएको छ । मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले गणनाबाट प्राप्त तथ्याङ्कका आधारमा कृषि क्षेत्रको… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासीले शुरु गरे आन्दोलन

सन्देश श्रेष्ठपोखरा, बैशाख २१ पोखरा बसपार्कका सुकुम्बासी आन्दोलित भएका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा अनधिकृत रुपमा बनाइएका घर, टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि विरोधमा उत्रिएका पोखरा बसपार्कका सुकुम्बासीले सोमबार प्रदर्शन गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र बुझाउन निस्केका उनीहरुले महानगर घेराउ गर्नुका साथै महानगर र सरकारबिरुद्द नारासमेत लगाए । पोखरा–८ सहिदचोकमा भेला भएका उनीहरुले वैकल्पिक व्यवस्था नगरी सार्वजनिक जग्गामा रहेका सुकुम्बासीका घर, टहरा नभत्काउन आग्रह गर्दै… पुरा पढौ

पोखरामा नाराबाजीसहित सुकुम्वासीको प्रदर्शन

पोखरा महानगरपालिकाले जारी गरेको ३५ दिने सुचना विरुद्ध पोखरामा सोमबार सुकुम्वासीले प्रदर्शन गरेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति जिल्ला समिति कास्कीको अगुवाईमा पृथ्वीचोकस्थित बसपार्कको जग्गामा बसिरहेका सुकुम्वासीले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।उनीहरुले सडकमा विरोध प्रदर्शन गर्दै ३५ दिने सूचना खारेज गर्न माग गरेका छन् । यही वैशाख ३ गते पोखरा महानगरपालिकाले सूचना जारी गर्दै अतिक्रमित जग्गा र त्यहाँ निर्मित संरचना ३५ दिनभित्र हटाउन ‘अल्टिमेटम’ दिएको थियो । उनीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

सुकुम्वासीलाई आन्दोलनको सट्टा सहजीकरण समिति बनाउन पोखराका मेयर आचार्यको सुझाव

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुम्वासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार बनेको बताएका छन् । पोखरामा रहेका सुकुम्वासीहरूले संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेपछि मेयर आचार्यले व्यवस्थित बसोबासका लागि आन्दोलन र संघर्षका कार्यक्रम छोडेर सहयोग गर्न आग्रह गरे । उनले आन्दोलनको घोषणा गरेका उनीहरुलाई कसैको स्वार्थका लागि मानव ढालको रूपमा प्रयोग नहुन र अनावश्यक उत्तेजनामा नआउन आग्रह गरेका हुन् ।यहाँ रहेका सुकुम्वासीको समस्या समाधानका लागि जिम्मेवार ढंगले काम गरिरहेको भन्दै उनले संघर्ष समितिको सट्टा सहजीकरण समिति गठन… पुरा पढौ

नेपाल पुलिस क्लवले जित्यो ऐतिहासिक पोखरा महिला गोल्डकपको उपाधि

सन्देश श्रेष्ठपोखरा, बैशाख २० महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजना भएको पोखरा महिला गोल्डकप प्रतियोगिताको फाइनलमा त्रिभूवन आर्मी क्लवलाई ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । १० खेलाडीमा सिमित आर्मीबिरुद्ध टाईब्रेकरमा पुगेर संघर्षपूर्ण जित निकालेको पुलिसले उपाधिसँगै नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ । उपबिजेतामै चित्त बुझाएको आर्मीले भने नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ । आईतबारको… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासी : विकल्प नदिएसम्म हट्दैनौं, जबरजस्ती गरे आईलाग्नेमाथि जाईलाग्छौं

सन्देश श्रेष्ठपोखरा, बैशाख २० पोखरा बसपार्कका सुकुम्बासीले वैकल्पिक व्यवस्था गरिदिए अहिले बसिरहेको ठाउँ खाली गर्न तयार रहेको बताएका छन् । पोखरा बसपार्कका सुकुम्बासीहरुले हालै गठन गरेको भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति जिल्ला समिति कास्कीले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले वैकल्पिक व्यवस्था गरेको खण्डमा सुकुम्बासी बस्ती खाली गर्न आफूहरु तयार रहेको बताए । तर वैकल्पिक व्यवस्था नभएसम्म भने कुनै पनि हालतमा ठाउँ खाली नगर्ने अडान उनीहरुको छ । पोखरा महानगरपालिकाले सो बसपार्क क्षेत्रमा बसेका सुकुम्बासीहरुलाई ठाउँ खाली गर्न… पुरा पढौ

दोश्रो कुमुदिनी होम्स एसईई कप-२०८३ सुरु

पोखरा, १९ वैशाख । दोश्रो ‘कुमुदिनी होम्स एसईई कप’-२०८३ सुरु भएको छ । प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख लोकनाथ आचार्यले उद्घाटन गरे । एसईई दिएर बसेका विद्यार्थीहरुलाई खेलकुद सहभागि गराउन र बढावा दिन तथा भाईचाराको विकास गराउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । विद्यालयले पढाईका साथमा अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको छ । पालिखेले भने, सम्पदा, कला, संस्कार, संस्कृति, पर्यावरण, पर्यटन र नेपाली मौलिक कुराहरुमा विद्यार्थीलाई उत्प्रेरित गर्दै आएका छौं ।… पुरा पढौ

पोखरा महिला गोल्डकपको फाइनलमा त्रिभूवन आर्मी र नेपाल पुलिस : उपाधिका लागि भोलि भिड्ने

सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरीको नेपाल पुलिस क्लव प्रतिष्पर्धामा उत्रिने भएका छन् । शनिबार भएको दोस्रो खेलमा त्रिभूवन आर्मी क्लवले संकटा क्लवलाई ४–२ गोलअन्तरले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो । यसअघि पहिलो खेलमा शुक्रबार पुलिसले आयोजक आरएस पोखरा एफसीलाई ८–० ले पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । उपाधि भिडन्त आईतबार हुने आयोजकले जनाएको छ । आरएस पोखरा फुटबल क्लवको आयोजनामा पोखरा रंगशालामा… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित  पोखराको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा

पोखरा , नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रबार देखिए । होटल स्रोतका अनुसार उनीहरू होटल परिसरमा रहेको ‘छु मी’ रेस्टुरेंटमा भोजन गर्न आएका थिए । उनिहरुको आगमनले एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको होटल स्रोतले जनाएको छ । “शुक्रबार अपराह्न हाम्रो लागि विशेष बन्यो, जहाँ हामीले पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह तथा शाही परिवारलाई… पुरा पढौ

पोखरामा तेक्वान्दो कोच तथा खेलाडीका लागि विशेष तालिम

पोखरा ।नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका कोच तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा रिफ्रेसर तालिम सम्पन्न भएको हो ।वैशाख १५ देखि १९ गते सम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा उक्त तालिम सम्पन्न भएको उक्त तालिममा पुम्सेतर्फ चौथो रेफ्री सेमिनार तथा तेस्रो रेफी रिफ्रेसर, ग्योरोगी तर्फ १२ औं रेफ्री सेमिनार र ११ औं रिफ्रेसर कोर्ष सम्पन्न भएको हो ।तालिमको… पुरा पढौ