देश

कास्कीमा प्रहरीको हतियार लुट्ने २ जना पक्राउ

जेनजी प्रर्दशनका क्रममा प्रहरीको हतियार लुट्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय, बगरबाट खट्टिएको प्रहरी टोलीले पोखरा २ भीमसेन टोलबाट लुकाई छिपाई राखेको अवस्थामा हतियार सहित २ जनालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।पक्राउ पर्नेमा महोत्तरी घर भई पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ का रवि चौधरी र भारत घर भई पोखरा २ अर्चलवोट बस्ने १८ वर्षिय राजकुमार छन् । उनीहरुले गत भदौं २४ गते जेनजी… पुरा पढौ

सुनचाँदीको मूल्य फेरि बढ्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक… पुरा पढौ

युनाईटेड क्लव पोखराद्वारा अमरसिंह माविमा डिजिटल स्मार्टबोर्ड प्रदान

युनाईटेड क्लव पोखराले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । क्लवले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य अनुरुप दुई थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको हो । सो अवसरमा वोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले स्थापना कालदेखिनै अमरसिंह मावि संग सहकार्य गरि अमरसिंह खेल मैदानमा पोखरा महोत्सवको आयोजना गरि विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको बताए । १४ औं पोखरा महोत्सव भब्य र… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव फागुन ६ गतेदेखि

पोखरा, माघ २० कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ गतेदेखि घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड ९घान्द्रुक०को सयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा हुने महोत्सव फागुन ९ गतेसम्म हुने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । ‘सबै मौसममा पर्यटन भन्ने नारासहित विगत केही वर्षयता आफूहरुले घान्द्रुक पर्यटन महोत्सव गर्दै आएको रोधीं क्लब कोँड घान्द्रुकका वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले जानकारी दिए । उनले भने,… पुरा पढौ

कास्की २ का उम्मेदवार थापा : हारे पनि जिते पनि देशको सेवा गर्छु

कास्की २ का उम्मेदवार किरण थापा (आमोद) मंगलबार पोखरा २१ मा घरदैलो गरेका छन् । पोखरा–२१ बयलीका नेकपाका प्रदेश सदस्य स्व.तुलसी पोखरेलको घरमा पुगेर उनीप्रति श्रद्दाञ्जली अर्पण तथा परिवारमा समवेदना व्यक्त गर्दै घरदैलो शुरु गरेका उनले बक्रेक शाही भञ्ज्याङसम्म घरदैलो गरेका थिए । सो क्रममा स्थानियले नेकपाले ईमान्दार नेतालाई उम्मेदवार बनाएको भन्दै यस पटक जिताउने वाचा गरेका थिए । उम्मेदवार थापा बौद्दिक, ईमान्दारमात्र नभई भिजन र मिसन भएको नेता भएकाले प्रत्यक्षमा एक भोट हाल्ने उनीहरुको वचन थियो । जवाफमा उम्मेदवार… पुरा पढौ

पश्चिम पृतनामा खेलकुद विकाससम्बन्धी एकदिने गोष्ठी सम्पन्न

पोखरा । राष्ट्रिय खेलकुदको भविष्य खोज्दै पश्चिम पृतनामा नेपाली सेनाको अग्रसरतामा एकदिने गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीले नेपालको खेलकुदलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीतिगत सुधार, पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्र्ष निकालेको छ । “नेपाली सेनाको खेलकुद विकासलाई स्तर अभिवृद्धि गर्न अपनाउनु पर्ने उपाय” विषयक गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाहरूले खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप, कोटा प्रणाली, दक्ष प्रशिक्षकको अभाव र कमजोर पूर्वाधार मुख्य चुनौतीको रुपमा रहेको समेत औल्याएका छन । सो अवसरमा वोल्दै पश्चिम… पुरा पढौ

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

२० माघ, पोखरा । प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानिय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा सुझाव संकलन अभियानलाई मंगलबार पनि निरन्तरता दिएका छन्। “स्थानियसँग संवाद यात्रा” अन्तर्गत मंगलबार पोखरा महानगरपालिका भित्र विभिन्न टोल–बस्तीमा कार्यक्रम सम्पन्न भएको छ भने बुधबार रुपा गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम तय गरिएको छ। निर्धारित कार्यतालिका अनुसार मंगलबार बिहान वडा नम्बर १४ को विजय बस्तीमा स्थानियसँग संवाद गरिएको छ । त्यसपछि वडा नम्बर २८ अन्तर्गत माझठाना,… पुरा पढौ

विश्व सिमसार दिवसमा पोखराका दुई विद्यालयमा सचेतना कार्यक्रम

पोखरा, २० माघ विश्व सिमसार दिवस २०२६ को अवसरमा पोखराका दुई विद्यालयमा सिमसार संरक्षण सचेतना कार्यक्रम गरिएको छ । पोखराको विजयपुरमा रहेको लोमान्थाङको घुम्ती विद्यालय दिव्य दीप मावि र पोखरा बैदामको तालबाराही मावीमा पत्रकार कृष्णमणि बराले २० वर्ष अघि देखि खिचेका पोखराका तालहरुको विभिन्न अवस्था झल्कने तस्बिर मार्फत सिमसार संरक्षण सचेतना कार्यक्रम गरिएको हो । विश्व सिमसार दिवसको अवसरमा सोमबार लोमान्थाङको घुम्ती विद्यालयमा सचेतना कार्यक्रम संचालन गरिएको थियो । सहभागी विद्याथीले प्लास्टिकजन्य फोहोर लगायत कुनै पनि प्रकारका फोहोर जथाभावी फ्याँकीदा… पुरा पढौ

प्रतिभा सुपर कप क्रिकेट : लगातार दुई खेल जित्दै बाल मन्दिर सेमीफाइनलमा, वाराहीको पहिलो जित

सन्देश श्रेष्ठपोखरा, माघ २० प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा बाल मन्दिर मावि सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित गरेको बाल मन्दिरले बुधबार भएको आफ्नो दोस्रो खेलमा डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्दै कुल ४ अंकसहित सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो । यस समूहमा रहेका डायमण्ड… पुरा पढौ

सेतीनदी र फुस्रेखोलाको कटान नियन्त्रण गर्न उमेद्वार आचार्यसँग स्थानीयको माग

पोखरा महानगरपालिका वडा नं १७ दोविल्लाका वासिन्दाकाले सेती र फुस्रेखोलाको कटान नियन्त्रण गर्न उमेद्वारसंग प्रतिवद्धता मागेका छन् । बर्षेनी कटान भईरहदा यस क्षेत्रको वस्तीनै जोखिममा परेको भन्दै उनीहरुले समस्याको दिर्घकालीन समाधान हुनु पर्नेमा जोड दिएका हुन । चुनावी अभियानका क्रममा उक्त क्षेत्रमा पुगेका नेकपा एमालेका तर्पmवाट प्रतिनिधि सभा सदस्यका उमेदवार रश्मि आचार्यसंग उनीहरुले समस्याको समाधान हुने प्रतिवद्धता खोजेका हुन । सेतीनदी र फुस्रेखोलाको निरन्तर कटानका कारण वस्ती उच्च जोखिममा परेको भन्दै उनीहरुले चुनावी प्रतिवद्धतामै वस्ती संरक्षणलाई प्राथमिकतामा राख्न माग रहेको… पुरा पढौ