सन्देश श्रेष्ठपोखरा, कात्तिक २० पोखरामा नेवारी सांस्कृतिक पर्व सक्की मिला (मना) पुन्ही मनाइएको छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको साँझ खाद्य सामग्री सुकाएर मनाईने यो पर्व बुधबार साँझ मनाइएको हो । पोखरामा ७ फरक स्थानमा सामुहिक रुपमा अन्न (खाद्य सामग्री) सुकाएर पर्व मनाइएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार यस वर्ष भीमसेन टोलको भीमसेन मन्दिर, बागबजार, गणेश टोलको गणेश मन्दिर, रामकृष्ण टोलको गोपालजी मन्दिर, बगालेटोलको गणेश मन्दिर, तेर्सापट्टीको गणेश मन्दिर, रानीपौवाको शोभा भगवती र गणेश मन्दिर परिसरमा…
पुरा पढौ