देश

सेतीमा आएको पहिरोबाट तत्काललाई छैन जोखिम

सन्देश श्रेष्ठ,पोखरा पोखराको रातो पैह्रोमा आएको पहिरोले तत्काल जोखिम नभएको निश्कर्ष निकालिएको छ । विज्ञसहित पोखरा महानगर, प्रशासन र प्रहरीसहितको टोलीले सेतीको पहिरोले तत्काल जोखिम नहुने निश्कर्ष निकालेको हो । पोखरा–१७ र १५ को सिमानामा पर्ने सिताराम पुलसँगै जोडिएको मितेरी पुलभन्दा करीब ३५–४० मिटर तल्लोपट्टी सेतीनदी थुनिएको छ । करीब ३ महिनाअघि पहिरो खसेकै ठाउँमा शुक्रबार पनि पहिरो खसेपछि नदी थुनिएको हो । अविरल वर्षापछि खसेको चट्टानसहितको माटोले नदी थुनिएपछि करीब ५०–६० मिटर अग्लो झरना बनेर नदी बगिरहेको छ ।… पुरा पढौ

गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति

गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका छ हजार १२६ थान मिसिलमध्ये तीन हजार ३०७ थान मिसिल पुनः प्राप्त भएका छन् । उच्च अदालत पोखरामा जलेर नष्ट भएका २५७ मध्ये २५० थान र कास्की जिल्ला अदालतमा नष्ट भएका दुई हजार ६५ थान मिसिलमध्ये एक हजार ९८९ थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ । तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका तीन हजार ८०४ थान मिसिलमध्ये… पुरा पढौ

५ दिने श्रीलंका भ्रमण सकेर नेकपा संयोजक प्रचण्ड स्वदेश फिर्ता

नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्काको पाँचदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । गत असार ३१ गते श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्ड आइतबार स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तरराष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए । संयोजक दाहालले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनको… पुरा पढौ

पोखरा कोरा च्यालेन्ज २०२६’, दृष्टिविहीन छात्रावासका लागि सहयोग जुटाइँदै

पोखरा, २ साउन सामाजिक सेवा, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘पोखरा कोरा च्यालेन्ज २०२६’ शनिबार पोखरामा सम्पन्न भएको छ । ‘सँगै साइकल चलाऔँ, जीवनमा परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा संकलित सहयोग पोखरा स्थित दृष्टिविहीन विद्यार्थी छात्रावासलाई प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमका संरक्षक तथा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले खेल, स्वास्थ्य र सेवाभावलाई एकसाथ अघि बढाउने यस्ता कार्यक्रमको… पुरा पढौ

भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल

पोखरा, २ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशको पाँचौं अधिवेशन एवम् एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह कोषाध्यक्षमा शरण गुरुङ रहनुुभएको छ ।त्यस्तै समितिका सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा निर्वाचित बन्नुुभएको छ ।यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले… पुरा पढौ

पोखराको रातो पैह्रोमा सेती थुनियो, तल्लो तटीय क्षेत्रमा जोखिमको सम्भावना

सन्देश श्रेष्ठपोखरा, साउन २ पोखराको रातो पैह्रोमा सेती नदी थुनिएको छ । पोखरा–१७ र १५ को सिमाना क्षेत्र रातोपैह्रो (पोखरा पर्वतीय संग्रहालय अगाडि)पट्टी सेती नदी थुनिएको हो । यो यति एयरलाईन्स दुर्घटना क्षेत्रभन्दा तलपट्टी रहेको पोखरा–१७ र १५ जोड्ने सिताराम पुलभन्दा ३ सय मिटर तल पर्दछ । जहाँ पैह्रोले सेतीनदी पुरिदा करीब ५०–६० मिटर अग्लो झरना बनेको छ । सँधै डाँडाबाट करीब एक सय मिटर तल खोंच भएर बग्ने सेती नदी पैह्रोले पुरेपछि झरना बनेर बगेको स्थानिय पत्रकार हरिप्रसाद बास्तोलाले… पुरा पढौ

कास्कीसहित गण्डकीमा उच्च भारी वर्षाको सम्भावना : अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन प्रशासनको अपिल, रात्रीकालीन सवारी सञ्चालनमा रोक

पोखरा, साउन २राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा भारी वर्षा हुने भन्दै सचेत हुन आग्रह गरेसँगै जिल्लाले सतकर्ता अपनाएको बताएका छन्। शनिबार र आइतबार गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि ‘हाई अलर्ट’मा रहन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालयले भिन्दाभिन्दै सूचना जारी गर्दै राजमार्गमा रात्रीकालिन यातायात बन्द गर्न सम्म अनुरोध गरेका छन्। रातीको समयमा यात्रा नगर्न, अत्यावश्यक बाहेकमा यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेका छन्। प्राधिकरणले गण्डकी प्रदेशका गोरखा, लम्जुङ, कास्की, तनहुँ,… पुरा पढौ

पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न २ चिनियाँ नागरिकसहित ९ जना पक्राउ

पोखरामा श्रृंखलाबद्ध रुपमा चोरी गर्ने ९ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्ला दिनमा पोखरामा चोरीका घटना बढेको गुनासो पछि प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनामा संलग्न ४ विदेशी सहित ९ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चीनको गोञ्जाउका वेन जिइ, सानडोङ्गका वाङ लियायिङ्ग,भारतको महाराष्ट्रकासोमनाथ हनुमंत जाधव, र उत्तर प्रदेशका राहुल निषाद रहेका छन् । त्यस्तै पोखरा १६ दिपका केशव पाइजा मगर, स्याङ्जा चापाकोटका राजकुमार वि.क, कास्कीको अन्नपुर्ण गाउँपालिकाका राजु के.सी भन्ने खिम… पुरा पढौ

पोखरा फोटोग्राफर संघको रक्तदानमा ४६ युनिट संकलन, पोखरामा एबी पोजेटिभ रगतको अभाव

पोखरा फोटोग्राफर संघले आयोजना गरेको रक्तदानमा ४६ युनिट रगत संकलन भएको छ । संघको ४५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेको संघले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि कैलास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द अधिकारीले पहिलो रक्तदाता संघका संरक्षक गणेश छविलाई ब्लडव्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरे । रक्तदाता छविले ७३ औं पटक रक्तदान गरेका हुन् । लायन्स क्लव अफ पोखरा दर्पण र कैलास बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा आयोजित कार्यक्रममा… पुरा पढौ

नागरिक अगुवा पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि, लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भुमिकाको स्मरण

पूर्वमन्त्री, नागरिक अगुवा एवं लेखक डा. देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनी क्यान्सर रोगका बिरामी थिए। अन्त्येष्टि अघि उनको अन्तिम बिदाइअघि विभिन्न राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरू आर्यघाट पुगेका थिए । नेपाली कांग्रेसका सभापति गगन थापा, नेता अर्जुननरर्सिह केसी, नेकपा नेता बर्षमान पुन, मातृका यादव, लेखक खगेन्द्र संग्रौलालगायतकाले उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।नेपालको लोकतान्त्रिक आन्दोलन र नागरिक समाजलाई दिशाबोध… पुरा पढौ