देश

खरानीबाट उठेर उच्च अदालत पोखराले दियो अब्बल न्याय

पोखरा, साउन ४ जेनजी आन्दोलनमा सिंहदरबारसँगै सर्वोच्च अदालत पनि जल्यो । भ्रष्टाचार, शुसासन र राजनीतिक पुस्तान्तरणको माग गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरका सरकारी कार्यालय जल्दा अदालत पनि जले । त्यस क्रममा उच्च अदालत पोखरा पनि बाँकी रहेन । आक्रोषित भीडले उच्च अदालत पोखरामा आक्रमण गर्दा त्यहाँ रहेका १२ कोठे दुईतले भवन मात्र जलेन, हजारौंको संख्यामा रहेका मिसिल खरानी बन्यो । जेनजी आन्दोलनले अदालतका संरचना जलेर खरानी भयो, तर जनतामा अदालतप्रतिको आस्था र विश्वास भने… पुरा पढौ

रास्वपाको बागलुङ जिल्ला कार्यसमिति बदर,कैलाली जिल्ला समिति भने सदर

राष्ट्रिय स्वतन्त्र पार्टीको बागलुङ जिल्ला कार्यसमिति बदर भएको छ । रास्वपाको निर्वाचन आयोगले ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको हो । अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको परीक्षण र अध्ययन गरी तोकिको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालेको हो । बागलुङ जिल्ला अधिवशेन कार्यविधिअनुरुप पुनः सम्पन्न गर्ने, नयाँ जिल्ला अधिवशेनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय सात दिनभित्र… पुरा पढौ

बिम्ब कवि रमेश श्रेष्ठलाई, हेमजा साहित्य राष्ट्रिय पुरस्कार

हेमजा साहित्य प्रतिष्ठानले प्रदान गर्ने राष्ट्रिय पुरस्कारबाट बिम्ब कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । प्रतिष्ठानले पहिलो पटक सो पुरस्कार प्रदान गर्न लागेको बताईएको छ । कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले गरेको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरेको हो । समितिले पुरस्कारका लागि बिम्ब कवि श्रेष्ठको नाम सिफरिस गरेको थियो । बिम्बकविका रूपमा सुपरिचित नेपाली कविता र कलाका सुप्रसिद्ध प्रतिभा प्राज्ञ श्रेष्ठ गीत लेखन र संस्कृति संरक्षणमा पनि सक्रिय देखिन्छन् । लोकनृत्य, गाईजात्रा, बाघजात्रा भैरवनृत्य संरक्षणमा चार… पुरा पढौ

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको हो । मनोनयन परेकामा केशवराज ज्ञवालीको अज्ञान, केशव दाहाल इथा, ललित विष्टको उत्कर्ष , रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिमौनगढको सिमानाको इतिहास छन् । त्यस्तै वीणा जोशी राजभण्डारीको नेपाल समुदायका परम्परागत मृत्युगीत , उमा सुवेदीको परिधि , सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह ,डा नवराज केसीको स्वप्नस्पर्श , नदीशाको हिउँद उत्कृष्ट… पुरा पढौ

साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको भिड

यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । काठमाण्डौंको प्रसिद्ध पशुपतिनाथ मन्दिरमा पनि बिहानै देखि दर्शनार्थीको घुइँचो लाग्यो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर दर्शनको व्यवस्था मिलाइएको थियो । मन्दिरका चारवटै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् । बिहानबाट सुरु भएको बिशेष पुजा मध्यान्ह १२ बजेसम्म चलेको कोषका सदस्यसचिव श्रेष्ठले जानकारी दिए । दर्शनार्थीहरु लामबद्ध भएर पशुपतिनाथ मन्दिरको पूजा… पुरा पढौ

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ । विभागको मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको जानकारी दिईन् । त्यस अवधिमा मधेस प्रदेशमा भने अपेक्षाकृत कम वर्षा भएको छ । महर्जनका अनुसार पछिल्लो छ घण्टामा देशका कुनै पनि क्षेत्रमा भारी वर्षा भएको छैन । पछिल्लो समय… पुरा पढौ

च्याउ खोज्न शुक्लाफाँटा निकुञ्ज गएका १४ जना सम्पर्कविहीन

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १४ जना सम्पर्कविहिन भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले १७ जनामध्ये तीन जनालाई सकुशल फेला पारेको छ । टोलीले आज बिहान निकुञ्जभित्र जङ्गलमा यहाँको बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ । तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो । सेनाका अनुसार बेल्डाडीका तीनै… पुरा पढौ

युवा संघ गण्डकी : सदस्यता अभियानदेखि सरकारविरुद्ध आन्दोलनको तयारीसम्म

पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश समितिले संगठन विस्तारलाई तीव्र बनाउने, सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने तथा समसामयिक राजनीतिक विषयमा सरकारविरुद्ध जनजागरण कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। प्रदेश अध्यक्ष रोशन तामाङको अध्यक्षतामा सम्पन्न प्रदेश समितिको पहिलो पूर्ण बैठकले जिल्ला, पालिका र वडा तहसम्म संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी तीन महिनाको कार्ययोजना पारित गरेको हो। बैठकले अनुकूल जिल्लामा साउन महिनाभित्र युवा भेला सम्पन्न गर्ने, पालिका र वडा तहका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेशस्तरीय प्रशिक्षणमा जिल्ला… पुरा पढौ

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई एमाले अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत हुन सांसदरूलाई निर्देशन दिएका छन् । एमालेको केन्द्रीय संसदीय विभागले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले तथ्यमा आधारित बहस, जनसरोकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसद्मा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास पनि व्यक्त गरे । “बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र होइन । एमालेले राजनीतिक अनुभवलाई… पुरा पढौ

सेतीको पहिरोले तत्काललाई छैन जोखिम

पोखरा, साउन ३ पोखराको रातो पैह्रोमा आएको पहिरोले तत्काल जोखिम नभएको निश्कर्ष निकालिएको छ । विज्ञसहित पोखरा महानगर, प्रशासन र प्रहरीसहितको टोलीले सेतीको पहिरोले तत्काल जोखिम नहुने निश्कर्ष निकालेको हो । पोखरा–१७ र १५ को सिमानामा पर्ने सिताराम पुलसँगै जोडिएको मितेरी पुलभन्दा करीब ३५–४० मिटर तल्लोपट्टी सेतीनदी थुनिएको छ । करीब ३ महिनाअघि पहिरो खसेकै ठाउँमा शुक्रबार पनि पहिरो खसेपछि नदी थुनिएको हो । अविरल वर्षापछि खसेको चट्टानसहितको माटोले नदी थुनिएपछि करीब ५०–६० मिटर अग्लो झरना बनेर नदी बगिरहेको छ… पुरा पढौ