देश

नेपाल बन्दमा ठप्प पोखरा …

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आब्हन गरेको नेपाल बन्दमा पोखरा समेत ठप्प बनेको छ। बन्दमा नेकपा (माओवादी) का दुई कार्यकर्ता पक्राउ परेका छन्। पार्टीको कास्की जिल्ला कार्यालय सचिव काजी गुरुङ र पीएन क्याम्पस विद्यार्थी नेता युवराज मगर पोखराको छोरेपाटनबाट बिहानै पक्राउ परेको कास्की जिल्ला ईञ्चार्ज उमा भुजेलले जानकारी दिएकी छन्। बन्दलाई सफल बनाउन हिँड्दा उनीहरु पक्राउ परेका हुन्। भुजेलले पक्राउ परेका पार्टीका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेकी छन्। पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक खाद्यान्नमा निरन्तर चर्को मूल्यबृद्धि गरेपछि… पुरा पढौ

चालक अनुमतिपत्रका लागि तीन सातामा चार लाखको आवेदन

काठमाण्डौं । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा… पुरा पढौ

कमीकमजोरीको बाबजुद बजेट कार्यान्वयनको विकल्प छैन : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको छ । अर्थ मन्त्रालयले आइतबार मुस्ताङमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेकोले अब छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको हो ।संघ सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यबस्थापन गर्न नसक्दा र प्रदेशले लोक सेवा आयोग ढिलो ल्याउदा कर्मचारी व्यबस्थापन गर्न कठिन भएको बताउनु भएको छ । विसम परिस्थितीमा… पुरा पढौ

मुस्ताङमा हिमपहिरो, भागदौडमा ९ जना घाइते

पोखरा । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो जाँदा भाग्ने क्रममा ९ जना घाइते भएका छन् । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो जाँदा भाग्ने क्रममा ९ जना घाइते भएका हुन् । माथिबाट हिमपहिरो खसेपछि डरले भाग्ने क्रममा थासाङ गाउँपालिका– २ को जन आर्दश माविका शिक्षक र विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । भागदौडमा ९ जना सामान्य घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । पुरा पढौ

कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताएका छन् । उनले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२औँ पुण्य तिथिमा आयोजित श्रद्वाञ्जलीसभामा नेता पौडेलले जनताको भरोसाको पार्टी बनाउन आशन्न महाधिवेशनले ठूलो भूमिका खेल्ने बताए । उनले आगामी १४औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताए । देशलाई… पुरा पढौ

युनेस्को महासभामा शिक्षामन्त्रीको सम्बोधन : महामारीमा पनि शैक्षिक निरन्तरता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औँ महासभालाई सम्बोधन गर्दै कोभिड–१९ महामारीका समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन् । मन्त्री पौडेलले महामारीका समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी गराए । महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्वका बारेमा सोच्न बाध्य बनाएको उनको भनाइ छ । शिक्षा, स्वास्थ्य, लैङ्गीक समानता र महिला सशक्तिकरणजस्ता प्रमुख क्षेत्रमा नेपालले महत्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै… पुरा पढौ

सामाजिक न्यायका पक्षमा क्रियाशील हुन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई आज सम्बोधन गर्दै उनले सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिए । अध्यक्ष नेपालले अहिले कम्युनिट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट नामका दलहरु सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाव दिए । पत्रकारले समाजमा भएका… पुरा पढौ

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी

काठमाण्डौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज आयोजना गरेको ‘क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान’ कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताए । “सत्य र न्यायका पक्षमा लड्ने वकिलबीच एकापसमा झगडा हुनु दुःखद् हो, सरकार न्यायालयभित्रको झगडामा बोल्नुपर्छ”, उनले भने । पार्टीका पूर्वसहमहामन्त्रीसमेत रहेका नेता केसीले पार्टीभित्र वैचारिक आन्दोलन आवश्यक रहेको बताउँदै पार्टी नेताले होइन, नीतिले,… पुरा पढौ

प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा काफ्ले

पोखरा । प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले चयन भएका छन्। सेन्टरको आज पोखरामा भएको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नया कार्यसमिति चयन गरेको हो। समितिको वरिष्ट उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम, कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी, खुला सचिवमा कास्कीका सुनिल पाण्डे, कास्कीका सुवास अम्गाईं, कास्कीका सविन जिसी, महिला सचिवमा कास्कीका सूशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध निर्वाचित… पुरा पढौ

बजेट थपिदिन अर्थमन्त्री शर्मालाई गण्डकी प्रदेशका मुख्यमन्त्रीको आग्रह

बजेट अभावले योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले संघ सरकारको पुन ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका बेला गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले ध्यानाकर्षण गराएका हुन् ।प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीसँग आग्रह गरे । उनले भने, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकारहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’… पुरा पढौ