देश

अवैध भरुवा बन्दुक राख्ने पोखराका दुई युवा प्रहरी फन्दामा

पोखरा, असार ३२ पोखरामा अवैध भरुवा बन्दुक राख्ने २ जना पक्राउ परेका छन् । अवैध भरुवा बन्दुक लुकाईछिपाई राखेको आरोपमा कास्की प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं.–१४ मझेरीपाटनका ३० वर्षिय साजन बि.क र सञ्जय नेपाली रहेका छन् । अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचना आएपछि वडा प्रहरी कार्यालय रामबजारबाट गएको प्रहरी टोलीले खानतलासी गर्दा भरुवा बन्दुक भेटिएपछि विक र नेपालीलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले जानकारी… पुरा पढौ

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले महिला उद्यमीका समाधान गर्न सरकार सक्रिय रहेको तथा उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवद्र्धन गर्ने वातावरण निर्माण गरिने बताए । छलफलमा महासङ्घका प्रतिनिधिले व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु¥याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, ‘बिजनेस–टु–बिजने म्याचिङ’ र निर्यात प्रवद्र्धनका कार्यक्रममा… पुरा पढौ

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म छानबिन स्थगन गरिएको जनाएको हो ।आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो । आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो । रासस पुरा पढौ

प्रदेश सरकारका दिनगन्ती सुरु, गण्डकीको नेतृत्वमा नेकपाको दावी

नेपाली कांग्रेस र एमाले बिचको सत्ता गठबन्धन भत्केपछि सातै प्रदेशका सरकारको दिनगन्ती सुरु भएको छ । कांग्रेसको नेतृत्व रहेका प्रदेशमा एमाले मन्त्रीहरुले राजिनामा दिने र एमाले नेतृत्व रहेका प्रदेशमा कांग्रेसका मन्त्रीहरु बाहिरिने क्रम देखिएको छ । यद्यपी गण्डकी प्रदेश सरकारमा भने अहिलेसम्म सरकारमा बस्ने र छाड्ने विषयमा छलफल नै भएको छैन । केन्द्रको स्पष्ट निर्देशन नभएका कारण सरकारका विषयमा कुनै निर्णय नभएको स्वयं सत्तारुढ दलका नेताहरुले बताउँदै आएका छन् । प्रदेश स्तरमा कांग्रेस एमालेका नेताहरु आन्तरिक छलफलमा रहेकै बेला गण्डकी… पुरा पढौ

पोखरामा रोकिएन नदी तथा खानीजन्य पदार्थको अवैध उत्खनन्, महानगरले सामान्य जरिवाना तिराएर छाड्यो

सन्देश श्रेष्ठपोखरा, असार ३१ कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन् र ओसारपसार गर्न निषेध छ । जथाभावी नदी तथा नदीजन्य पदार्थको जथाभावी उत्खनन् गर्दा हुनसक्ने विपदजन्य जोखिमलाई न्यूनिकण गर्ने उद्देश्यले जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले नदी तथा खानीजन्य पदार्थको उत्खनन्मा ३ महिना रोक लगाएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको संयोजकत्वमा रहेको समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म ३ महिनाका लागि नदी तथा खानीजन्य पदार्थको रोक लगाएको छ… पुरा पढौ

अवैध रुपमा बालुवा ओसारपसारमा संलग्न टिपर कास्की प्रहरीको नियन्त्रणमा

अवैध रुपमा बालुवा उत्खनन गरी ओसारपसार गर्ने सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा २५ हेम्जास्थित सेती नदी किनारमा अवैध रुपमा बालुवा उत्खनन गरी सवारी साधनमा भर्दै गरेको अवस्थामा ३ वटा टिपरलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले पोखरा १९ लामाचौर बस्ने सुजन गुरुङले चलाएको ग १ क ४४७२, सिम्पानी बस्ने विकास घर्तीले चलाएको ग ७६ र याम्दी बस्ने राजु मगरले चलाएको ग १२४ नं.का टिपरलाई गएराती नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले जानकारी… पुरा पढौ

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको प्रधानमन्त्री वालेन्द्र शाहको दावी

प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गरे । उनले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी पिपिपी ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न… पुरा पढौ

कर्णाली र सुदुरपश्चिम प्रदेश सरकार संकटमा, कर्णालीमा कांग्रेसका मन्त्रीको सामुहिक राजिनामा, सुदुरपश्चिममा एमालेका मन्त्री नै बर्खास्त

कर्णाली र सुदुर पश्चिम प्रदेशको सत्ता गठबन्धन संकटमा परेको छ । नेपाली कांग्रेस र एमाले बिच भएको सत्ता गठबन्धन पछिल्लो समयमा आएर संकटमा परेको हो ।कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका पछि सरकार नै धर्रमराएको छ । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले आज राजीनामा दिएका हुन् । बिहान बोलाइएको क्याबिनेट बैठकमा चारैजनाले राजीनामा पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको अधिकारीले जानकारी दिए… पुरा पढौ

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताए । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा… पुरा पढौ

रौतहटमा आत्मदाह प्रयास गरेका युवाको काठमाण्डौँमा उपचार हुँदैं

एक हप्ताको बिचमा आत्मदाहबाट ३ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै, रौतहटमा फेरि एक युवाले आत्मदाहको प्रयास गरेका छन् । रौतहटको गरुडाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । गम्हरियाका २८ वर्षीय सहनीले मङ्गलवार राति करिब १ बजे शरीरमा आगो लगाएका थिए। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्करप्रसाद आचार्यका अनुसार केही दिनयता मानसिक तनावमा रहेका सहनीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्केर आगो लगाएका थिए । घटनालगत्तै उनलाई परिवारका सदस्यले गरुडास्थित बेटर नेपाल… पुरा पढौ