देश

नेपाल सुपर लिग: पहिलो खेलमै पोखरा थन्डर्सको हार

नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले पहिलो खेलमै हार खेपेको छ। आइतबार साँझ दशरथ रंशगालामा भएको खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीसँग ०–२ गोलले पराजित बनेको हो। बुटवलका विदेशी खेलाडी अर्मान्डले खेलको ४२ औं मिनेटमा सुरुवाती गोल गरे। पहिलो हाफमा १–० गोलले अघि रहेको बुटवललाई पोखरा थन्डर्सले दोस्रो हाफमा आत्मघाती गोलको उपहार दिलायो। खेलको ७७ औं मिनेटमा पोखराका अजित भण्डारीले आफ्नै पोस्टमा बल छिराउँदा बुटवललाई फाइदा दोहोरो गोलले अगाडि बढायो। यसअघि दिनको पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीलाई… पुरा पढौ

त्रिविले तय गरेको आजको परीक्षा कायमै

सरकारले सबै शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षा तत्काल स्थगित गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालयले भने आज (सोमबार)को परीक्षा कायमै हुने जानकारी दिएको छ। बिहान ७ बजेदेखि नै परीक्षा भएकाले रोक्न सक्ने अवस्था नरहेको त्रिविले जानकारी दिएको छ। आजका लागि बीएड, बीएस्सी र बीएको परीक्षा रहेको छ। त्रिविका पदाधिकारीहरुबीच बैठक बसेर नै आजकोे परीक्षा सुचारु राख्ने निर्णय भएको हो।निषेधाज्ञा लागेमा के गर्ने र अबका परीक्षा के गर्ने भन्नेबारे आज दिउँसो बैठक बसेर निर्णय लिइने पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको… पुरा पढौ

कोभिडविरुद्ध एकताबद्ध हुन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिएका छन् । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको तेस्रो बैठकमा उनले कोभिड– १९ विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आग्रह गरे । “कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ, एक ढिक्का भएर कोभिडविरुद्ध लड्नका लागि सक्रिय रहन आग्रह गर्नुभयो”, बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले… पुरा पढौ

गोरखा महाभुकम्पको सम्झना

आज बैशाख १२ गते। सात वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभुकम्प गएको थियो। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी गोरखा महाभूकम्पको स्मृति दिवस मनाइँदैछ। यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धी, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ। कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ। ०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भुकम्प गएको थियो। सामान्य दैनिकीमा… पुरा पढौ

दर्शनार्थी चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते

खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । सप्तरीको कञ्चनरूप नगरपालिकाबाट हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बा३ख ९२८५ नंको बस आज दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको मृत्यु भएको हो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी दर्शन गरेर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना हुँदा सहचालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको… पुरा पढौ

‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’ : प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए । “इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको… पुरा पढौ

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई, नेदरल्याण्डस १४२ रनले पराजित

काठमाण्डौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२०… पुरा पढौ

ऐतिहासिक टावर धरहराको आज उद्घाटन गरिदैँ

ऐतिहासिक टावर धरहराको आज (शनिबार) विहान ११ बजे उद्घाटन गरिदैँछ। पुनर्निर्माण कार्य पूरा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आज धरहराको उद्घाटन गर्दैछन्। त्यसका लागि रंग लगाउने र सरसफाइको काम भसकेको छ। हिँजो (शुक्रबार) बेलुकासम्म रंग रोगनसँगै सफाइको काम सम्पन्न गरिसकेको छ। उद्घाटन मिति नजिकिएसँगै केही दिन यता धरहराको काम सम्पन्न गर्न त्यहाँ २४ सै घण्टा काम भइरहेको थियो। कोरोना कारण लकडाउनको समय र दशैँ तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएको थियो। २२ तला धरहरा पहिलाको… पुरा पढौ

आज वैशाख ११ गते, सुनौलो दिन अर्थात लोकतन्त्र दिवस

आज वैशाख महिनाको ११ गते अर्थात लोकतन्त्र दिवस। राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासनको अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन लोकतन्त्र दिवस। २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिकासामु आजकै दिन निरंकुश राजतन्त्र अन्त्य भएको दिन। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्र अनुसार अगाडि बढ्ने घोषणा गरेको दिनलाई हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवसका रुपमा मनाइँदै आएको छ । ज्ञानेन्द्र शाहको सोही घोषणा अनुसार पुनःस्थापित संसद्को जेठ ४… पुरा पढौ

पार्टी एकता जोगाउन खनाल–नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाण्डौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उहाँहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् । उनीहरुले पार्टी एकता जोगाउनका लागि ‘एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छन् । आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेकोसमेत उल्लेख गर्दै अपिलमा भनेका छन् “फागुन २८ गतेको भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले… पुरा पढौ