देश

गुण्डुमा निर्माण हुने ओली कुटीलाई लिएर मन्त्री र नेताको जुहारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लागि भक्तपुरको गुण्डुमा बन्न लागेको घरलाई लिएर जुहारी नै चलेको छ । ओली कुटी नाम दिएर सार्वजनिक भएको नक्सालाई लिएर सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र एमाले नेता महेश बस्नेत बिच सामाजिक संजालमा जुहारी चलेको हो । ओली कुटीलाई लिएर मन्त्री पुनले व्यङ्ग्य गरेका छन्।उनले कुटीको डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ को माग गर्दै ‘घोर बेइजती’, र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने धारणा राखेका हुन्।उनले हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउनु… पुरा पढौ

गृह जिल्लामा नै जनार्दन शर्मालाई कालो झण्डा

नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका नेता जनार्दन शर्मा प्रभाकरले गृह जिल्लामा नै विरोधको सामना गर्नुपरेको छ । बिभिन्न कार्यक्रममा सहभागि हुन आइतबार बिहान रुकुम पश्चिम पुगेका प्रभाकरलाई आफ्नै पुराना कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरेका छन्। शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।नयाँ पार्टी गठन गरेको भन्दै तत्कालिन माओवादी निकटका युवाले कालो झण्डा देखाएको बताईएको छ । स्थिति… पुरा पढौ

देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ । कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एकदुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ । त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली… पुरा पढौ

एन.प्याब्सनको फुटसल उपाधि न्यु ग्यालेक्सीलाई, क्रिकेट जारी

पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको फुटसल प्रतियोगिताको उपाधि न्यु ग्यालेक्सी माविले उपाधि चुमेको छ । शनिबार भएको फाइनल खेलमा अक्सफोर्ड स्कुललाई ३–१ ले पराजित गर्दै न्यु ग्यालेक्सीले उपाधि चुमेको छ । अक्सफोर्डले भने उपविजेतामा चित्त बुझायो । प्रतियोगितामा कास्की मोर्डनाइज्ड एकेडेमी र श्री रत्नज्योति मावि तेस्रो भएको फुटसल प्रतियोगिताको संयोजक केशब शरण पौडेलले जानकारी दिए । यस अघि भएको प्रतियोगितामा न्यु ग्यालेक्सीले नेशल क्रियशनलाई ७–० ले, श्री रत्न ज्योतिले न्यू लेखनाथलाई २–० ले, कास्की मोडनाईज्डले गोर्खा इंगलिसलाई ५–०… पुरा पढौ

एमालेको सचिवमा नेता जगत विश्वकर्माले उम्मेद्वारी दिने

नेकपा एमालेको सचिव पदमा नेता जगत विश्वकर्माले उम्मेद्वारी दिने घोषणा गरेका छन् । औपचारिक कार्यक्रम मार्फत सार्वजनिक रुपमा उम्मेद्वारी घोषणा नगरे पनि पोलिटब्युरो सदस्य विश्वकर्माले आफ्नो उम्मेद्वारी स्वभाविक रहने एभरेष्ट आवाजसँगको कुराकानीमा बताए । नवौं र दशौं महाधिवेशनमा पोलिटब्युरो सदस्यमा निर्वाचित भएका उनी त्यस अघि केन्द्रिय सदस्य थिए । बर्तमान विषम परिस्थितीको सामाना गर्दै, पार्टीलाई सशक्त र नेपालको कम्युनिस्ट आन्दोलनलाई साकार पार्न पनि आफ्नो उम्मेदवारी रहने उनले बताए । २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष… पुरा पढौ

मदिरा व्यवसायी समितिको रक्तदानमा ५० युनिट संकलन

मदिरा व्यवसायी समिति कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । खुल्ला रक्तदान कार्यक्रममा समितिमा आवद्व व्यवसायी, सुभचिन्तक , नियममित रक्तदाताले रक्तदान गरेको समितिका कार्यसमिति सदस्य एवं कार्यक्रमका संयोजक सुदर्शन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि कास्कीका अध्यक्ष उर्मिला खड्का भण्डारीले मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष कृष्ण रानाभाटलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेकी थिईन् । भण्डारीले रगतको मागलाई पुरा गर्न रेडक्रसले मात्र एक्लै केही गर्न नसक्ने बताउदैँ सामाजिक संघसंस्थाले महत्वपूर्ण योगदान… पुरा पढौ

लेकसाइडमा पार्किङ व्यवस्थापन गर्न, बसलाई सडकमा पार्किङ गर्न रोक लगाईने

पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा बढ्दो सवारीका कारण पर्यटकले भोग्नु परेको सास्तीका बिषयमा छलफल भएको छ । पर्यटकीय क्षेत्रमा देखिएको समस्यालाई समाधानका लागि आज विभिन्न सामुदायीक सेवा केन्द्र एवंम सामुदायीक प्रहरी सेवा बैदामले छलफल गरेको हो । स्थानीय निकाय, सुरक्षा निकाय र सरोकारवालाहरु बिच भएको छलफलमा पहिलो चरणमा लेकसाइडका सडकमा बसलाई पार्किङ गर्न रोक लगाईने भएको छ । ठुला सवारी साधानहरुलाई पोखराको पर्यटन बसपार्क, बाराही घाट र क्याम्पिनचोकमा अहिलेलाई राख्ने व्यवस्था गरेको सामुदायीक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले जानकारी दिए… पुरा पढौ

वालिङ–हुवास सडक कालोपत्र हुँदै

दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ । विसं २०४९ मा मार्ग विस्तार गरिएको भए पनि अहिलेसम्म कच्ची र जोखिमपूर्ण अवस्थामा रहेको सडक कालोपत्र गर्न थालिएको हो । वालिङ–हुवास सडकखण्डकोे पियाखेतदेखि हुल्काङ खण्डमा कालोपत्र विछ्याउन थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि विनियोजित रु चार करोड बजेटबाट कालोपत्र गर्न थालिएको कार्यालयले जनाएको छ । छ मिटर चौडाइमा कालोपत्र गरिएको छ । पर्वत… पुरा पढौ

बागलुङमा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन

अघिल्लो वर्षसम्म बागलुङको भलकोट र बुढाथोक गाउँमा खानेपानीको समस्या थियो । एउटा धाराबाट १० घर परिवारले पानी भर्नुपर्ने बाध्यता थियो । तर अहिले हरेकको घरमा धारा बनेका छन् । घरै छेउको धारामा पानी आउन थालेपछि स्थानीय दङ्ग छन् । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने यस गाउँमा एक घर, एक धारा बनेपछि स्थानीयको दैनिकी नै फेरिन थालेको छ । पहिले एक गाग्री पानी भर्नका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । भल्कोट र बुढाथोक गाउँका करिब १०० घरमा एक घर,… पुरा पढौ

फागुन २१ को निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरको नवनिर्मित भवनको आज आयोजित विशेष समारोहमा उद्घाटन गर्दै उनले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै निकाय सचेत हुनुपर्नेमा जोड दिए । जनताका गुनासा सुन्ने र तिनलाई सम्बोधन गर्नु हरेक राष्ट्रसेवकको दायित्व भएको उनले बताए । “लोकतन्त्र केबल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने पद्धति हो । नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक… पुरा पढौ