देश

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक रहेको परराष्ट्रमन्त्री खनालको जोड

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताएका छन् । मौरिससको पोर्ट लुइसमा आजदेखि सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उनले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको उल्लेख गरे । परराष्ट्रमन्त्री खनालले मध्यपूर्वमा भइरहेको द्वन्द्वका क्रममा नेपालले एक जनाको ज्यान गुमाइसकेको र अन्य केही घाइते भएको उल्लेख गरे । “मध्यपूर्वमा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन्… पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलको ४१ औं वार्षिकोत्सव सम्पन्न, पत्रकार पौडेलसहित शिक्षक, कर्मचारी र पुर्व विद्यार्थी सम्मानित

पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोडिङ स्कुलले बिभिन्न कार्यक्रम गरी ४१ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयमा शनिबार आयोजित कार्यक्रममा विद्यालयले पोखरामा रही शिक्षा पत्रकारिताको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पत्रकार शिशिर पौडेललाई सम्मान गरेको छ । दुई दशक देखि पोखरामा रही पत्रकारितामा क्रियाशिल पौडेल सहित सोही विद्यालयमा अध्ययन गरी एमविविएसमा पुर्ण छात्रवृति प्राप्त गर्न सफल कृषा श्रेष्ठ, ईन्जिनियरिङमा छात्रवृति प्राप्त गरेका प्रसिद्ध पराजुली, बिडिएस तर्फ छात्रवृति पाएका शिव हमाललाई कार्यक्रमका बिच पोखरा महानगरपालिका वडा नंं. १ का वडाध्यक्ष… पुरा पढौ

माउन्ट अन्नपूर्ण माविमा कक्षा १२ का विद्यार्थीको विदाई

पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका बिद्यार्थीलाई शुक्रवार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थी र बिद्यालयको संयोजनमा भएको कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले उदघाट्न गरेका थिए । उक्त अवसरमा बोल्दै प्रधानाङ्गले बिद्यार्थी बिदाई भएर गए पनि उनीहरु बिद्यालयको हिस्सा भएको बताए । विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै व्यवहारिक विषय… पुरा पढौ

पोखरामा एकल महिलाको हत्यामा आफ्नै भाञ्जा संलग्न

पोखराको सभागृह चोक नजिकै धारिलो हतियार प्रहार गरी एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ५ जिरो किलोमिटर घर भई हाल वडा नम्बर १८ सेदी बस्दै आएकी सिर्जना केसी पौडेलको हत्यामा संलग्न भएको आरोपमा पर्वत कुश्माका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।गत बुधबार शिवालय चोक नजिकै सिर्जनालाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका… पुरा पढौ

पश्चिमाञ्चल माविमा कक्षा १२ का विद्यार्थीको विदाई

पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा १२ का विद्यार्थीलाई विहीबार एक कार्यक्रम गरि बिदाई गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई बिदाई गरेको हो । कक्षा ११ सकेर १२ को अन्तिम परीक्षाको पर्खाइमा रहेका उनीहरुलाई मायाको चिनो सहित बिदाई गरिएको थियो । विद्यालयका प्राचार्य सरोज कोइरालाले दुईवर्षसम्म पश्चिमाञ्चलले दिलाएको शिक्षाको ज्ञानलाई भरपुर प्रयोग गर्न विद्यार्थीलाई शुभकामना दिए । विद्यार्थी भविश्यमा जहाँ गएपनि सम्बन्ध भने पश्चिमाञ्चलसँग सधैंका लागि रहिरहने उनले बताए । विद्यालयका प्लस टु संयोजक देव… पुरा पढौ

पोखरामा शनिबार र आइतबार दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने

शिशिर उजाडपोखरा पोखरामा शनिबार र आइतबार दैनिक ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ। उही चैत २८ र २९ गते विहान १० बजे देखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी कुँडहर सबस्टेसनमा बसबार मर्मत गर्नुपर्ने भएकाले दैनिक चार घण्टा लाइन काटेर सो कार्य गरिने केन्द्रका प्रमुख यादवले बताए। उनका अनुसार उक्त मर्मत कार्य गर्न २ दिन लाग्ने छ।शनिबार र आइतबार… पुरा पढौ

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट भेप भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतहरु रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बाहरु सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोईराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरुद्ध मुद्दा दायर गरेको हो । सोही… पुरा पढौ

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन दिने निर्णयको गण्डकीका पत्रकारको आपत्ती

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन प्रकासन–प्रसारण गर्नुपर्ने निर्णय तत्काल फिर्ता लिन गण्डकी प्रदेशका पत्रकारले माग गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति तथा कास्की शाखाको आयोजनामा बिहीबार पोखरामा आयोजित ‘अन्तरक्रिया तथा छलफल कार्यक्रम’ का सहभागी पत्रकारले निर्णय फिर्ता लिई संचार मैत्री बन्न सरकारलाई सुझाव दिएका छन् । गत चैत १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई गरेको परिपत्र अनुसार सार्वजनिक निकायबाट सार्वजनिक खरिद लगायतका सूचनाहरु सञ्चारमाध्यममार्फत प्रशासन तथा प्रसारण… पुरा पढौ

श्रममन्त्री दीपककुमार साह पदमुक्त

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिसअनुसार आज साहलाई पदबाट हटाउने निर्णय गरेका हुन् । लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य बिमा बोर्डको सदस्य रहेकी मन्त्री साहकी श्रीमतिलाई साह मन्त्री भएपछि पदीय मर्यादाको दुरुपयोग गरी पुनः नियमित काममा सक्रिय गराएको भन्दै रास्वपाले बिहीबार नै कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो । बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने पार्टीसमक्ष पेस गरेको थियो… पुरा पढौ

उपसभामुखमा श्रम संस्कृतिकी रुवी पक्का,राप्रपाबाट लामाको उमेद्वारी

प्रतिनिधी सभाको उपसभामुख श्रम संस्कृतिले पाउने पक्का भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेर नै श्रम संस्कृतिकी सांसद रुवीकुमारी ठाकुरलाई सर्मथन दिएसँगै सदनमा सात सिट रहेको श्रम संस्कृतिले उपसभामुख पाउने निश्चित प्रायः भएको हो । रास्वपाका महामन्त्रीसमेत रहेका सांसद कविन्द्र बुर्लाकोटीले श्रम संस्कृतिलाई समर्थन दिने निर्णय उदीयमान नयाँ पार्टीबीचको सहकार्यका रूपमा अर्थ्याएका छन् ।ठाकुरले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । उनको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरी र… पुरा पढौ