देश

राष्ट्रिय फुटबल टोलीका खेलाडी र अफिसियलले लगाए कोरोनाको भ्याक्सिन

नेपालको राष्ट्रिय फुटबल टोलीका खेलाडी र अफिसियललाई विहिबार कोरोनाको भ्याक्सिन लगाइएको छ। त्यसपछि खेलाडीलाई आफ्नो घर जानका लागि रिलिज गरिएको छ। नेपालले इराकसँगको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप र एसियन कप छनौटको दोस्रो चरणको खेल खेलेर ३ दिन अगाडी स्वदेश फर्किएको थियो। फिफा विश्वकप छनौटमा नेपालले चाइनीज ताइपेईलाई २–० ले हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग समान ३–० को हार ब्यहोरेको थियो। समुह ‘बी’ को चौथो स्थानमा रहेको नेपाली टिमले एशियन कप छनौटको तेस्रो चरणमा सिधै स्थान बनाएको छ। एएफसीले… पुरा पढौ

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोनासँगै पानीजन्य रोग फैलन सक्छ सचेत रहौं’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोको जोखिम बढेसँगै पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बाढी पहिरोबाट पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने भएकोले सबैलाई सचेत रहन आग्रह गरेको हो। मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा बाढी पहिरोको जोखिम भएका बेला जनस्वास्थ्यका समस्याहरु बढ्न सक्ने भएकाले सजग रहन आग्रह गरिएको छ। ‘बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढन सक्नेतर्फ सबै सजग हुनु जरुरी देखिन्छ। उद्धार, राहत आदि… पुरा पढौ

नागरिकको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख प्राथामिकता–मुख्यमन्त्री नेपाली

गण्डकी प्रदेशको मुख्यमन्त्री बनेपछी भर्चुवल माध्याामबाट पहिलो पटक सार्वजनिक कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशबासीको स्वास्थ्य सुरक्षा प्रमुख प्राथामिकता रहेको बताउनुभएको छ । पंतन्जली योग समिति गण्डकी प्रदेशद्वारा सातौं अन्तरास्ट्रीय योग दिवसको अवसरमा आयोजित भर्चुवल योग शिविरको उदघाटन गर्दै मुख्यमन्त्री नेपालीले कोभिड–१९ महामारी, बाढी, पहिरो लगायत विभिन्न विपदबाट नागरिकको जिउधन सुरक्षाप्रति सरकार गम्भिर रहेको बताउनुभयो ।उहांले आयुर्वेद, योग र प्राकृतिक उपचार जस्ता पुर्वीय चिकित्सा पद्वतीको प्रवर्द्धन आवश्यक रहेकोले प्रदेश सरकारले यस विषयमा अध्ययन, अध्यापन गराउने नीति लिएको जानकारी… पुरा पढौ

पलेशा टोकियो पारालिम्पक २०२० का लागि छनौट

नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन टोकियो पारालिम्पिक २०२० का लागि छनौट भएकी छिन्। नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै पलेशा जापानको टोकियो शहरमा आगामी भदौमा आयोजना हुने टोकियो पारालिम्पिक २०२० का लागि नेपालबाट छनौट भएकी जानकारी गराएको हो। पलेशा अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्रदान गर्ने कोटा प्रणाली अर्थात वाइल्ड कार्डमार्फत पारालिम्पिकमा नेपालको तर्फबाट छनौट भएकी हुन्। पलेशा विश्व तेक्वान्दो महासंघको वरियताको १३ औं स्थानमा रहेको र नोलका लागि एउटा मात्र वाइल्ड कार्ड प्रदान गर्ने भएको कारण पलेशाले… पुरा पढौ

