नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ। नेपाली टोलीले आइतबारबाट एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु गरेको हो। खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि गत साताबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण रोकिएको थियो। तर, एन्फाले आइतबारबाट बन्द प्रशिक्षण सुरु भएको जनाएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० खेलाडीहरुलाई बोलाएका छन् । प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसीप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल…
पुरा पढौ