देश

श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन निजी क्षेत्रसँग आग्रह गरेकी छन् । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकको सामाजिक सुरक्षालाई शानको रूपमा लिन अनुरोध गरिन् । परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताईन् । “यसको सफल कार्यान्वयनबाट नै हुनेले नहुनेलाई, धनीले गरिबलाई, निरोगीले रोगीलाई… पुरा पढौ

गण्डकीमा २ विधेयक प्रमाणीकरण

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित भई आएका दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश सभामा छलफल भई प्रमाणीकरणका लागी पठाईएका गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ लाई संविधानको धारा २ सय १ को उपधारा २ बमोजिम प्रमुख भट्टले विहीबार प्रमाणीकरण गरेका हुन् । यि दुबै विधेयक प्रदेश सभा बैठकमा छलफल पछि सभाले पारित गरेको थियो । पुरा पढौ

चुरुङ्गामा शनिबार दाईं महोत्सव हुने

सन्देश श्रेष्ठपोखरा, मंसिर ११ पोखरा–१९ पुरुञ्चौरको चुरुङ्गामा दाईं महोत्सवको दोस्रो संस्करण हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा यहि मंसिर १३ गते शनिबार चुरुङ्गामा दाईं महोत्सवको दोस्रो संस्करण हुने भएको हो । यसअघि अघिल्लो वर्ष दाईं महोत्सवको पहिलो संस्करण पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा माघ ६ गते भएको थियो । पहिलो दाईं महोत्सव रोपाईं महोत्सव भएकै स्थानमा गरिएको थियो भने दोस्रो रोपाईं महोत्सव रोपाईं महोत्सव भएको स्थान भएको ठाउँ नभएर अर्कै स्थानमा हुने भएको छ । पोखरा पर्यटन परिषदले… पुरा पढौ

पोखराको चुरुङ्गामा दोस्रो दाँई महोत्सव शनिबार हुने

पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा–१९ पुरुन्चौर, चुरुङ्गामा दोस्रो दाँई महोत्सव–२०८२ हुने भएको छ । पोखरा सबै मौसमका लागि भन्ने मुल नारा सहित यही मंसिर १३ गते शनिबार दोश्रो दाँई महोत्सव हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । गत वर्षदेखि सुरु गरिएको दाँई महोत्सवले कृषि–पर्यटन प्रवर्द्धन, परम्परागत कृषि प्रणाली संरक्षण तथा कृषक सम्मानलाई विशेष प्राथमिकतामा राखेको महोत्सवका संयोजक हरी भुजेलले जानकारी दिए । महोत्सवमा करिव एक हजार स्वदेशी र विदेशी पर्यटक तथा स्थानीयवासी सहभागी हुने अपेक्षा गरिएको आयोजकले… पुरा पढौ

आठौँ सामाजिक सुरक्षा दिवसः साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो । श्रमिकको योगदानमा आधारित… पुरा पढौ

एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रममा ‘एभरेस्ट कक्ष’का लागि थप १ लाख प्रदान

पोखरा, मंसिर ११ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा-२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि चौथो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ बुधबार प्रदान गरेको हो । एफएमको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण… पुरा पढौ

स्वतन्त्र पत्रकार संघको महाधिवेशन फागुनमा

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालको पाँचौं केन्द्रीय महाधिवेशन तथा १४ औं वार्षिक साधारणसभा आगामी फागुन २४ गते हुने भएको छ । संघको बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशन नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–१ मा हुने केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए । यसैगरी, पुस मसान्तभित्र जिल्ला शाखाका अधिवेशनहरु सम्पन्न गर्ने र माघ १५ भित्र शाखाका सम्पूर्ण सदस्यहरुको व्यक्तिगत विवरणसहितको फाइल केन्द्रमा बुझाउन पनि जिल्ला शाखाहरुलाई सूचित गरिएको छ । महाधिवेशनले आगामी २ वर्षका लागि… पुरा पढौ

राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने व्यवस्थाले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ्ने धारणा व्यक्त गरेकी छन् । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशका सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्थालाई हटाएर अनावश्यक राजनीति गर्ने बाटो बन्द गर्नुपर्नेमा जोड दिईन्।उनले भनिन्, “असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था आयो, यो राम्रो होइन, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ ।”विश्वविद्यालयहरु पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक रूपमा समेत आत्मनिर्भर हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । “हरेक… पुरा पढौ

गण्डकीका युवालाई ३ महिने सीपमूलक तालिम संचालनमा

गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउने लक्ष्य सहित विभिन्न सीपमूलक तालिमको सुरुवात भएको छ । ३ महिनासम्म संचालन हुने तालिमको उद्घाटन गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई सीपमार्फत रोजगारी, व्यवसायिक अवसर र आत्मविश्वास जोड्ने यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे ।मन्त्री थापाले भने, “सीप सिकेर सानो कोही हुँदैन, सम्मानसाथ सिक्न आवश्यक छ। श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।”उनका अनुसार तालिम लिएर उद्यम सुरु गर्न चाहनेका… पुरा पढौ

स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण

स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवनको निर्माण कार्य सम्पन्न भएको छ । महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट नजिक एक रोपनी चार आना जग्गामा निर्मित ‘गीत गङ्गा’ सङ्गीतमय भवनमा रूपान्तरण भएको छ । त्यहाँ एक अत्याधुनिक स्टुडियो, विभिन्न सङ्गीतका कक्षाकोठाहरू, नारायण गोपालको सङ्ग्रहालय र एक सङ्गीतसम्बन्धी एफएम रेडियो पनि सञ्चालनको तयारी भइरहेको छ । यहाँका दुई भवनमध्ये एउटालाई ‘गीत गङ्गा’ र अर्कोलाई नारायण गोपाल सङ्गीत कोषको कार्यालयका रूपमा निर्माण गरिएको कोषले जनाएको छ ।उक्त भवन निर्माणार्थ रु पाँच करोड ५० लाख विनियोजन… पुरा पढौ