नेपालले एशियन कपको तेस्रो चरण सिधै खेल्न पाउने

नेपालले एशियन कपको तेस्रो चरण सिधै खेल्न पाउने भएको छ। नेपाल एशियन कप फुटबलको तेस्रो तथा फाइनल राउन्डमा छनौट भएको हो। चीन र कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएसँगै समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ। फिफा विश्वकप छनोटको दोस्रो चरणका खेल सकिएसँगै एसियन कपमा छनोट हुने र प्ले –अफ खेल्ने टोलीको टुंगो लागेको हो। विश्वकप छनोट २०२२ र एसियन कप छनोट २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा… पुरा पढौ

बाढी पहिरोबाट १३ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, २७ बेपत्ता

लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोबाट १३ जिल्ला प्रभावित भएका छन्।  बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटीलगायत देशका विभन्न जिल्ला प्रभावित भएको जनाएको छ । बुधबार साँझसम्म बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आशिंक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी मनाङ र सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ। मन्त्रालयका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा २ जना, कास्की, पाल्पा, बाजुरा… पुरा पढौ

थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । उनले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही नुरुप कार्य भइरहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा… पुरा पढौ

बिपदमा तत्काल उद्धारमा जुट्न निबर्तमान सांसद भट्टराईको अपिल

पोखरा । विघटित प्रतिनिधि सभाका निबर्तमान सांसद बिद्या भट्टराई अधिकारिले बर्षा याम शुरूवात भए संगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगाएतका प्राकृतिक प्रकोपले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उद्धार र राहतका कार्यमा जुट्न सम्पुर्णमा अनुरोध गरेकी छन । भट्टराईले बुधबार सामाजिक संजालमा एक सार्बजनिक अपिल जारी गर्दै सो आग्रह गरेकी हुन । उनले अपिलमा “बर्षा याम सुरु भएपछि धेरै बस्तीहरू जोखिममा पर्छन् । अहिले सुरूकै अबस्थामा बर्षाले मनाङ र सिन्धुपाल्चोक,कास्की र स्याङ्जामा अधिकतम असर पुगेको भन्दै पिडितको उद्धार र… पुरा पढौ

फ्रेण्डस फरेभर ग्रुपद्वारा गौतम बुद्ध क्रिकेट रंगशालालाई १ लाख ८० हजार प्रदान

वेलायतमा रहेका नेपालीहरुको समुह फ्रेण्डस फरएभर गु्रपले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ लाख ८० हजार रुपैया सहयोग गरेको छ । राष्ट्र निर्माण, तपाई हाम्रो अभियान भन्ने मुल मन्त्रका साथ स्थापित फ्रेण्डस फरएभर गु्रपका सदस्य हाल हङकङमा रही पोखरा ११ निवासी गोल गुरुङको संयोजकत्सवमा संकलित उक्त रकम गु्रपका सदस्य बिरकाजी गुरुङले रंगशाला निर्माणका संयोजक तथा धुर्मुस सुन्तली फाउण्डेशनका संयोजक सिताराम कट्टेल धुर्मुसलाई उक्त रकम हस्तान्तरण गरेका हुन । वेलायतमा रहेपनि आफ्नो मातृभुमिमा आइपरेको विभिन्न विपत्तिहरुमा सहयोग… पुरा पढौ

नेलम्बो नेपालद्वारा धम्पुसमा वृक्षारोपण

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस कोभिड–१९ बाट बच्न स्वास्थ्य सामग्रीहरु विभिन्न संघसंस्थालाई वितरण गरेर चर्चामा आएको नेलम्बो नेपालले बृक्षारोपण गरेको छ । कोरोना महामारी चलेसँगै मास्क, सेनिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री वितरण गर्दै आएको नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुस डाँडासँग सहकार्य गरेर वृक्षारोपण गरेको हो । गत वर्ष ८ सय बोट विरुवा हस्तान्तरण गरेको नेलम्बो नेपालले यस वर्ष १ हजार २० वटा डाले घाँसका बिरुवाहरु, बकाइनो १५० वटा, र्राखनियो १५९ वटा, टाँकी १५० वटा, भटमास १५०… पुरा पढौ