देश

पोखरामा चिसो बढ्यो, गण्डकी सहित ४ प्रदेशमा सामान्य वर्षाको संभावना

गण्डकी प्रदेश सहित अन्य ३ प्रदेशमा आज (मंगलबार) सामान्य वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जनाएअनुसार आज (मंगलबार) राति गण्डकी प्रदेश सहित प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने संभावना रहेको छ। अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन लागेको हो। उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बद्ली हुने संभावना रहेको छ। मौसम बदलीसँगै आज (मंगलबार) विहानैदेखि… पुरा पढौ

जुम्लाका रोकायले जिते रिसिङ म्याराथन दौडको उपाधि

जुम्लाको राजन रोकायले प्रथम रिसिङ म्याराथनको उपाधि जितेका छन् । राजनले २ घण्टा ५१ मिनेट २६ सेकेन्डमा ४२ किलोमीटरको दूरी पार गर्दै उपाधि जितेका हुन्। उपाधिसहित उनले ६५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै डोटीका नवराज साउदले २ घण्टा ५१ मिनेट ५० सेकेण्डमा उक्त दूरी पार गर्दै दोस्रो र ३ घण्टा २ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै सोलुखुम्वुका कुलुङ राई तृतीय भएका छन्। दोस्रो नवराजले ४० हजार र तेस्रो हुने कुलुङले २५ हजार रुपैयाँ… पुरा पढौ

क्यान्सर प्रभावितहरुलाई यातायातमा निःशुल्क सेवा दिइने

क्यान्सर भएकाहरुलाई यातायातमा निःशुल्क सेवा दिइने भएको छ । पृथ्वी जयन्तीको अवसरमा नेपाल अर्बुदरोग निवारण संस्था कास्की र नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेवन्ट्स (नाट्टा) गण्डकी प्रदेशबीच क्यान्स रोगबाट प्रभावित भएका तथा उनीहरुको उपचारका लागि हिंडेकाहरुलाई यातायातमा निःशुल्क सेवा दिने सम्झौता भएको हो । सम्झौता अनुसार नाट्टाले पोखरा–काठमाडौं, पोखरा–भरतपुरसम्म आवतजावतमा निःशुल्क सेवा दिनेछ । सम्झौता पत्रमा नेपाल अर्बुदरोग निवारण संस्था कास्कीका सभापति प्रेमबहादुर भुजेल र नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले हस्ताक्षर गरेका छन् । यसैबीच, विश्व क्यान्सर दिवसको… पुरा पढौ

उपभोक्ता ठग्ने उद्योगलाई जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराखी उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरीे रु १९ लाख ८३ हजार असुली गरेको छ । सो कार्यालयले चालू आर्थिक वर्षको यही पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेका १४० व्यापारिक फार्ममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फार्मलाई कारवाही गरी जरिवाना असुल गरिएको कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिनुभयो । यसैबीच विदेशी ‘लेबल’ लगाएर उपभोक्ता ठग्दै… पुरा पढौ

सुनको मूल्यमा ८०० ले गिरावट

तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ४०… पुरा पढौ

आज २९९ औँ राष्ट्रिय एकता दिवस, राष्ट्रिय र नागरिकस्तरमा दिवस मनाइँदै, गोरखाबाट हिँडेको शान्ति पदयात्रा काठमाण्डौं पुग्यो

आज पुसको २७ गते अर्थात २९९ औँ राष्ट्रिय एकता दिवस। विभिन्न कार्यक्रम गरी आज देशभरी राष्ट्रिय एकता दिवस मनाइदैछ। विगतमा यसलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाइने गरिन्थ्यो। राष्ट्रिय एकता दिवसको अवसरमा आज शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम छ। विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको सन्दर्भमा केही वर्षदेखि यता पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै आएको छ। तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट व्यक्त भएको… पुरा पढौ

भ्रष्टाचारविरुद्ध निर्मम बन्न अख्तियारलाई गण्डकी प्रदेश प्रमुख शेरचनको आग्रह

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं वार्षिक प्रतिवेदन (आ.ब. २०७६/७७) नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेश गरेको छ। उक्त प्रतिवेदन पेश गर्दै आयोगको कार्यालय पोखराका कार्यालय प्रमुख विपिन आचार्यले प्रतिवेदनका मुख्य विषयहरूको संक्षिप्त प्रस्तुतिकरण गरे। कार्यालय प्रमुख आचार्यले प्रस्तुतिकरणमा प्रतिवेदनमा रहेका मुख्य विषयहरू, उजुरीको प्रवृत्ति, प्रदेशस्तरमा उजुरीहरूको प्रवृत्तिसँगसँगै भ्रष्टाचार न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय निकायहरूका लागि आयोगले पेश गरेका सुझावहरूको बारेमा प्रकाश पारे। वार्षिक प्रतिवेदन… पुरा पढौ

गजकुमारी गुरुङद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार

पुराना कम्युनिष्ट नेतृ गजकुमारी गुरुङले नेपाल कम्युनिष्ट पार्टी (ओली) पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । गुरुङले आईतबार एक विज्ञप्ती जारी गर्दै नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेको जनाएकी हुन् । शुरुमा केन्द्रीय सदस्य पद पाउँदा खुसी लागेपनि प्रधानमन्त्री ओलीले जनमतलाई खिल्ली उडाउँदै नेपाली जनताले लडेर ल्याएको गणतन्त्र र प्राप्त संविधानको रक्षा नगरेको निश्कर्षमा आफू पुगेकाले ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेको उनले बताएकी छन् । साथै उनले प्रधानमन्त्री ओलीले आवेगमा आएर संसद विघटन गरेको र… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यमा पोखरेल बिजयी

पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल बिजयी भएका छन् । उपाध्यक्षमा निर्वाचित पोखरेल निवर्तमान महासचिव हुन् । संघको नया नेतृत्व चयनका लागि भएको निर्वाचनमा नारायण कोइराला प्यानलबाट चुनाव लडेका पोखरेल प्रतिष्पर्धी विन्दु कोइराला सुवेदी प्यानलका सोवित पौडेललाई १ सय ४८ मतले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी पोखरेलले १ हजार २ सय ४४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी सोवित पौडेलले १ हजार ९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पुरा पढौ

पोखरा उ.वा.संघको उप महासचिवमा खत्री बिजयी

पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा केशबबहादुर खत्री बिजयी भएका छन् । प्रतिष्पर्धी उमेदवार गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलालाई ३ सय मतले पछि पार्दै खत्री बिजयी भएका हुन् । निर्वाचित खत्रीले एक हजार ३ सय १३ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी बर्तौलाले १ हजार १३ मत प्राप्त गरेको श्रोतले बताएको छ । यद्यपी निर्वाचन समितिले खत्रीलाई औपचारिक रुपमा बिजयी घोषणा भने गरिसकेको छैन ।अन्य पदमा मत गणना जारी रहेको छ । पुरा पढौ