देश

घादिङ बस दुर्घटनामा मृतक १९ मध्ये ९ जनाको मात्रै सनाखत (नामावलीसहित)

पोखराबाट काठमाडौं जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको र १० जनाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रकाश दाहालले जानकारी दिए। गएराति धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भैंसेडाँडा भन्ने स्थानमा माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २ ख १२३१ नम्बरको बस दुर्घटना भएको थियो ।प्रहरीका अनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना… पुरा पढौ

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ७९ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत… पुरा पढौ

पोखरा १७ का भूमिहीन भन्छन्–‘जग्गाको मालिक कहिले बन्ने’

प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त देखिन्छन् । तर प्रत्येक निर्वाचनमा हजुर बाबुदेखि नाति पुस्तासम्म पनि एउटै आवाज सुनिने गरेकोे छ जग्गा धनी पुर्जा कहिले पाइन्छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कास्की निर्वाचन क्षेत्र नं. २ नेकपा एमालेका उम्मेदवार रश्मी आचार्य पोखरा महानगरपालिका वडा नं. १७ हनुमान टोलको वस्तिमा पुग्दा स्थानीयवासिन्दाको एउटै प्रश्न थियो जग्गाको मालिक बन्ने कहिले ।२०३६ सालदेखि कित्ता नंम्वर २९९ र ३०० मा लगभग ५८… पुरा पढौ

भड्किएको जनमत फकाउन गण्डकीका मुख्यमन्त्री पाण्डे गोरखामा : कामको लिष्ट देखाउँदै कांग्रेसलाई मत माग्दै

सन्देश श्रेष्ठपोखरा, फागुन १० जनता पुराना दलसँग असन्तुष्ट छन् । त्यहि भएर उनीहरु यस पटक मत परिवर्तन गर्ने मुडमा देखिन्छन् । पुराना दलहरु कांग्रेस, एमाले, नेकपालगायतका दलहरुले विकास र समृद्दिका लागि ठोस काम गर्न नसकेको उनीहरुको आरोप छ । त्यतिमात्र होईन, पुराना दलहरु भ्रष्टाचारमा डुबेको र सुशासन दिन नसकेको आरोप छ । यसैमा टेकेर नयाहरुले पुरानालाई पत्तासाफ गर्ने भन्दै कहिले ‘नो नट अगेन’ त कहिले ‘चुपचाप घण्टी छाप’को नारा घन्काईरहेका छन् । पुराना सबै एउटै ड्याङको मुला भएको र उनीहरु… पुरा पढौ

सहारा विद्यालयमा युके, हङकङ ,अष्ट्रेलिया र तमु धीँ युकेको टोलिलाई स्वागत

पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले सहारा यु.के, हङकङ,अष्ट्रेलिया लगायत तमु धिँ यु.केका पदाधिकारीहरुलाई स्वागत गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी,विद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीले सामूहिक रुपमा नवनिर्वाचित सहारा युकेका अध्यक्ष शारदा गुरुङ, हङकङका अध्यक्ष सरोज गुरुङ खम र अष्ट्रेलियाका अध्यक्ष सिद्दार्थ पौडेल सहितको टोलिलाई बधाई सहित स्वागत गरे ।पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विदेशमा वस्नुहुने नेपालीहरुले देशको माया गरेर विभिन्न कार्यक्रमहरु लिएर आएकोमा खुसी व्यक्त गरे… पुरा पढौ

फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिन आयोगको सिफारिस

फागुन २१ को निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । आयोगले सरकार समक्ष यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन भनेको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक बिदा गर्न सरकारलाई सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।बिदाका बारेमा सरकारले भने निर्णय गरिसकेको छैन। यसअघिका निर्वाचनमा सकारले विद्यालय तीन दिन र अन्य सरकारी कार्यालयमा एक दिन बिदा दिने गरेको थियो। पुरा पढौ

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नुः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । गोरखपत्र संस्थानले आज आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गरे । उनले तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आह्वान गरे । सञ्चारकर्मीले निष्ठापूर्वक भूमिका निर्वाह गरिरहेकाले निर्वाचन हुने वातावरण बनेको… पुरा पढौ

पोखराका पत्रकारलाई साइबर सुरक्षा सम्बन्धीे तालिम

साइबर सुरक्षा सम्बन्धी तीन दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना , प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कास्कीको प्राविधिक सहयोगमा कास्कीमा क्रियाशिल पत्रकारहरुका लागि तालिम सञ्चालन गरिएको हो । तालिमको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डिजिटल युगमा साइबर अपराध चुनौतीको रुपमा रहेकोले यसबाट बच्न हरेक व्यक्तिलाई साइबर सुरक्षाबारे जानकारी हुन पर्ने बताईन् । सञ्चार माध्यममा आवद्घ पत्रकारहरुलाई लक्षित गरि आयोजना गरिएको तालिमले सञ्चार जगतलाई मात्र नभएर समाज र… पुरा पढौ

सन् २०४५ सम्म ‘नेटजिरो उत्सर्जन’ राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

नेपाली कांग्रेसले ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिने जनाएको छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय मञ्चहरूमा विभिन्न प्रतिबद्धता जनाएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०२१ मा स्कटल्याण्डमा भएको जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन ९कोप(२६० मा सहभागिता जनाउँदै नेपालले सन् २०४५ सम्म नेटजिरो कार्बन उत्सर्जन राष्ट्र बनाउने घोषणा गरेका थिए । सोहीअनुरूप राष्ट्रिय निर्धारित योगदान ९एनडिसी० र अनुकूलन योजना तयार भएका थिए । घोषित प्रतिबद्धतालाई ठोस् परिणाममा… पुरा पढौ

एमाले उम्मेदवार रश्मि आचार्य निर्मल पोखरीमा,‘बाँदर व्यवस्थापनका लागि कानुन बनाउन अगुवाइ गर्छु’

कास्की क्षेत्र नं. २ का एमाले उम्मेदवार रश्मि आचार्यले बाँदरको समस्या राष्ट्रिय समस्या बनेको र यसको व्यवस्थापनका लागि छुट्टै प्रभावकारी कानुन आवश्यक भएको बताएका छन् । उनले देशैभरका कृषकका उत्पादन बाँदरले नष्ट गर्नुका साथै कतिपय ठाउँमा स्थानीयहरूलाई समेत आक्रमण गरेका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।उम्मेदवार आचार्यले बाँदरको समस्याको दीर्घकालीन व्यवस्थापन जरुरी देखेको भन्दै त्यसका लागि संसदमार्फत ऐन कानुन निर्माण गरि प्रभावकारी कार्यान्वयनका लागि अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गरे । मतदाता भेट्न पोखरा २१ का विभिन्न स्थान पुग्ने क्रममा… पुरा पढौ