देश

सङ्क्रमण अति प्रभावित १४ जिल्लाका विद्यालय नजान अपिल

काठमाण्डौ । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज अपिल जारी गर्दै पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयलगायत भीड हुने ठाउँमा नजान आग्रह गरिएको छ । संक्रमणदर बढ्दै गएपछि मन्त्रालयलले कास्की सहित सङ्क्रमण अति प्रभावित १४ जिल्ला घोषणा गरेको हो । “ती जिल्लाका बढी… पुरा पढौ

नयाँ वर्ष २०७८ को शुभकामना

आज नयाँ वर्ष २०७८ को पहिलो महिना, वैशाखको पहिलो दिन वैशाख १ गते अर्थात नयाँ वर्षकै पहिलो दिन। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदान–प्रदान गरी मनाइँदैछ। नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक–अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ। नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ। विक्रम संवत अनुसार… पुरा पढौ

नयाँ सोचका साथ राष्ट्रिय सङ्कल्प पूरा गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नयाँ सोच र शैलीका साथ ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न एकीकृतरुपमा लाग्न आग्रह गरेका छन् । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुरुङले व्यक्तिलाई भन्दा राष्ट्रलाई बलियो बनाउने गरी द्रुतत्तर विकासका काममा सबै निकायले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । नेपाल सरकारका प्रवक्ता गुरुङले दक्षिण एशियामै नागरिक खुशी हुने सूचीमा नेपाल अग्रणी रहेको र यस वर्ष नेपाल सरकारले हासिल गरेका… पुरा पढौ

आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : नेता नेपाल

जनकपुर । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् । अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाए । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गरे । “पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ”, नेता नेपालले भने। देशमा सबैभन्दा राम्रो पार्टी… पुरा पढौ

सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्ने

काठमाण्डौं । सर्वोच्च अदालतले न्याय परिषद्द्वारा सर्वोच्च अदातलका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यता पुग्ने फैसला सुनाएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज नेपालको संविधानअनुसार न्याय सेवाको सह–सचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतले काम गरेको दुवै समयावधि जोड्दा योग्यता पुग्ने फैसला सुनाएको हो । “निजले न्याय सेवाको रा.प प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा १२ वर्षभन्दा बढी अवधिको अनुभव हासिल गरी सकेर निजको संविधानको धारा १२९ को उपधारा (५) बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुने… पुरा पढौ

विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौँ। कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताए । उनले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा प¥यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको… पुरा पढौ

काँग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, “देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न… पुरा पढौ

कोरोनाविरुद्ध सचेतना अभियान शुरु

काठमाडौँ। ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको… पुरा पढौ

नेपालमा ७५२ एक सिंगे गैँडा

नेपालमा एक सिंगे गैँडाको संख्या सात सय ५२ पुगेको छ। यही चैत महिनामा गरिएको गणनाबाट नेपालको गैँडाको संख्या आएको हो। नेपाल सरकारले आफ्नै लगानीमा चैत ९–२८ मा एकसिंगै गैँडा गणना गरेको थियो। जसमा पछिल्लो पाँच वर्षमा मात्रै १०७ वटा गैँडा बढेको देखिएको छ। जसमध्ये सबैभन्दा धेरै गैँडा चितवन राष्ट्रिय निकुञ्जमा भेटिएका छन्। पुरा पढौ

एपीएफले जित्यो मेयर वुमेन्स च्याम्पियन्सीपको उपाधि

सुदूर–पश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै विभागीय सशस्त्र प्रहरी बलको एपीएफले मेयर वुमेन्स च्याम्पियन्सीपको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको सुदूर–पश्चिम प्रदेशले १०७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उभिएको एपीएफले १८.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।एपीएफका लागि ज्योति पाण्डेले ३६, कप्तान सीता रानामगरले २७, इन्दु बर्मा १९ र ममता चौधरीले १५ रन जोडे । प्रतियोगिताको विजेता एपीएफले ३ लाख तथा उपविजेता सुदूर–पश्चिम प्रदेशले १ लाख ५० हजार रूपैयाँ हात पारेको छ। एपीएफकी… पुरा पढौ